२ फाल्गुन जाजरकोट । भेरि नगरपालिका वडा न.२ डिंगा गाउ जाजरकोट निवासी पुर्व जनमुक्ति सेनाका कमान्डर ३९ बर्षिय नरबहादुर थापा ( जलन) को घर नजिकैको भिरमा लडेर मृत्यु भयकाे हाे भएको हो ।
उनी बिगत दस बर्षिय जनयुद्धका बेला जनमुक्ति सेनाका कमान्डर थिय ।
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले नयाँ नेतृत्व चयन गरेको छ । गोकर्णको जगडोलस्थित सहिद तथा बेपत्ता स्मारकमा सम्पन्न फाउन्डेसनको दोश्रो साधारणसभाबाट नयाँ नेतृत्व भएको हो ।साधारणसभाले निवर्तमान अध्यक्ष नविन पोखरेल र महासचिव अटल आचार्यको प्रतिवेदन एकमतले पारित गरेको छ । साधारणसभामा माओवादी आन्दोलन निकट सबै घटकका नेताको उपस्थिति रहेको थियो ।
निर्वाचित नयाँ समितिको अध्यक्षमा सन्दिप पुन, उपाध्यक्षहरुमा प्रकाश बास्तोला र नग्मा माली, महासचिवमा जटिल कार्की, सचिवमा युन्छोहाङ माबो लिम्बु र कोषाध्यक्षमा दीपशिखा नाथ चयन भएका छन् । सदस्यहरुमा चुडामणि चलाउने, सन्तोष लम्साल, अर्चना ठाकुर, समिरा राई, सन्जिता लामिछाने, पार्बती खड्का र राजु महतो रहेका छन् ।...
जाजरकोट नलगाड नगरपालिका वडा नं ३ कट्के गाँउका मान बहादुर रोकायाको शुक्रबार राति घर नजिकै रहेको भिरबाट खसेर मृत्यु भएको हाे । घटनाकाे कसरी घटेको हाे भन्ने थप अनुसन्धान भईरहेकाे बताएको छ ।
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) लुम्बिनी ब्युरोले आफ्नाे पार्टी जिवनभित्रै पहिलोपटक कार्यशाला सम्पन्न गरेको छ ।शुक्रबार उक्त कार्यशालामा नेतृत्व,संगठन,व्यवस्थापन,कार्यदिशा,कार्यनीति,कार्यक्रम र अनुशासनका बारे व्यापक छलफल गरिएको थियोे । पार्टी निर्माण पछि स्कुलिङ्ग,प्रशिक्षण र खाेजअनुसन्धानका कामहरू भएता पनि कार्यशाला भने पार्टी जीवन भित्र पहिलोपटक गरिएको हाे ।
उक्त कार्यशालामा लुम्बिनी ब्युरो भित्र रहेका पार्टी जिल्ला प्रमुखहरुकाे मात्रै उपस्थितिमा A र B दुई समुहहरु निर्माण गरि प्रत्येक जिल्लाकाे सिट प्लान निर्माण गरि व्यवस्थित तरिकाले गरिएको थियोे । उक्त समुहहरुले नेतृत्व,संगठन,व्यवस्थापन,कार्यदिशा,कार्यनीति,कार्यक्रम र अनुशासनका बारेमा सुझाव समेत पेश गरेका छन् । कार्यशालाकाे प्रमुख अतिथि नेकपा(बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज,सभाअध्यक्ष...
ईतिहासलाई अध्यन गर्दै जादा कर्णाली लाई फर्केर हेर्ने हो भने तुलनात्मक रुपमा कर्णाली प्रदेश एक शक्तिशाली र समृद्ध थियो भन्ने बुझिन्छ ।
१२ औ शताब्दीमा नाग राजाले आफ्नो पालामा आफ्नो राज्य जितेपछी आफ्नो राज स्थान जुम्ला जिल्लाको सिंजा भन्ने ठाउँमा राखेका थिए । खस राजधानी सिंजा नेपाली भाषा संकृतीको उद्गमथलाेकाे रुपमा चिनिन्छ । १३ शताब्दी तिरभने पुर्ब गोर्खा पश्चिम कास्मिर को लदाग उत्तर भोटको गुगे र दक्षिणमा लखनउको गोमती नदिसम्म फैलिएको थियो । नेपालकै लामो नदि भनेर चिनिने कर्णाली नदिको तिरै तिर हुँदै चिनको गुगे बरान्ङ्गबाट हुम्ला जुम्ला दैलेखको दुल्लु सुर्खेत हुँदै दक्षिण क्षेत्रमा पर्ने छिमेकी राष्ट्र भारत सम्मा आवत जावत हुने रेसम मार्गले कर्णालीको क्षेत्रलाइ अर्थिक हिसाबले मजबुत र बाणिज्य क्षेत्रमा ख्याती प्राप्त गरेको ईतिहास छ । २०४८ सालमा जुम्ला कर्णाली राज्यलाइ नेपाल एकीकरणमा गाभिसकेपछी क...
