११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

ललितपुर ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, केन्द्रीय कमिटी काे दाेश्राे पुर्ण  बैंठकका निर्णय सार्वजनिकरण गर्न पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयकाे छ ।

असोज १६ देखि २१ गतेसम्म बसेको केन्द्रीय समितिको बैंठकका निर्णय सार्वजनिक गर्न बुधबार ललितपुरकाे कोपुन्डोल पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ कार्यालय सदस्य गौरवले पत्रकारको प्रश्नको जबाफ दिँदै भने, ‘राष्ट्रिय राजनीतिक सम्मेलन चुनावभन्दा ठीक उल्टो बाटो हो । सांसदबादिहरुले गर्ने चुनावको बाटो गोलचक्करको बाटो हो । राष्ट्रिय राजनीतिक सम्मेलनले प्राप्त उपलब्धिको रक्षा पनि गर्छ र नयाँ प्राप्ति गर्ने जनसंविधान निर्माण गर्दै जनगणतन्त्र स्थापना गर्छ ।’ गाैरवले बताय ।

सङ्कटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी क्रान्तिकारी सरकार र जनसंविधान निर्माणको तात्कालिक राजनीतिक कार्यनीति अघि सारेको छ ।

प्रेस विज्ञप्ति वाचन गर्दै पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला “कञ्चन”ले वर्तमान दलाल पुँजीवादी व्यवस्थाले बेथिति, महँगी, भ्रष्टाचार, राष्ट्रघात लादेको बताए । जनताले यो दलाल सत्ता र सरकारको विकल्प खोजेकाले देशभक्त, जनवादी र क्रान्तिकारीहरूको राष्ट्रिय संयुक्त सरकार आवश्यक परेको नेता कञ्चनको भनाइ थियो ।

सरकारले पेट्रोलियम पदार्थमा मात्रै असी प्रतिशत मुनाफा गरेको, ३५ भन्दा बढी राजबन्दीहरू अझै अन्यायपूर्वक जेलमै रहेको, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू झनै विकराल बन्दै गएको र यो दलाल पुँजीवादी सत्ता र सरकारले समस्या समाधान गर्ने लक्षण नदेखिएकाले देशभक्त, जनवादी, क्रान्तिकारीहरूको संयुक्त सरकार आवश्यक रहेको प्रवक्ता कञ्चनले बताए ।

प्रवक्ता कञ्चनद्वारा प्रस्तुत विज्ञप्तिमा भनिएको छ, ‘सङ्कटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्तवर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधानको निर्माण हाम्रो तात्कालिक राजनीतिक कार्यनीति हुनेछ । देशभक्त, क्रान्तिकारी, जनवादी तथा वामपन्थी शक्तिहरूलाई गोलबन्द गरी राष्ट्रिय राजनीतिक सम्मेलन गरिनेछ । सो सम्मेलनद्वारा निर्मित क्रान्तिकारी संयुक्त मोर्चामार्फत गरिने प्रभावकारी जुझारु जनसङ्घर्ष र प्रतिरोध सङ्घर्षका बीचबाट देशभक्त, क्रान्तिकारी, जनवादी तथा वामपन्थीहरूको. अस्थायी संयुक्त सरकार गठन गरिनेछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस सरकारले सङ्घर्षका उपलब्धिको रक्षासहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा आधारित तात्कालिक कार्यक्रमको कार्यान्वयन गर्नेछ र पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवादविरोधी अन्तर्वस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्नेछ । यो समग्र प्रक्रियामा सङ्गठन र सङ्घर्षका गतिविधिमा श्रेष्ठता हासिल गरी नेतृत्व लिनका लागि अथक परिश्रम गर्नु पर्नेछ । यसप्रकारको कार्यनीति एकातिर आमजनताका तात्कालिक हक, हित तथा अधिकारको प्राप्ति र अर्कोतिर सङ्घीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्नेछ ।’

कार्यक्रम मा पार्टीका केन्द्रीय कार्यलय सदस्य, सचिवालय सदस्य, केन्द्रीय सदस्यहरु र जबस माेर्चाका नेता कार्यक्रता र पत्रकार हरुकाे सहभागी रहेकाे थियाे ।

प्रेस बिज्ञप्ति :