२० कार्तिक २०८२, बिहीबार

राष्ट्रिय

भानु र व्यास नगरपालिका जोड्ने सडक ३१ वर्षपछि कालोपत्रे

भानु र व्यास नगरपालिका जोड्ने सडक ३१ वर्षपछि कालोपत्रे

Breaking News, यातायात, राष्ट्रिय, समाचार
तनहुँ : ३१ वर्षपछि व्यास नगरपालिका-११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ।संघीय सरकारबाट चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो। बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका-११ बाट भानु नगरपालिका-६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ। पहिलो चरणमा व्यास नगरपालिका-११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र हुँदैछ। हालसम्म आठ सय ५० मिटर कालोपत्र भइसकेको छ। यसैबीच, जिल्लाको पर्यटकीयस्थल बन्दीपुर गाउँपालिका-२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ। थानीमाई मन्दिरबाट निर्माण सुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुङ्गिनेछ। यो पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। गाउँपालिकाको गुरुयोजनाअनु...
म्याग्दीको मालिका -३ पात्लेमा एक एक घर एक धाराको सुविधा

म्याग्दीको मालिका -३ पात्लेमा एक एक घर एक धाराको सुविधा

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
पाेखरा :म्याग्दीको मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ। रु ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना मार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसंख्या लाभान्वित भएका छन्। घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाले बताए। उनका अनुसार नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाको रु. ३३ लाख ३७ हजार तीन सय २५ र मालिका गाउँपालिकाको रु १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले रु १७ लाख आठ सय ९९ बराबरको श्रमदान गरेका छन्। पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ। चार वटा मुहानको पानीलाई १२ हजार पाँच सय २७ मिटर लामो मुख्य र शाखा पाइपलाइन मार्फत नौ वटा ट्याकी बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले...
“शैलुङ अल्ट्रा रेस- २०२५” जेठ ३१ देखि रामेछाप जिल्लामा संचालन हुने

“शैलुङ अल्ट्रा रेस- २०२५” जेठ ३१ देखि रामेछाप जिल्लामा संचालन हुने

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : "शैलुङ अल्ट्रा रेस- २०२५" यहि आगामी जेठ ३१ गते शनिबार रामेछाप जिल्लामा आयाेजना हुने भयकाे छ ।"सुनापति सैंलुङ अल्ट्रा म्याराथन दाैड" समितिको आयाेजना र "एथलेटिक्स परिवार नेपाल"काे समन्वय एवं प्राविधिक सहयाेगमा  संचालन हुने शैलुङ अल्ट्रा रेश -२०२५ मा महिला तथा पुरुष खुल्ला ५५ कि.मि.दाैड र ५ किलाेमिटर दाैड संचालन हुनेछ । उक्त दाैड प्रतियोगितामा सुनापति वडा नम्बर ३ साँदि डाँडाबाट सुरु भई सुनापति डाँडा, लहरे पाने,भागे डाँडा, खाँडादेवि मन्दिर गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दाेरम्बा बजार, सहिद पार्क, डाँडा कटेरी,घले डाँडा,दाेरम्बा शैलुङ वडा नम्बर १ शैलुङमा सम्पन्न हुने छ। प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख, द्धितिय हुनेलाइ रु ५० हजार, तृतीय हुनेलाई रु २५ हजार चाैथा र पाँचौ हुनेलाई क्रमशः रु १०,हजार र ५ हजार छैठौं देखि दशाैं स्थान सम्मका खेलाडीलाई रु १ हजारका दरले नगत पुरस्कारका सा...
वाईसीएल नेपालकाे तेस्रो महाधिवेशन सम्पन्न

