८ माघ २०८१, मंगलवार

शिक्षा

प्राथमिक तह स्थायी शिक्षकका लागि  विज्ञापन खुल्यो  कुन जिल्लामा कति हेर्नुहोस

प्राथमिक तह स्थायी शिक्षकका लागि विज्ञापन खुल्यो कुन जिल्लामा कति हेर्नुहोस

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज प्राथमिक तहको शिक्षकमा विज्ञापन खुलाएको हो । सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो । काेशी प्रदेशमा १३५५, मधेस प्रदेशमा १११७, बागमती प्रदेशमा १३४१, गण्डकी प्रदेशमा ८६१,लुम्बिनी प्रदेशमा ५३८, कर्णाली प्रदेशमा ४७२, र सुदुरपश्चिम प्रदेशमा ४२९ गरि जम्मा ६ हजार १३ जना स्थायी शिक्षक माग गरेकाे हाे । न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ । बिज्ञापन कुन जिल्लामा कति हेर्नुहाेस : ...
पुर्ण सिंह द्वारा लिखित वैज्ञानिक समाजवादका आधारहरु नामक पुस्तक सार्वजनिक

पुर्ण सिंह द्वारा लिखित वैज्ञानिक समाजवादका आधारहरु नामक पुस्तक सार्वजनिक

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौँ । लेखक पूर्णबहादुर सिंहको पुस्तक ‘वैज्ञानिक समाजवादका आधारहरू’ सार्वजनिक भएको छ । मङ्गलबार काठमाडौँमा नेपाल-काेरिया पत्रकार मन्चले वैज्ञानिक समाजवादकाे अपरिहार्यता बिषयीक आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रम काे अध्यक्ष ता मन्चका अध्यक्ष अशाेक प्रसाद सुवेदी र संचालन मन्चकि उपाध्यक्ष अम्बीका चन्द ( ओेलि) ले गरेकि थिईन । पुस्तक सार्वजनिकरण कार्यक्रममा बक्ताहरुले वैज्ञानिक समाजवाद नै उत्तम व्यवस्था भएको धारणा राखेका थिए । कार्यक्रममा प्रस्तुत कार्यपत्रको व्याख्या गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादन सम्बन्धअनुरूपको सामाजिक सम्बन्धको अन्त्य मानिसको चेतनामा निरन्तर क्रान्तीकरणका लागि स्थापित राज्यसत्ता सञ्चालन गर्न सङ्घर्षरत रहने भन्दै वैज्ञानिक समाजवादमा बुर्जुवा वर्गीय अधिनायकत्वको अन्त्य गर्ने साम्यवादका लागि सङ्क्रमण...
वैज्ञानिक समाजवाद अपरिहार्यता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

वैज्ञानिक समाजवाद अपरिहार्यता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं । नेपाल -काेरिया लेखक पत्रकार मन्चकाे आयाेजनाका मंगलबार  काठमाडौंको वागबजार स्थित हाेटेल हार्दिककाे सभाहलमा वैज्ञानिक समाजवादकाे अपरिहार्यता विषयक बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भयकाे् हाे ।  कार्यक्रममा नेकपा बहुमत का केन्द्रीय सचिवालय सदस्य तथा अखिलक्रान्तिकारीका पुर्व अध्यक्ष पुर्ण बहादुर सिंह ( समरजंग )द्वारा लिखित बैज्ञानिक समाजवादका आधार हरु नामक  बिचारमुलक  पुस्तक बिमाेचन भयकाे थियाे भने मन्चका सदस्य मुक्ति गैरेलाई सम्मान सहित प्रमाणपत्र हस्तान्तरण  गरियकाे थियाे । का्र्यक्रममा अतिथिका रुपमा नेपाल कम्युनिस्ट पार्टी बहुमत का संयाेजक धर्मेन्द्र बास्तोला (कन्चन) ,नेकपा क्रान्तिकारी माओवादीका स्थायि कमिटि सदस्य  सिपि गजुरेल (गाैरव) , नेकपा बहुमत का प्रबक्ता हेमन्त प्रकाश ओली , (सुदर्शन) , वामपंथि नेता श्याम श्रेष्ठ , राजनैनिक बिश्लेषक पा. डा सुरेन्द्र केसी , नेकपा बहुमत ...
अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा २५ ओै साँस्कृतिक प्रतिरोध दिवस समपन्न

