६ माघ २०८१, आईतवार

संस्कृति

प्रधानमन्त्री : प्रचण्डद्वारा चिडियाखाना अवलोकन

प्रधानमन्त्री : प्रचण्डद्वारा चिडियाखाना अवलोकन

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहालले सोमबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको अवलोकन तथा निरीक्षण गरेका छन् । दाहाल आफ्ना छोरीहरु रेणु र गंगा दाहाल साथै सचिवालयका सदस्यहरूसहित यहाँ आइपुगेका हुन् । दाहालले चिडियाखाना अवलोकन गर्दा कुनै रमझम नै नगरी सामान्य नागरिक सरह भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. नरेश सुवेदीले जानकारी दिए । यस क्रममा प्रधानमन्त्री दाहालले यसअघि आफू ३० वर्षअघि चिडियाखाना घुमेको स्मरण गरेका थिए । चिडियाखानामा वन्यजन्तुको व्यवस्थापनप्रति प्रधानमन्त्री दाहालले खुसी प्रकट गरेको डा. सुवेदीले जानकारी दिए । अवलोकनका क्रममा उनले बाघ र गैंडा धेरै मनपर्ने उल्लेख गर्दै तिनको बारेमा कर्मचारीहरूसँग सोधखोज गरेका थिए । चिडियाखानामा राखिएका हरेक वन्यजन्तुको बारेमा पनि उनले सोधेका थिए । चिडियाखानामा हाल पाँचवटा बाघ र तीनवटा भाले गैंडा रहेको डा. ...
नेकपा बहुमतका केन्द्रीय सदस्य रामचन्द्र बलामी काे स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नेकपा बहुमतका केन्द्रीय सदस्य रामचन्द्र बलामी काे स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौँ :नेकपा (बहुमत) का केन्द्रीय सदस्य रामचन्द्र बलामीको स्मृति र सम्मानमा पार्टी केन्द्रीय कार्यालयले बुधबार काठमाडौँकाे अनामनगर स्थित संवाद डबलीमा अपराह्न १ बजे  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयकाे छ । पार्टी संयोजक कञ्चन, पार्टी प्रवक्ता सुदर्शन, पार्टी केन्द्रीय कार्यालय सदस्यहरू, दिपक , प्रविण ,सचिवालय सदस्यहरू,  पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू, विभिन्न जवस,मोर्चाका प्रमुख, पदाधिकारी र सदस्यहरूले बलामीकाे फाेटामा अविर र पुष्प गुच्छाले श्रद्धाञ्जली प्रकट गरेका थिय । कार्यक्रम काे संचालन प्रवक्ता हेमन्त प्रकाश वलि सुदर्शनले गरेका थिय भने बलामी काे पृष्ठभूमि काे बारेमा कार्यलय सदस्य उदय बहादुर चलाउने दिपक र गुणराज लाेहनि ले बाेल्दै बलामी का क्रान्तिकारी गुण आनिवानि बाट हामी सबैले सिक्नुपर्ने बतायका थिय । पार्टी संयोजक कन्चनले बलामी एक सच्चा क्रान्तिकारी निडर ईमानद...
अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा २५ ओै साँस्कृतिक प्रतिरोध दिवस समपन्न

अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा २५ ओै साँस्कृतिक प्रतिरोध दिवस समपन्न

Breaking News, कविता, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं । नेकपा बहुमत निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले आइतबार काठमाडौँकाे  संवाद डबलीमा २५ औँ सांस्कृतिक प्रतिरोध दिवसका मनायकाे छ। महासंघले २०५५ साल चैत ५ गते काभ्रेपलान्चोक जिल्लाकाे अनेकाेटमा तत्कालीन राज्य पक्षवाट  प्रगतिशील र क्रान्तिकारी सात जना जनकलाकारहरुकाे सामुहिक हत्या काे स्मृतिमा प्रतिरोध दिवश मनाउदै आईरहेकाे छ  । २०३८ सालमा पारिजात काे नेतृत्वमा स्थापना भयकाे जन साँस्कृतिक महासंघ २०४८ सालमा कृष्ण सेन ई्च्छुकले नेतृत्व समाले पछि महासंघ क्रियाशिल हुँदै विभिन्न उत्तारचढापकाे बिचवाट आज ४१ ओैँ वर्षमा आईपुगेकाे र  हाल सम्मा महान साँस्कृतिक याेद्दा कृष्णसेन इच्छुक ,हष्त बहादुर शाहि , च्याङवा लामा , चुनु गुरुङ , जयन्ता घर्ती रमा  लगायत १सय ७० जना भन्दा बढि साँस्कृतिक कर्मिहरुले  बलिदान गर्नुभयकाे र उहाहरुकाे स्मृतिमा उहाहरुका सपनाहरूकाे सिढि निर्माणका लाग...
चैत ५ प्रतिरोध अर्थात, आक्राेश र प्रतिबद्धताको दिन

