१५ बैशाख २०८३, मंगलवार

समाचार

राष्ट्रिय सभा निर्वाचन सुरु, आजै नतिजा सार्वजनिक हुने

राष्ट्रिय सभा निर्वाचन सुरु, आजै नतिजा सार्वजनिक हुने

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ ।बिहिवार  बिहान ९ बजेदेखि सुरु भयकाे मतदान दिउँसो ३ बजेसम्म सकिने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० ...
ललितपुर नापी कार्यलयका सर्वेक्षक २लाख ५०हजार घुस सहित पक्राउ

ललितपुर नापी कार्यलयका सर्वेक्षक २लाख ५०हजार घुस सहित पक्राउ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
ललितपुर :ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ । नापी ,मालपोत र यातायात कार्यालयमा सम्बन्धित निकायले जति निगरानी गरेपनि घुस लिएर कामकाज गर्ने प्रचलन भने राेक्न सकेको छैन ।...
सिटिईभिटीकाे केन्द्रीय कार्यलय अखिल (क्रान्तिकारी)द्वारा घेराउ

सिटिईभिटीकाे केन्द्रीय कार्यलय अखिल (क्रान्तिकारी)द्वारा घेराउ

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं: माेहन वैद्य "किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बिद्यार्थी  संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको केन्द्रीय कार्यालय  घेराउ गरेकाे छ।मिलन राईले नेतृत्व गरेको संगठनको विश्वविद्यालय तथा सिटिईभिटी प्रदेश समितीले मंगलबार परिषदको सानोठिमी स्थित केन्द्रीय कार्यालय घेराउ सहितको विरोध प्रदर्शन गरेको हो । प्राविधिक शिक्षामा निजिकरण र व्यापारीकरणको अन्त्य गर, आर्थिक चलखेलका आधारमा दिन खोजिएको स्वास्थ कार्यक्रमको सम्बन्धन प्रक्रिया खारेज गर, चिकित्सा ऐन विपरित चलखेलका आधारमा दिन खोजिएको नर्सिङको सन्चालन अनुमति खारेज गर, कथित शिक्षा समितीको निर्देशन खारेज गर, सिटिईभिटीलाई बिचौलिया मुक्त गर, मधेश प्रदेशमा मेरिट भर्ना र छात्रवृत्तिमा बदमासी गर्ने कर्मचारीलाई कारबाही गर, बदमासी गर्ने शिक्षण संस्थाको संम्बन्धन खारेज गर लगायत नार...
राष्ट्रिय सभा निर्वाचनकाे सम्पुर्ण तयारी पूरा

राष्ट्रिय सभा निर्वाचनकाे सम्पुर्ण तयारी पूरा

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं: यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगले कानुनी व्यवस्थाबमोजिम निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गए राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलका भ्रातृसंगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नमिल्ने आयोगका प्...
अजित मिजारले न्याय नपाय संघर्षमा उत्रने विभिन्न दलित संगठनको साझा घाेषणा

अजित मिजारले न्याय नपाय संघर्षमा उत्रने विभिन्न दलित संगठनको साझा घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : ८ वर्ष अघि अन्तरजातीय प्रेम सम्बन्धका कारण हत्या गरिएका काभ्रेका अजित मिजारले न्याय नपाय सम्मा विभिन्न दलित संगठनहरुले संघर्षका कार्यक्रम गर्ने घाेषणा गरेका छन ।मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन् । उनिहरुले अजितिले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठूलो बलिदान  गर्ने दलित समुदायले अझै पनि अमानविय ब्यवहार झेल्नु दुःखत भएको बताए । संयोजक नेपालीले सोति घटनाका दोषीहरुले सजाय पाउनु उदाहरणिय भए पनि एथेस्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराहरुले उन्मुक्ति पाउनुले आक्रोषित तुल्याएको बताए । ८ वर्षदेखि शिक्षण अस्पतालमा मिजारको शव रहँदासम्म ...
एसईई परीक्षा चैत १५ देखि २७ गते सम्मा संचालन हुने ,जम्मा ४,८९,४४४ परिक्षार्थिले भरे रजिष्टेृसन फारम

एसईई परीक्षा चैत १५ देखि २७ गते सम्मा संचालन हुने ,जम्मा ४,८९,४४४ परिक्षार्थिले भरे रजिष्टेृसन फारम

