२३ भाद्र २०८१, आईतवार

राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्छ : जनार्दन शर्मा “प्रभाकर”

काठमाडौं ।नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा “प्रभाकर”ले  राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्ने बताय ।

बुधबार नेकपा(माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दशैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले आगामी चुनाव मा कसैसँग गठबन्धन नगर्ने बताए ।

‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन। हामी एक्लै लड्छौँ। एक्लै प्रतिस्पर्धा गर्छौ र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ। कसैसँग मिल्दैनौँ। यो प्रतिवद्धता हो। संकल्प हो। यो कुरालाई म स्पष्ट गर्न चाहन्छु,’ उनले भने।उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए।

राष्ट्रिय सहमति गरेर जानुपर्छ। यदि राष्ट्रिय सहमती गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्ने? कति महिना चल्ने? भन्ने प्रश्न। दुई वर्ष एउटालाई भाग। एक वर्ष एउटालाई भाग, दुई वर्ष अर्कालाई भाग,’ शर्माले भने, ‘भाग लाउँदा लाउँदै सरकारको पनि गति नआउने। प्रतिपक्ष र सत्तापक्षले एकले अर्कोलाई सत्तोसराप गाली गर्ने। एकले अर्कालाई दमन गर्ने, एकले अर्कालाई गालि गर्ने कुरा भएको छ। यो कुराको अन्त्य गरेर राष्ट्रिय सहमतिका आधारमा मन्त्रिमण्डल बनाउने। राष्ट्रिय सहमतिमा मन्त्रिमण्डल बनाएर सबै पार्टीलाई समेट्ने। सबै पार्टीहरूलाई समेटेर सरकारमा रहेका मन्त्रीहरूको बीचमा प्रतिस्पर्धा। भ्रष्टाचारका बिरुद्धमा को अब्बल हुने भन्ने प्रतिस्पर्धा। रोजगारी सृष्टि गर्नेमा सबभन्दा अघि को बन्ने भन्ने प्रतिस्पर्धा। उत्पादन वृद्धिमा को अगाडी बढ्ने भन्ने प्रतिस्पर्धा।’दलहरूका बिचमा आपसी गालिगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्ने बताए। सहमतिको सरकार बनाउन सकेमा मात्रै ठूलो परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उनको भनाई छ।