गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद
काठमाडौं। गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ ।
जिल्ला अदालत काठमाडौंमा उनीहरूले आज सम्बन्ध विच्छेद गरेका हुन् । केहि समयअघि एलिनाले सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरु विवाहको ९ महिनामै छुट्टिएका हुन् । एलिनाले विष्णुसँग केही पनि नलिई सम्बन्धविच्छेद गरेकी हुन् ।
सम्बन्धविच्छेदपछि एलिनाले स्टाटस लेख्दै सम्बन्धविच्छेद रहरले नभइ बाध्यताले गर्नुपरेको बताएकी छिन् ।
एलिनाले भनेकी छन्, ‘प्रिय बिष्णु,अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको...