चैत ५ प्रतिरोध अर्थात, आक्राेश र प्रतिबद्धताको दिन

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
२०५५ साल चैत ५ गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित चिनीमाया तामाङ, गुम्बासिं तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ, निर्मला देवकोटा र मञ्जु कुँवर मादल, बाँसुरी, हार्मोनियम बोकेर काभ्रेपलान्चोक जिल्लाको अनेकोटमा पुगे । उनीहरू अनेकोटकै एक घरमा बसे । भोक, थकाइ र अनिंद्राका बिच पनि उनीहरूले त्यहाँ गरिबी, उत्पीडन र उन्मुक्तिको गीत गाए । गीत टुङ्ग्याउन नपाउँदै एमालेको सुराकीमा गएका प्रहरीहरूले जनताका कलाकार बसेको घरलाई घेरा हालेर अन्धाधुन्द गोली बर्साउन थाले । ताकेरै जनताका कलाकारको छाती फोडियो । रगतको भेल बग्यो । जनकलाकारका मादल फुटाइयो, बाँसुरी भाँचियो, गितारका तारहरू छिनालियो अनि घरमा आगो लगाइयो । जनताका कलाकारहरूले फासिस्ट सत्ता र तिनका मतियारका विरुद्ध यथासक्दो प्रतिरोध पनि गरिरहे । रक्तमुछेल जनकलाकारहरू दन्कँदो आगोका लप्काका बिच पनि महान् जनयुद्ध जिन्दाव...
जनयुद्धमा मारियकाहरु राष्ट्रिय सहिद घाेषणा

जनयुद्धमा मारियकाहरु राष्ट्रिय सहिद घाेषणा

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
१० वर्षे सशस्त्र जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। मन्त्रिपरिषद बैठकको निर्णय अनुसार राजपत्रमा नामावली प्रकाशित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ। जसमा ८ हजार ३ सय ७१ जनाको नाम समावेश छ । जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्।...
माओवादी आन्दोलनलाई धरासायी पार्न प्रचण्डमाथि मुद्दा लगाईएका हाे : कन्चन

माओवादी आन्दोलनलाई धरासायी पार्न प्रचण्डमाथि मुद्दा लगाईएका हाे : कन्चन

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौँ ।  नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कन्चनले गणतन्त्र नेपाल र पुरै माओवादी आन्दोलनलाई धरासायी पार्ने योजना अनुरुप प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा लगाइएको बताएका छन् । बिहीबार राजधानीको संवाद डबलीमा पार्टीको केन्द्रीय प्रचार- प्रसार तथा प्रकाशन ब्युरोले आयोजना गरेकाे जनवादी क्रान्तिका अभियान्ता तथा  प्रकाशन ब्युराे का सदस्य राेहित र मानव प्रकृति संरक्षणकी अभियान्ता शारदा बिच प्रगतिशील वैवाहिक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । संयोजक कन्चनले  प्रचण्डमाथिको मुद्दा राजनीतिक भएको तर त्यसलाई व्यक्तिगत बनाई कानुनीरुपमा अगाडि ल्याएर पुरै माओवादी आन्दोलनलाई सखाप पार्ने कदमको विकास गर्न खोजेको आरोप लगाए । यस विषयमा सबै एकजुट भएर मुकाविला गर्नुपर्नेमा जोड दिए । माओवादी आन्दोलन निरन्तर प्रगतिको बाटोमा लम्किरहेकाे ले  त्यसलाई जसरी पनि रोक्नु प्रतिक्रियावादीहरुको ल...
नेकपा बहुमतद्वारा नारी दिवसको शुभकामना

