कृष्णसेन इच्छुक स्मृति दिवश, आज विभिन्न कार्यक्रम गरि मनाईदै
काठमाडौं ।जनयुद्धका महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरीआज मनाइने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँग सम्बन्धित सञ्चार र संस्कृतिसँग सम्बन्धित सङ्गठनहरूको काठमाडौँमा बुधबार बसेको बैठकले जेठ १३ गते बिहान काठमाडौँ शान्तिवाटिकाबाट प्रभातफेरी सुरु गरी इच्छुकको हत्या भएको स्थल महेन्द्र पुलिस क्लबअघि कोणसभा र कविगोष्ठी आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी पत्रकार महासङ्घको संयुक्त आयोजनामा प्रभातफेरी, कोणसभा र कविगोष्ठी गर्ने निर्णय गरेको जनाइएको छ । प्रभातफेरी र गोष्ठीमा नेपाल पत्रकार महासङ्घ, सञ्चारसँग सम्बन्धित माओवादी धाराका विभिन्न सङ्गठन, सञ्चारकर्मी, संस्कृतिकर्मी, स्रष्टा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जवस, मोर्चा र पार्टी नेता...