काठमाडौं ;संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ ।
काठमाडौं : जेन-जी समूहको नाममा भएको आन्दोलन प्रतिक्रान्ति र षड्यन्त्रबाट अपहरण भएको भन्दै देशभक्त, जनवादी, क्रान्तिकारी र प्रगतिशील शक्तिहरूलाई ‘स्वाधीन अन्तरिम संयुक्त सरकार’ गठन गर्न आह्वान सहित दस वटा कम्युनिस्ट पार्टीले सयुक्त अपिल गरेका छन ।
कन्चन, आहुति, वसन्त,समरजंग लगायत १० नेताहरूले शुक्रबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनियकाे छ "भदौ २३ गते सुरु भएको जेन-जी आन्दोलनलाई ‘दलाल–नोकरशाही पूँजीवादी व्यवस्थाको अन्त्य गर्ने ऐतिहासिक कदम’ हाे। तर भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायत संरचना र राष्ट्रिय सम्पत्तिमा भएको आगजनीलाई ‘अग्रगामी आन्दोलनमाथि पश्चगामी षड्यन्त्र’ ठहर गर्दै यसले देशलाई प्रतिगमन र प्रतिक्रान्तितर्फ धकेलेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ: ‘दलाल पूँजीवादी व्यवस्थाको शोषण र उत्पीडनले प्रताडित नेपाली समाजलाई यथास्थिति वा पश्चगमन होइन, व्यापक राजन...
काठमाडौं : जेन- जि आन्दोलन पछि पुर्व पुर्व प्रधानन्याधीश सुशिला कार्कि प्रधानमन्त्रीमा नियुक्त ।
शुक्रबार राति राष्टृपति रामचन्द्र पाैडेलले कार्कीलाई मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।
शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ४२ ओैँ तथा नेपालीको पहिलाे महिला प्रधानमन्त्रीका रुपमा कार्किले शपथ लिएकी छिन्।
(जेन–जी) को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको आगामी फागुन २१ गते निर्वाचन हुने गरि प्रतिनिधि सभा विघटनकाे सिफारिस गरेकि छिन्।
जेन-जी पुस्ताको आह्वानमा चलेको दुई दिने आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।
नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ ...
काठमाडौं :जेन-जी प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजार ६१ जना घाइते ।
देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जना घाइते भयकाे चिकित्सकहरु बताउछन।
घाइतेहरुमा निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पताल नेपालगन्जमा पाँच गरी ३० जनाको निधन भएको छ ।
यस्तै अहिले २७४ जना घाइतेको भर्ना भएर उपचार भइरहेको छ। यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका बताएको छ।
अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठम...
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। ओलीले पदबाट राजीनामा दिएका उनका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी दिए।
आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका ओलीले अवस्था नियन्त्रण बाहिर गएपछि त्यसअघि नै राजीनामा दिएका हुन्।
जेन - जि युवा पुस्ताहरुकाे आन्दोलनले उग्ररूप लिय पछि आज प्रधानमन्त्रीले राजिनामा दियका हुन ।...
काठमाडौं :सरकारले सामाजिक संजाल प्रतिबन्द गरे पछि काठमाडौं लगायत देशका विभिन्न भागमा युवाहरुले आन्दोलन गरिरहेका छन, आन्दोलनका क्रममा १९ जनाकाे ज्यान समेत गयकाे छ भने चार सय भन्दा बढि घाइते अवस्थामा विभिन्न हस्पिटलहरुमा उपचार भईरहेकाे छ ।
( जेन- जि) युवा पुस्ता आन्दोलन देशमा भईरहेकाे भ्रष्टाचार बेतिथिका बिरुद्धमा हाे,युवा पुस्तालाई उक्सायर कसैलाई सत्तामा पुग्नु छ भने कसैलाई सत्ताकाे आयु लम्बाइ राख्नु छ। याे आन्दोलनकाे अगुवाइ कस्ले गरेकाे थियाे र जिम्मा लिने कसले हाे ? याे पनि थाहा छैन । विभिन्न पार्टी, संघ संस्था र ब्यक्तिहरुले विज्ञप्ति र सामाजिक संजाल मार्फत आफ्ना धारणा ब्यक्त गरेका छन । आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजि सम्पतिकाे ठुलाे क्षति भयकाे छ । गृहमन्त्री रमेश लेखकले राजिनामा दियका छन । संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिबन्ध सामाजिक संजाल खुला रहेकाे जानकारी दिईसकेक...