अखिल नेपाल जनसाँस्कृतिक महासंघद्वारा २५ ओै साँस्कृतिक प्रतिरोध दिवस समपन्न

Breaking News, कविता, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं । नेकपा बहुमत निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले आइतबार काठमाडौँकाे  संवाद डबलीमा २५ औँ सांस्कृतिक प्रतिरोध दिवसका मनायकाे छ। महासंघले २०५५ साल चैत ५ गते काभ्रेपलान्चोक जिल्लाकाे अनेकाेटमा तत्कालीन राज्य पक्षवाट  प्रगतिशील र क्रान्तिकारी सात जना जनकलाकारहरुकाे सामुहिक हत्या काे स्मृतिमा प्रतिरोध दिवश मनाउदै आईरहेकाे छ  । २०३८ सालमा पारिजात काे नेतृत्वमा स्थापना भयकाे जन साँस्कृतिक महासंघ २०४८ सालमा कृष्ण सेन ई्च्छुकले नेतृत्व समाले पछि महासंघ क्रियाशिल हुँदै विभिन्न उत्तारचढापकाे बिचवाट आज ४१ ओैँ वर्षमा आईपुगेकाे र  हाल सम्मा महान साँस्कृतिक याेद्दा कृष्णसेन इच्छुक ,हष्त बहादुर शाहि , च्याङवा लामा , चुनु गुरुङ , जयन्ता घर्ती रमा  लगायत १सय ७० जना भन्दा बढि साँस्कृतिक कर्मिहरुले  बलिदान गर्नुभयकाे र उहाहरुकाे स्मृतिमा उहाहरुका सपनाहरूकाे सिढि निर्माणका लाग...
भेरि ज्ञानाेदय क्याम्पस जाजरकोटमा नेविसंघका  प्रकाश सिंह विजयी

भेरि ज्ञानाेदय क्याम्पस जाजरकोटमा नेविसंघका प्रकाश सिंह विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । मध्यपश्चिम विश्वविद्यालय अन्तरगत आंगिक क्याम्पसका रुपमा सदरमुकाम खलंगामा रहेको जाजरकोटकाे पहिलाे क्याम्पस भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा  नेपाल बिद्यार्थी संघका प्रकाश सिंह विजयी भयका छन ।आईतबार भएको निर्वाचनमा सिंहले ११० मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका छविराज सिंहले ८० मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूका प्रेम विश्वकर्माले ४० मत प्राप्त गरेका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका भुपेन्द्र नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अनेरास्ववियूका मालबहादुर सिंहले ६१ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका पुष्पराज वलीले ५१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका अखिल क्रान्तिकारीका विनोद राज गोसाई निर्वाचित भएका छन् । उनले १२९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रतिमा खत्री...
त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ

त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
५ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो । केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन । मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् । त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ । विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो/ढिलो हुनसक्ने त्रिविले जनाएको ...
चैत ५ प्रतिरोध अर्थात, आक्राेश र प्रतिबद्धताको दिन

