११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी युवा संगठन नेपालले जि.प्र.का.बाँके समक्ष सात बुदे माग पत्र पेस गरेकाे छ

नेपालगन्ज /बाँके। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काे सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले बांके जिल्ला प्रशासन कार्यलयसमक्ष सात बुँदे माग पत्र पेश गरेकाे छ ।

आईतवार संगठन का बाँके जिल्ला संयोजक राजु चाैधरी द्वारा हस्ताक्षरित माग पत्रमा भनियकाे छ “देश यतिबेला समस्या हरुको चाङ मा फसेको छ। अर्थतन्त्र को भविस्य माथी कालो बादल मडारिरहेको छ। देश विकास को मेरुदण्ड युवा शक्ति लाखौं को संख्यामा विदेश मा छ र विदेश पलायन हुनेको संख्या पनि डरलाग्दो गरि बढिरहेको छ।भ्रष्टाचार,कमिसन,ठगी,बलात्कार,हत्या,हिंसाजस्ता अपराधहरु दिनप्रतिदिन बढदैगैरहेका छन। शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम ठगिबढीरहेको छ।महँगी को मारले निम्न आए भएका जन्ता बाँच्नै नसक्ने परिस्थितिमा पुगेका छन।असमान सन्धि सम्झौता ले राष्ट्रको भबिस्य र राष्ट्रियता गम्भीर संकट मा छ।

यो गम्भीर परिस्थितिमा बिच नजिकिदै गरेको दशै तिहार को अवसर पारेर हुने तमाम खाले अपराध हरुलाई नियन्त्रण गर्न यो मागपत्र मार्फत ध्यानाकर्षण गराउँदछौं।

१) जनताले भारत बाट श्रम गरि ल्याएका नेपाल राष्ट्रबैंक ले बन्द नगरेका नोटहरू को बारेमा माफिया तथा बिचौलियाहरुले भ्रम सिर्जना गरि भारतीय नोट ५०० को ६०० र बढिमा ६५० मा मा साट्ने गरेको ले बजार अनुगमन गरि यस्तो कार्य गर्ने जोकसैलाई कार्वाही गरियोस् ।

२) चाड पर्वमा लामो दुरिका गाडीहरू ले क्षेमता भन्दा बढी मान्छे हालेर हुने दुर्घटना रोक्न सबंधित निकायहरू लाई सिट क्षेमता अनुसार यात्रु पठाउने व्यवस्था लाई कडाई का साथ लागू गर्न समयमै सार्वजनिक रूपमा निर्देशन गरियोस । र निर्देशन कार्यान्वयन भएनभएको बारे दैनिक अनुगमन गरि नियम विपरीत चलेको भए आवश्यक कार्वाही गरियोस।संगसंगै मनपरि भाडा असुलने यातायात व्यवसायी लाई कार्वाही गरियोस।

३) चाड पर्व लाई मध्यनजर गरि खाद्यय तथा अखाध्य बस्तुको किर्तिम कालोबजारी गरि उपभोक्ता लाई ठगी गर्ने गरेको ले उक्तकुराको बजार अनुगमन गरि यस्तो कार्य गर्ने बिचौलियालाई हदैसम्म को कार्वाही गरियोस।

४) चाड पर्वको बेला जाँड,रक्सी, जुवा,तासा लागू औसध को ओसारपसार तथा प्रयो गरि हत्या, हिंसा ,चोरी, डकैती, बलात्कार जस्ता जघन्य अपराध हुनेगरेकोले यिकुराहरु हुन नदिन समयमै आवश्यक सुरक्षा प्रवन्ध को व्यवस्था गरियोस।

५ ) देह व्यापार निकै मौलाएको हुदा अनुगमन गरि उक्त व्यापार गर्ने र गराउनेलाई कडा कार्वाही गरियोस।

६) बिदा को दिनहरुमा सरकारी सवारी साधनको चरम दुरुपयोग हुने गरेको ले उक्त दुरुपयोग हुनबाट रोक्न तत्काल आवश्यक कदम चालियोस।

७) लगुवित र सहकारी हरुले बचत कर्ता को बचत पैसा फिर्ता गर्न विभिन्न बहाना मा आनाकानी गर्ने र सेवाग्राही लाई मानसिक टचर दिने गरेको तीब्र जनगुणासो आएको ले यस्तो कार्य नगर्न निर्देशन गरियोस।

माग पत्र यस्तो छ :