काठमाडौं ;सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक (मेटा) ले नेपालमा कम्पनी दर्ता गर्न आवश्यक कागजातको विवरण मागेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत जानकारी मागेका थिए।
ठाकुरले भने ‘पौने ५ बजे सिंगापुबाट एक जना मेटाका प्रतिनिधिले इमेल पठाउनुभयो हामीले पाँच मिनेटभित्रै सामाजिक सञ्जाल दर्ता हुन आवश्यक कागजातको विवरण इमेलमार्फत जानकारी गराइसकेका छौं।’
नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्ने निर्णय गरिसकेको छ। यसैअनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल चल्न रोक लगाउन पत्राचार गरेको छ।...
ललितपुर : ॐसमाज डेण्टल हस्पिटलले पाँचाै शाखाका रुपमा ललितपुर जिल्लाकाे चापागाउँ दाेबाटाेमा स्थापना गरेकाे छ।स्वास्थ्य क्षेत्रमा लामाे समय देखि सेवा दिदै आयकाे उक्त हस्पिटलले राजधानिका तीनवटा ठाउहरु चावेल, नैकाब, बनस्थलि तथा महाेत्तरी जिल्लाको बर्दिबास शाखाहरुबाट सेवा दिदै आयकाे थियाे साे हस्पिटलले आजदेखि ललितपुर जिल्लाको चापागाउँ दाेबाटाेबाट पनि सेवा दिने भयकाे हाे । हस्पिटल उद्घाटन कार्यक्रममा समाजमा विभिन्न ढंगबाट सेवा गर्ने समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरुलाई सम्मान गर्नुका साथै निशुल्क दन्त सेवा दिईयकाे थियाे । बिशेषज्ञ डाक्टरहरु र अत्यावश्यक प्रविधि सहितकाे सुलभ र भरपर्दाे स्वास्थ्य सेवाका दिदै आयकाे साे हस्पिटल सबैका लागि सधैका लागी खुल्ला रहने अस्पतालका डा. सुवास घिमिरेले बताउनु भयाे ।डा. घिमिरे भन्नुहुन्छ "मान्छेमा समाजमा कथा बनाउने र कथा बाचन गर्ने शैलि हुन्छन र ति जिवन र...
जाजरकोट :जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी लाखाैंको भ्रष्टाचार गरिएको तथ्य बाहिरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा संलग्न नगरपालिकाका कर्मचारी र ठेकेदार कम्पनी विरुद्ध विशेष अदालत काठमाडौंमा ३६ लाख २० हजार ५७८ रुपैयाँ बराबरको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगको अनुसन्धान अनुसार आ.व. २०८०/८१ मा वडा नं ६, ९ र १० को कार्यालय भवन ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमवली विपरीत बोलपत्रदाता कम्पनीहरुलाई जानीजानी अनुत्तीर्ण गरी लक्षित ठेकेदार न्यू विके / नहकुली जेभी लाई ठेक्का दिलाइएको थियो । यसरी ठेक्का पाउँदा सरकार र नगरपालिकाको सम्पत्तिमा ठूलो हिनामिना भएको अख्तियारले ठहर गरेको छ ।
मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरुमा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मो...
जाजरकोट :जाजरकोटमा तीज विशेष कार्यक्रममा फाेटा खिचिरहेका पत्रकारमाथि प्रहरीले दमन गरेका छन ।
मंगलबार राति करिब १० बजे खलंगामा रहेकाे नेपाल बैंक अगाडि तीज विशेष नाचगान कार्यक्रम चलिरहेको थियो । सोही क्रममा पत्रकार बालकुमार शर्मा, शिक्षक कमल चन्द लगायत अन्य व्यक्तिहरू पनि कार्यक्रममा उपस्थित थिए ।
शर्मा सामाजिक सञ्जालमा लाइभ गर्दै तस्बिर र भिडियो खिचिरहेका बेला प्रहरी निरीक्षक सन्ताेष चन्द र अर्का प्रहरी कर्मचारीले उनलाई नजिकै बोलाई मोबाइलमा रहेका तस्बिर डिलिट गर्न धम्कीपूर्ण शैलीमा दबाब दिएको पत्रकार शर्माले बताए ।
“तपाईंले फोटो खिच्नु भएको छ भने डिलिट गर्नुपर्छ भन्ने निर्देशन दिइयो । सार्वजनिक स्थलमा खिचिएको फोटो के आधारमा मेटाउन लगाइयो भन्ने प्रश्न छ,” शर्मा आक्रोशित हुँदै भन्छन्, “पत्रकार आचारसंहिता र कानुनबारे मलाई प्रष्ट थाहा छ । तर रातिको समयमा प्रहरी प्रशासनले पत्रकारलाई मनोबल गिर...