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको आज बसेको बैठकले एसईई परीक्षा होली पछाडि सञ्चालन गर्ने निर्णय गरेको हो । विचमा होली परेका कारण परीक्षा कार्यतालिका भन्दा केही पछि सरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए । बोर्डका अनुसार यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार पुरुष र २ लाख ४३ हजार ४४० महिला परीक्षार्थीले रजिष्ट्रेसन फाराम भरेका छन् । जस मध्ये कोशी प्रदेशबाट पुरुष ३९ हजार ६७५ र महिला ४० हजार ४८४, मधेश प्रदेशबाट पुरुष ४१ हजार ४ १६, र महिला ४० हजार ७९७, बागमतीबाट पुरुष ५३ हजार ३६ र महिला ५० हजार ४२०, गण्डकी प्रदेशबाट पुरुष २१ हजार ६३६ महिला २० हजार ८५३, लुम्बिनी प्रदेशबाट ४५ हजार २२१ पुरुष र महिला ४५ हजार ८५१, ...
बाग्लुङ बडिगाड गा.पा.का स्वास्थ्य शाखा प्रमुखलाई बाटाेमै कालाेमाेसाे दलेर कार्वाही

बाग्लुङ बडिगाड गा.पा.का स्वास्थ्य शाखा प्रमुखलाई बाटाेमै कालाेमाेसाे दलेर कार्वाही

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
बाग्लुङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यक्रता हरुले बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीमाथी कालोमोसो दलेर कार्वाही गरेका छन  ।क्रान्तिकारी  कम्युनिस्ट पार्टी नेपालका केही कार्यकर्ताले बाटोमा मोटरसाईकल सवार केसीलाई रोकि कालोमोसो खबर प्राप्त भयकाे छ । बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ शाखा प्रमुख विरेन्द्र केसीको मिलेमतोमा म्याद गुज्रिएको औषधि खरीद बिक्री गर्दै जनताको स्वास्थमा प्रतिकुल असर पार्नेगरि कमिशनको खेलमा लागेको भन्दै र आर्थिक हिनामिना गरियकाे भन्दै कालाेमाेसाे दलि कार्वाही गरियकाे बताएको छ । केसिलाई कार्वाही किन गरियकाे भन्ने बिषयमा  पार्टी जिल्ला कमिटीले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ । र यदि नसच्चियमा थप कार्वाही बढाउने विज्ञप्तिमा भनियकाे छ । ...
अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश काे दाेश्राे सम्मेलन सम्पन्न

अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश काे दाेश्राे सम्मेलन सम्पन्न

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
सुर्खेत : अखिल नेपाल शिक्षक संगठन,कर्णाली प्रदेशकाे दाेस्राे प्रदेश सम्मेलन सम्पन्न भयकाे छ ।शनिवार कर्णाली प्रदेशको बिरेन्द्रनगरमा भयकाे सम्मेलनमा  संगठनका केन्द्रीय अध्यक्ष लछिराम ढकाल, उपाध्यक्ष रुद्र केसि , कर्णाली प्रदेशका सह इन्चार्ज सिंङ बहादुर बुढा, केन्द्रीय सदस्य ललित रावल लगायतको  उपस्थितिमा भयकाे सम्मेलनले हरिलाल महताराकाे अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटि गठन गरेकाे छ । संगठनले प्रदेश अन्तर्गतका जिल्ला हरुमा फाल्गुन महिना भित्र जिल्ला सम्मेलन गर्ने र सबै जिल्ला र स्थानीय तहरुमा शिक्षा लगायका क्षेत्रमा भयका चरम लापरबाही र बिकृतिका  बिषयमा तत्काल ज्ञापनपत्र बुझाउने निर्णय भयकाे संगठनका प्रदेश कमिटि सदस्य टेक बहादुर मल्लले बताउनु भयाे ।...
जनसाँस्कृतिक महासंघ द्वारा पुर्ण हमालकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त

जनसाँस्कृतिक महासंघ द्वारा पुर्ण हमालकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त

Breaking News, संस्कृति, समाचार
काठमाडौं :अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सङ्गठनका केन्द्रीय सदस्य जीबन हमालका बुबा पूर्णबहादुर हमालको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली वक्तब्य जारि गरेको छ । सङ्गठनका केन्द्रीय संयोजक हिरामणि दु:खीद्वारा जारी वक्तब्यमा भनिएको छ ‘पूर्णबहादुर हमाल जनयुद्धका क्रममा पार्टी र आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका एकजना इमान्दार सुभेच्छुक हुनुहुन्थ्यो’ । मृतक हमालको निधनबाट आफ्नो सङ्गठन स्तब्ध भएको जनाउँदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सङ्गठनका सदस्य जीवन हमाल र उहँको परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ, वक्तव्यमा भनिएको छ ।...
जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट :जिल्ला प्रशासन कार्यालय जाजरकोटले राहदानी (पासपोर्ट) को अनलाइन आवेदन फाराम निःशुल्क भरिदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले निःशुल्क अनलाइन आवेदन भर्ने व्यवस्था गरेको जनाएको छ ।माघ १ गते देखि निःशुल्क अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए । यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको अनलाइन फाराम भर्ने गरेका थिए ।  सेवाग्राहीको मर्कालाई बुझेर कार्यालयले निःशुल्क भर्ने व्यवस्था गरेको प्रशासकीय अधिकृत शर्माले बताए । ...