वाईसीएल नेपालकाे तेस्रो महाधिवेशन सम्पन्न

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्रकाे सहायक संगठन योङ कम्युनिष्ट लिग(वाईसीएल)काे तेस्रो महाधिवेशन सम्पन्न भयकाे छ। नवनिर्वाचित ५२ पदाधिकारीहरुको अन्तिम निर्वाचन परिणाम आज  सार्वजनिक संगै महाधिवेशन सम्पन भयकाे हाे। गत जेठ १८ गते देखि काठमाडौंमा सुरु भयकाे तेस्रो महाधिवेशनले शुक्रबार पुष्प ओलीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको थियो ।उपाध्यक्षमा डम्बर पुलामी सहित २१ जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा गणेश शाही निर्वाचित भएका छन् । वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो । आइतबार उनीहरुको सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ । २१ गते सम्म सहमतिय प्रणाली बाट नेतृत्व चयन गरेर महाधिवेशन सम्पन गरि सक्ने भनिय पनि नेतृत्व चयनमा केही विवाद भय पछि चुनावी प्रक्रिया मार्फत पदाधिकारीकाे परिणाम टुंगोमा लगाईयकाे एक नेताले जानकारी दिए । अझै पनि नेतृत्व चय...
कृषि बिकास कार्यलय जाजरकोटकाे प्रमुख विद्या गाैतम

कृषि बिकास कार्यलय जाजरकोटकाे प्रमुख विद्या गाैतम

Breaking News, कृषि, राष्ट्रिय, समाचार
जाजरकोट :कृषि विकास कार्यालय जाजरकोटको कार्यलय प्रमुख विद्या गौतमले समालेकी छन्। गौतमते गत शुक्रबारदेखि कार्यालय प्रमुखको जिम्मेवारी समालेकी हुन्। उनी कृषितर्फ कर्णाली प्रदेशमा कार्यालय प्रमुखको जिम्मेवारी पाउने पहिलो महिला कर्मचारी बनेकी छन्। यसअघि कर्णाली प्रदेशको कृषि कार्यालय प्रमुखमा महिला पुग्न सकेका थिएनन्। कृषि विकास कार्यालय जाजरकोट कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कार्यालय हो। मन्त्रालयका सचिव परशुराम रावतले कर्णाली प्रदेशमा कृषितर्फ कार्यालय प्रमुख बन्नेमा पहिलो महिला विद्या गौतम भएको जानकारी दिए। गौतम वरिष्ठ कृषि प्रसार अधिकृत (उपसचिव) हुन्।...
जाजरकोटमा नेकपा बहुमतद्वारा भ्रष्टाचार र बेथिति विरुद्धको अभियान तिब्र

जाजरकोटमा नेकपा बहुमतद्वारा भ्रष्टाचार र बेथिति विरुद्धको अभियान तिब्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको "भ्रष्ट दलाल पुँजीवादी व्यवस्था विरुद्ध जनसंघर्ष अभियान" जाजरकोटमा पनि तीव्र गतिमा अगाडि बढाइएको छ । पार्टीका इन्चार्ज महेशको नेतृत्वमा सातवटै स्थानीय तह र सबै वडामा पुगेर जनसंगठित कार्यक्रमहरू सञ्चालन भइरहेको हाे। भेरी नगरपालिकाबाट बैशाख ८ गते सुरू गरिएको अभियान नलगाड, बारेकोट, कुशे, जुनीचाँदे, छेडागाड हुँदै शिवालयसम्म विस्तार गरिएको थियाे। अभियानमा जनतासँग प्रत्यक्ष संवाद, गुनासो संकलन र समस्या पहिचानका कार्यहरू भइरहेको पार्टी का जिल्ला सेक्रेटरी हिमालले बताय। अभियानको क्रममा स्थानीय तहका कतिपय विकास योजनामा देखिएको गुणस्तरहीनता र आर्थिक चलखेलसम्बन्धी प्रमाणहरू संकलन गरिएको पार्टीको दाबी छ। सडक, ट्रस्ट पुल, विद्युत् विस्तार, विद्यालय भवन निर्माणलगायत योजनाहरूमा प्राविधिक र ठेकेदारबीच मिलेमतो भएको गुनासो...
भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटकाे नलगाड नगरपालिका–८ स्थित भेरी नदीमा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये एकको शव फेला परेको छ । भेरी नदीले बगाएर बेपत्ता भएकी अन्दाजी १२ बर्षिय भगवती नेपालीको शव फेला परेको हो । उक्त घटना नलगाड नगरपालिका–८ मनमै र आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) जोड्ने भेरी पुल नजिकैबाट दुई बालिका र एक बालक नदीमा बेपत्ता भएका थिए । रेडियो नयाँ नेपाल रुकुम पश्चिमका पत्रकार प्रेम कुसारीका अनुसार, तीनै जना बालबालिकाहरु पौडी खेल्ने क्रममा भेरी नदीमा बगेर वेपत्ता भएका थिए । बेपत्तामध्ये सुरेन्द्र कुसारीका  छाेरा महेश कुसारी र छोरी आशा कुसारी वेपत्ता रहेका छन् । स्थानीयबासी, प्रहरी, नगरप्रहरीले खोजी कार्य तिब्र बनाएका छन् । उनीहरू नलगाड नगरपालिका ८ का स्थानीय हुन् ।...
जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

