११ फाल्गुन २०८१, आईतवार

५ जना मृतावस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मीको मुसिकोट नगरपालिका-३ धरमपानी बस्ने ४८ वर्षीय तुल बहादुर कार्की  सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

 

यसैगरी सर्लाहीको हरिवन नगरपालिका-८ पुरानो बजार छठ पोखरी जाने बाटो नजिक सोही ठाउँ बस्ने ६० वर्षीय श्रिधन थापा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

 

नवलपरासी पूर्वको बिनयी त्रिबेणी गाउँपालिका-२ सीजी बस्ने ७९ वर्षीय नर बहादुर ठकुरी पनि घर नजिकै रहेको मनकामना सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

 

 

यसैऊरी महोत्तरीको गौशाला नगरपालिका-८ स्थित ढल्केवर जंगलमा सोही ठाउँ बस्ने ६५ वर्षीय एक बहादुर आले सोमबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको भद्रपुर नगरपालिका-५ शान्तिटोल मशानघाटस्थित बाटो छेउमा सोही ठाउँ बस्ने ३८ वर्षीय चन्दन सहनी समेत मृत अवस्थामा फेला परे प्रहरीले जनाएको छ ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।