२६ माघ काठमाडौं । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले विदेशी शक्तिहरू आफ्ना दलालहरूमार्फत नेपाललाई खोक्रो, कमजोर र असफल बनाउन लागिपरेको र संसद्वादी दलहरू विदेशी शक्तिका दास बनेर देश र जनताको हितविपरीत हिँडिरहेको बताएका छन् ।
अखिल (क्रान्तिकारी) द्वारा राजधानीको संवाद डबलीमा बुधबार आयोजित ‘चिकित्सा शिक्षा र पुँजी–प्रतिभा पलायन’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रवक्ता सुदर्शनले नयाँ जोस लिएर उदाएका हौँ भन्नेहरूले पनि जनतालाई निराश बनाएको, युवाहरू देशमा रहिरहे विदेशी हस्तक्षेपको प्रतिरोध गर्ने हुनाले युवा तथा प्रतिभा पलायनको वातावरण बनाइरहेको पनि बताए ।
उनले आफूसँगै जनयुद्धमा लडेका प्रचण्डको भनाइ र गराइमा आकाश–जमिनको फारक भएको प्रस्ट पार्दै भने, ‘उहाँले हामीलाई एउटा कुरा पढाउनुभयो तर आफू अर्कै बाटो लाग्नुभयो । उहाँ आज सत्तामा भएर के गर्नु, जनता झन् आहत छन् । प्रचण्डले व्यवस्था परिवर्तनका ल...
२५ माघ काठमाडौं ।काठमाडौं जमलस्थित राष्ट्रिय नाँचघरको हलमा नेकपाको नवौं केन्द्रीय समितिको तेश्रो बैंठकको निर्णय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाेल्दै नेकपाका महासचिव विप्लवले नेपाललाई नयाँ ब्यवस्था वैज्ञानिक समाजवादमा लैजान आवश्यक र जरुरी रहेको बताएका हुन् ।
उनले भने - नेपालको राजनीतिक र आर्थिक संकटको समस्या राजनीतिक दल, नेता, सरकार बन्ने बनाउनेसँग सम्बन्धित नभएर सिङ्गो राज्यव्यवस्थासँग सम्बन्धित भएको कारण देशमा वैज्ञानिक समाजवादी राज्यसत्ता आवश्यक भएको बताए । उनले भने, ‘उत्पादन घट्दै जाने, उत्पादकत्व घट्दै जाने, परनिर्भरता बढ्दै जाने । बिदेशतिर मान्छे पलायन हुँदै जाने, देशको अर्थतन्त्र डामाडोल हुँदै जाने । रुपमा हेर्दा विप्रेषण बढेको जस्तो देखिने तर नेपालको अर्थतन्त्र संकटग्रस्त हुँदै जाने त्यो परिस्थिति छ । यसको मुल कारण भनेको नेपालको दलाला पूँजीवादी राज्यसत्ता हो । यसको समधा...
नेपाली जनताले श्रमिक–उत्पीडित वर्गको मुक्तिका लागि हतियारबद्ध युद्ध सुरु गरेको २८ वर्ष लागेको छ । २८ औँ जनयुद्ध दिवसका अवसरमा हामी महान् जनयुद्ध र त्यसपछिको विद्रोहमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली तथा रक्तिम अभिवादन प्रकट गर्दछौँ र महान् जनयुद्ध र त्यसअघिपछिका विभिन्न विद्रोहमा बेपत्ता बनाइएका योद्धाहरूप्रति सम्मानका साथै घाइते, अपाङ्ग योद्धाहरूको त्याग, शौर्य र वीरताप्रति सलाम व्यक्त गर्दछौँ ।
जनयुद्धका मुख्य अगुवाहरूले प्रतिक्रियावादी वर्गसामु आत्मसमर्पण गरे पनि नेपाली जनताको मुक्तिको सपनाको मृत्यु भएको छैन । प्रकारान्तरले नेपाली जनता जनयुद्ध लडिरहेका छन् र नेकपा (बहुमत) लगायत क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा जनयुद्ध जारी छ । हामी क्रान्तिकारी ध्रुवीकरण र मालेमावादी शक्तिहरूबीचको एकताले नै जनयुद्धका बाँकी कार्यभारहरू पूरा हुनेमा पूर्ण विश्वास व्यक्त गर्द...
२४ माघ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ।
मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।”
प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ...
२४ माघ, काठमाडौं ।राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् ।
माओवादीबाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
...