नेकपा बहुमतद्वारा नारी दिवसको शुभकामना

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाललगायत संसारभरका श्रमिक क्रान्तिकारी महिलालाई हार्दिक शुभकामना दिएका छन् । प्रवक्ता सुदर्शनले श्रमिक महिलाहरूको सचेत पहल, निरन्तरको श्रम, सङ्घर्ष र बलिदानले स्थापना गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले नेपाललगायत संसारभरका श्रमिक, क्रान्तिकारी महिलाहरू र उत्पीडित वर्गलाई मुक्ति र सङ्घर्षको प्रेरकका रूपमा मनाउन हार्दिक आह्वान पनि गरेका छन् । प्रवक्ता सुदर्शनले बुधबार शुभकामना विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आज ८ मार्च अर्थात् ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । श्रमिक महिलाहरूको सचेत पहल, निरन्तरको श्रम, सङ्घर्ष र बलिदानले स्थापना गरेको यो ऐतिहासिक दिवसका अवसरमा नेपाली शोषित–उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नेपाललगायत संसारभरका श्रमिक, क्रान्तिकारी मह...
महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्छ : राष्ट्रपति भण्डारी

महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्छ : राष्ट्रपति भण्डारी

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै,महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड बताएकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, महिलाको  नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत...
जाजरकोटमा सहिद परिवारलाई सम्मान कार्यक्रम सम्पन्न

जाजरकोटमा सहिद परिवारलाई सम्मान कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
जाजरकोट।धर्मेन्द्र बास्ताेला,कन्चन  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) जाजरकोटले सहिद सप्ताह काे अबशरमा सहिद परिवारलाई सम्मान गरेकाे छ ।फागुन २० गते सनिवार नेकपा ( बहुमत ) नलगाड नगर इन्चार्ज  दिनेश काे सभाअध्यक्षतामा जिल्ला संयाेजक  हिमाल काे प्रमुख आथित्यतामा नलगाड नगरपालिका ५ सिर्केमा उक्त कार्यक्रम सम्पन्न भयकाे हाे । कार्यक्रममा प्रमुख अतिथि संयोजक हिमालले  सहिद परिवारलाई विशेष सम्मान गर्दै सहिदको सपना माथि कुठाराघात गर्ने अधिकार काेहि कसैलाई नभयकाे  र क्रान्तिकारी पार्टिका नेता र कार्यक्रताहरुले  नेपाली कम्युनिस्ट आन्दोलन र सहिदकाे रगतकाे आहलमा बसेर जसरि सहिद लाई भर्याङ बनायर महलमा पुगेर सहिदकाे सपना चकनाचुर पार्ने गद्दार हरुकाे बिरुद्ध पार्टी जिल्लामा ससक्त रहने साथै सहिदका सपना पूरा गर्ने बाटाेमा पार्टी लागिरहेकाे र श्रवहारा वर्गकाे अग्रदस्ता भयर अघि बढेकाे बताउनु भयाे । ...
पाल्पामा नेकपा बहुमतद्वारा सहिद सप्ताह कार्यक्रम सम्पन्न

पाल्पामा नेकपा बहुमतद्वारा सहिद सप्ताह कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, संस्कृति, समाचार
पाल्पा।पाल्पामा  शहीद सप्ताहकाे अन्तिम दिन आइतबार शहीद परिवारलाई सम्मान गरी  सहिद सप्ताह कार्यक्रम मनाईयकाे छ  ।  नेपाल कम्यूनिष्ट पार्टी बहुमत जिल्ला कार्य समिति पाल्पाको आयोजनामा शहीद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको हाे । एक पालिका एक कार्यक्रम अन्तर्रगत जिल्लाका दशवटै पालिकामा सप्ताह व्यापी शहीद सप्ताह कार्यक्रमको आयोजना गरी ५० भन्द बढी शहीद परिवारलाई सम्मान गरीएको छ। मुलुकको परिवर्तनको निम्ति बलिदानी दिएका शहीदको सम्झनामा सप्ताह व्यापी कार्यक्रम गरीएको नेकपा बहुमत पाल्पाका संयोजक मुक्ति गैरेले बताए। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिल्ला संयोजक गैरेले मुलुकको व्यवस्था परिवर्तन ल्याउनमा जनयुद्धमा होमिएका माओवादी शहीद परिवारले अझै पनि सम्मानजनक न्याय नपाएको बताएका थिए। जनयुद्धको अपेक्षा अवस्था परिवर्तन मात्रै नभएको भन्दै मुलुक भित्रै स्वरोजगारी, शिक्षा, स्वास्थ्य र पू...