११ श्रावण २०८१, शनिबार

जाजरकोटमा एसईइ तयारी पूरा : ४ हजार ६ सय ५६ बिद्यार्थी सहभागी हुँदै

जाजरकोट । माद्यामिक शिक्षा परीक्षा (एसईई ) मा जाजरकोट बाट चार हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला भित्रका ७४ माद्यामिक विद्यालयका चार हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले जानकारी दिए ।

उनका अनुसार नियमित तर्फ सामुदायिक विद्यालयका ४ हजार ५ सय ५३ रहेका छन् । जसमा २ हजार २२३ जना छात्र छन् भने २ हजार ३ सय ३० जना छात्रा रहेका छन् । प्राविधिक धारतर्फ २४ छात्र र ३५ छात्रा गरी जम्मा ५९ जना एसइइमा सहभागी हुनेछन् ।

यस्तै ग्रेडवृद्धि तर्फ १७ जना छात्र र २६ जना छात्रा गरी ४५ जना सहभागी हुनेछन् । प्राविधिक तर्फ एक जना विद्यार्थी सहभागी हुने छन् । भेरी नगरपालिका भित्रका ८ सय ५ विद्यार्थी सहभागी हुने प्रमुख मल्लले बताए । यस्तै, नलगाड ६६२, छेगाडाड ९९५, बारेकोट ५३७, कुशे ६८९,जुनीचाँदे ५७९ र शिवालय गाउँपालिका बाट ३८९ जना विद्यार्थी सहभागी हुने प्रमुख मल्लले बताए । आगामी चैत्र १७ गते देखि सुरु हुने एसईई परीक्षामा केन्द्राध्यक्ष २०, सहायक केन्द्राध्यक्ष ३१, निरीषक २३३ र सुरक्षा ३०० जना कर्मचारी खटिनेछन् ।