नेपाली बोल्ने भियतनामी युवाले चकलेट दिएर पाटनबाट अपहरण गरे बालक
काठमाडौं । ललितपुरको पाटनबाट चार वर्षीय बालकको अपहरण आरोपमा प्रहरीले भियतनामका नागरिकलाई पक्राउ गरेको छ।
माघ २४ गते बेलुकी सवा ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर १२ पाटनबाट चार वर्षीय बालक पल चेपाङलाई अपहरण गरेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयले भियतनामका २३ वर्षीय माइ होङ किन्लाउनलाई पक्राउ गरेको हो।
प्रहरीले माघ २५ गते नै ती बालकलाई कलंकीबाट उद्धार गरेको थियो। कलंकीस्थित इलाम मेची गेष्ट हाउसको कोठामा बन्धक बनाइराखेको अवस्थामा प्रहरीले बालकलाई उद्धार गर्यो भने त्यहीँबाट भियतनामी नागरिक पक्राउ परेका हुन्।
यस घटनामा अनुसन्धान गरिरहेका एक प्रहरीका अनुसार बालकलाई भियतनामी नागरिकले भारतको पन्जाब लैजाने तयारी गर्दै थिए। बालकलाई बेचबिखनका लागि लैजान अपहरण गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
‘उनको गतिविधि हेर्दा अपहरण गरेर भारतमा ...









