
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालीका २९ बुद्धे तत्कालीन संघर्षका कार्यक्रमहरु यस्ता छन
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकासित सम्बन्धित मुद्दाहरुलाई विशिष्टकृत एवम् मूर्तिकृत गरेर कार्यनीतिका श्रृङ्खला तयार गरिने गरी तात्कालिक कार्यक्रमको रुपमा निम्नअनुसारका मुद्दाहरुलाई उठाएको छ ।
१) सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, सन् १९४७ को बेलायत–नेपाल–भारत बीचको गोर्खा सैनिक बाँडफाँड सम्बन्धी सन्धि लगायत सबै असमान सन्धि सम्झौता तथा सहमति खारेज गर ।,
२) चीन–भारत बीच गरिएको लिपुलेक सम्झौता खारेज गर ।,
३) लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता महेशपुर, छपकैया सहित भारतीय शाषकवर्गद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता गर । सीमा अतिक्रमण बन्द गर । दुई देशीय सीमा नियमन गर ।,
४) नेपाल–अमेरिका बीचको एमसीसी सम्झौता खारेज गर । त्यसैक्रममा गर्न खोजिएको एसपीपी सम्झौता बन्द गर ।,
५) साम्राज्यवाद÷विस्तारवाद सहित समस्त प्रतिक्रियावा...