
नेकपा जाजरकोट काे तेस्रो पुर्ण बैेठक सम्पन्न
नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिती जाजरकोटको ऐतिहासिक तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । पौष ५ र ६ गते जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा १ को सहिद पार्कमा सम्पन्न भएको हो ।
बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, जाजरकोटी कम्युनिस्ट आन्दोलन, एकीकृत जनक्रान्तिको कार्यदिशाकाे सम्भावना, संगठनिक, संघर्ष, आर्थिक, सास्कृतिक, प्रकाशन र उत्पादन लगाएतका बिषयमा महत्त्वपूर्ण निर्णय गरेको नेकपा जिल्ला सेक्रेटरी बिराजन सीले जानकारी दिएका छन् । बैठक पछि प्रेस विज्ञप्ति निकाल्दै नेकपाले बैठकमा गरेका निर्णय बारे खुलासा गरेको छ ।
पार्टीको बिचार, निति तथा कार्यक्रम सम्प्रेषणका लागी शिवालय गाउँ पालिकाबाट २०७९ पुस २० गते देखी जनजागरण अभियान संचालन गर्ने, जाजरकोट जिल्ला भित्र रहेका बिकृती, बिसंगति जस्तैः कालोबजारी, महङ्गी, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, सामाजिक विभेद, महिला हिं...