सिमाक्षेत्रमा हुने भारतिय दादागिरीको प्रतिरोध गरौँ : मिलन राई
काठमाडौं, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन दाईले भारतिय दादागिरीको प्रतिरोध गर्न अपिल गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष राईले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दैँ सिमाक्षेत्रमा पटकपटक हुने भारतिय हस्तक्षेप र दादागिरीको प्रतिरोध गर्न अपिल गरेका हुन ।
अध्यक्ष राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हिजो शुक्रबार मात्रै दार्चुला जिल्लाको व्यास गाउँपालिका -०२ दुम्लिङको महाकाली नदि क्षेत्रमा सडक निर्माण कार्यका लागि भारतीय पक्षद्वारा बम विस्फोट गराउदा व्यास गाउँपालिका-२ दुम्लिङका कक्षा ०३ मा अध्ययन गर्ने ०९ वर्षीय बालक पवन महराको मृत्यु भएको छ र केही मानिस घाइते भएका छन । यस घटनाले फेरि भारतीय साम्राज्यवादको असलि चरित्र उदाङ्गो भएको छ । हाम्रो संगठन यस घटनाको कडा निन्दा र भत्सर्ना गर्दछ ।’
त्य...