जाजरकोटमा भिरबाट लडेर १८ बर्षिया किशोरी काे ज्यान गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जिल्लाको कुशे गाउँपालिकामा भिर बाट लडेर एक किशोरीको ज्यान गएको छ । कुशे गाउँपालिका ‒१ बस्ने रामबहादुर रावत र तुल्सी चलाउनेकी १८ बर्षिया छोरी मनिषा रावतको भिरबाट लडेर ज्यान गएको हाे । तमाे ध्यान माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया मनिषा मंगलबार बाख्रा चराउन गएका बेला अचानक चिप्लिएर भिरबाट लडेकी थिइन् । उनको घटनास्थलमै ज्यान गएको बताइएको छ ।...
तत्कालीन राजा विरेन्द्रकाे वंशनास भयकाे आज २३ बर्ष बित्याे,अझै छानबिन भयन्

तत्कालीन राजा विरेन्द्रकाे वंशनास भयकाे आज २३ बर्ष बित्याे,अझै छानबिन भयन्

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।तत्कालिन राजा वीरेन्द्र शाह लगायत उहाँको परिवारको वंशनास भएको आज २३ बर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रवार आजैको दिन नारायणहिटी राजदरबारमा राखिएको भोज कार्यक्रममा तत्कालिन राजा वीरेन्द्र र भाई धीरेन्द्रको परिवारको षड्यन्त्रपूर्ण हत्याकाण्ड रचि वंशनास गरिएको २३ बर्ष पुरा भएको हो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा छेरा धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको निधन भएको थियो । गोली लागि वेहोस भएका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते हतार हतार राजा घोषणा गरिएको थियो । दीपेन्द्र बेहोस भई अस्पतालमा उपचारत रहेका बेला तत्कालीन अधिराजकुमार भनेर ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञा...
प्रगतिशील लेखक खेम थपलियाको अध्यक्षतामा “अर्को मोर्चा” को गठन भएको छ

प्रगतिशील लेखक खेम थपलियाको अध्यक्षतामा “अर्को मोर्चा” को गठन भएको छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाको अध्यक्षतामा अर्को मोर्चा (The Next Front) को गठन भएको छ । १८ औं गणतन्त्र दिवसको अवसर पारेर बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी समाजवादी क्रान्तिलाई सफल गर्ने उद्देश्यले वैचारिक,राजनीतिक र सांस्कृतिक फोरम गठन गरिएको उल्लेख गरिएको छ । क्रान्तिकारी कम्युनिस्टहरुको व्यक्तिगत तथा गुटगत स्वार्थका कारण जनयुद्धद्वारा पराजित संसदीय व्यवस्था पुन:स्थापना हुन पुगेको गम्भीर समिक्षासहित समाजवादी क्रान्तिलाई पूर्णता दिन मोर्चाको गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । कम्युनिस्ट पार्टीहरूमा चलेका दुई लाइन सङ्घर्षमा सत्रुतापूर्ण अन्तर विराेध, पार्टी सत्ताको पावर सेयरिङमा सङ्कीर्ण कुटिलता, आन्तरिक संस्था,व्यक्तिको अटुट खेदाइ, कार्यनीतिको नाममा रणनीतिकै बलिदान गरिदिने चरित्रले नेपाली कम्युनिस्ट थप संकटमा आएको उल्लेख छ । “आफू समाजवादी मुटु हालेर बाँच्न...