चैत ५ प्रतिरोध अर्थात, आक्राेश र प्रतिबद्धताको दिन

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
२०५५ साल चैत ५ गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित चिनीमाया तामाङ, गुम्बासिं तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ, निर्मला देवकोटा र मञ्जु कुँवर मादल, बाँसुरी, हार्मोनियम बोकेर काभ्रेपलान्चोक जिल्लाको अनेकोटमा पुगे । उनीहरू अनेकोटकै एक घरमा बसे । भोक, थकाइ र अनिंद्राका बिच पनि उनीहरूले त्यहाँ गरिबी, उत्पीडन र उन्मुक्तिको गीत गाए । गीत टुङ्ग्याउन नपाउँदै एमालेको सुराकीमा गएका प्रहरीहरूले जनताका कलाकार बसेको घरलाई घेरा हालेर अन्धाधुन्द गोली बर्साउन थाले । ताकेरै जनताका कलाकारको छाती फोडियो । रगतको भेल बग्यो । जनकलाकारका मादल फुटाइयो, बाँसुरी भाँचियो, गितारका तारहरू छिनालियो अनि घरमा आगो लगाइयो । जनताका कलाकारहरूले फासिस्ट सत्ता र तिनका मतियारका विरुद्ध यथासक्दो प्रतिरोध पनि गरिरहे । रक्तमुछेल जनकलाकारहरू दन्कँदो आगोका लप्काका बिच पनि महान् जनयुद्ध जिन्दाव...
जिउदा मान्छे पनि राष्ट्रिय सहिद घाेषणा

जिउदा मान्छे पनि राष्ट्रिय सहिद घाेषणा

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं  । सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय गरेको थियो । फागुन २९ गते प्रकाशित राजपत्रमा जिउँदा व्यक्ति मटेलीलाई पनि शहीदको सूचीमा राखिएको छ । डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ। मटेली २०५९ साल वैशाख १९ गते बर्छैनको छेडामा तत्कालीन शाही नेपाली सेनाले गरेको आक्रमणमा परी घाइते भएका थिए । उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो । उनी भन्छन् ‘मलाई मर्‍यो भनेरै छोडेका हुन...
चार कम्युनिस्ट पार्टीकोआयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चार कम्युनिस्ट पार्टीकोआयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत),माेहन वैद्य नेतृत्वको  नेकपा (क्रान्तिकारी माओवादी),राम नारायण पाल नेतृत्वको  माओवादी कम्युनिस्ट पार्टी नेपाल र गाेपाल किराँती नेतृत्वको  नेकपा (माओवादी)ले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया गरेका हुन । शनिवार काठमाडौं काे अनामनगर स्थित संवाद डब्बलीमा संचालित कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य सि पि गजुरेल , नेकपा बहुमतका संयोजक  धर्मेन्द्र बास्ताेला ,नेकपा ( माओवादी )का अध्यक्ष गाेपाल पाेखरेल, माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पाल ले मन्तब्य राख्दै शान्ति प्रक्रिया लाई निष्कर्षमा पुर्‍याउनका लागि न्याय ब्यवस्थापन का लागी सबै पुर्व माओवादीहरु एक हुनु पर्ने र याे दलाल ब्यवस्थाले जसरि सत्यनिरूपण तथा मेलमिलाप आयाेगलाई दुरुपयोग गरेर फेरि द्वन्द्व निम्त्याउन खा...
कर्णालीमा स्व वि यु चुनाव स्थगित

कर्णालीमा स्व वि यु चुनाव स्थगित

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
सुर्खेत । कर्णाली प्रदेश सुर्खेतमा रहेकाे मध्यपश्चिम विश्व विद्यालय रजिस्ट्रार काे कार्यलयले त्यस अन्तर्गतका केन्द्रीय विभाग ,स्कुल तथा सम्पुर्ण आंगिक क्याम्पसहरुकाे चैत ३ गते हुने भनियकाे  स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव स्थगित गरेकाे छ । बिहिवार निर्वाचन समितिकाे बैंठक बसि निर्वाचनका लागि सहज वातावरण नभयकाले स्थगित गरियकाे जनाएको हाे । सम्पुर्ण संघ संगठनहरुकाे आवश्यक छलफल एवम् परामर्श गरि उपयुक्त समयमा निर्वाचनको मिति तय गरि स्व वि यु निर्वाचन गर्ने बताईयकाे छ ।  सुचना हेर्नुहाेस : ...