१७ कार्तिक २०८२, सोमबार

विगन्यूज

आन्दोलन हुन्छ, क्रान्ति हुन्छ , सत्ता ल्यायरै छाेड्छाै : माेहन वैद्य (किरण)

आन्दोलन हुन्छ, क्रान्ति हुन्छ , सत्ता ल्यायरै छाेड्छाै : माेहन वैद्य (किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं ।२९ औं विश्व आदिवासी दिवसको अवसरमा बुधबार अखिल नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति संघर्ष गर्दै आएको बताय, । आदिवासी जनजाति, मधेसी, महिला, दलित मुस्लिम, थारु, मजदुर, किसान लगायत सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति संघर्ष गर्ने पार्टी नै क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको स्पष्ट पारेका थिय । वैद्यले भने, “आन्दोलन हुन्छ, क्रान्ति हुन्छ, सत्ता ल्याएरै छाडिन्छ ।” “यो कथित संविधानलाई वास्तविक जनताहरु मजदुर किसान, आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, थारु कसैले पनि स्वीकारेको छैन । सम्पूर्ण उत्पीडित आदिवासी जनजातिहरुसँग एकताबद्ध भएर संघर्ष अगाडि बढाइन्छ । अब जनगणतन्त...
अखिल क्रान्तिकारीकाे एकताको भेला सम्पन्न

अखिल क्रान्तिकारीकाे एकताको भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु(क्रान्तिकारी)काे केन्द्रीय एकताको भेला सम्पन्न भयकाे छ । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टी बिच पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनी सकेपछि उक्त पार्टीको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले पहिलाे केन्द्रीय भेलाकाे आयाेजना गरि सम्पन्न गरेकाे हाे । साेमबहार काठमाडौंको घट्टेकुलाेमा रहेकाे कृष्णसेन इच्छुक प्रतिष्ठानको सभाहलमा भयकाे कार्यक्रममा पार्टीका केन्द्रीय कार्यलय सदस्य सिपि गजुरेल , हेमन्त प्रकाश ओली , उदय चलाउने दिपक,संगठनका पुर्व अध्यक्ष सरद रसाइली ,पुर्ण बहादुर सिंह र संगठनका ईन्चार्ज हरिकृष्ण गजुरेलकाे बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भयकाे थियाे । संगठनका संयाेजक मिलन राईको अध्यक्षतामा भयकाे भेलाकाे सं...
क्रान्तिकारी कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश कमिटीको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, कर्णाली प्रदेश कमिटीको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे कर्णाली प्रदेश, एकता अधिवेशन सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला "कञ्चन"को प्रमुख आतिथ्यता र पार्टीका कार्यालय सदस्य राजवीर र दिपकको विशेष आतिथ्यतामा पार्टी कर्णाली प्रदेशले आयोजना गरेको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । मंगलबार सम्पन्न कार्यक्रमकाे अध्यक्षता प्रदेशका पार्टी संयोजक पल बहादुर रावतले गरेका थिय, भने सञ्चालन पार्टीका प्रदेश सहसंयोजक दीपकबहादुर शाहीले गरेका थिय।  प्रदेश सहसंयोजक प्रेम चलाउने ‘अनन्त’ ले पार्टीका दस्तावेज र केन्द्रीय सर्कुलर प्रस्तुत गरेका थियो । कार्यक्रममा प्रमुख अतिथि कञ्चन, विशेष अतिथि राजवीर, अतिथिहरु कार्यालय सदस्य दिपक, पार्टीका केन्द्रीय सचिवालय सदस्य चक्रपाणि शर्मा लगायतका नेताहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय प...
थाहा छ कि ? छैन: “कविता “

थाहा छ कि ? छैन: “कविता “

Breaking News, कविता, विगन्यूज, विचार, शिक्षा
थाहा छ कि ? छैन ! छिमेकीले सिमाना सारिरहेपछि, कुबचन, दुब्र्यबहारमा पारिरहेपछि, बिनाकारण मुद्दा गरिरहेपछी, बिनाकारण तारिख धाउनु परिरहेपछि, के सोच्ला जवानले, के गर्ला जवानले, थाहा छ कि ?छैन !, नलिएको ऋण तिर्नुपरेपछी, समाजको अगाडि बेईज्जत भै गिर्नुपरेपछी, बाबुको अपहरण गरेपछि, आमाको चिरहरण गरेपछि के सोच्ला जवानले? के गर्ला जवानले? थाहा छ कि? छैन !, आफ्नो घर भत्काई दिएपछि, बारीमा आगो लगाई दिएपछि, खसी बाख्रा बलजफ्ति लिएपछि, बन्दुकको कुन्दाले छातिमा दिएपछि, के सोच्ला जवानले, के गर्ला जवानले, थाहा छ कि ? छैन ! मलामी गएका दाजुभाई मारिएपछि, जंगल गयका दिदिबहिनी बेपत्ता पारियपछि, पढ्न गयकि छोरी बलात्कार भएपछि, बेहुली ‌ल्याऊन गएको छोरामाथि अत्याचार भएपछि, के सोच्ला जवानले, के गर्ला जवानले, थाहा छ कि ?छैन ! आफु मालिक अरुलाई दास बनायपछि, पराई फेल आफ्नालाई पास...
“पोलिटिक्स इज डर्टी गेम”

“पोलिटिक्स इज डर्टी गेम”

राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, समाचार
ड्याडी आज मलाई स्विमिङ कस्ट्युम चाहियो–चाहियो । कस्ट्युम नभए म स्कुल जाँदिनँ । सर–म्यामहरूले गाली गर्नुहन्छ, साथीहरूले जिस्क्याउँछन् ।’ ‘ममीलाई भन न ।’ मेरो जबाफलाई प्रतिकार गर्दै छोराले भन्यो, ‘ममीले तपाईंलाई भन भन्नुहुन्छ । तपाईं ममीलाई भन भन्नुहुन्छ । जसले ल्याइदिए पनि मलाई कस्ट्युम चाहियो । आजै चाहियो, अहिल्यै चाहियो ।’ त्यही बीचमा नजिकैको कोठाबाट आवाज आयो– ‘मैले तपाईंलाई कतिपटक भनिसके, यसपटकको शुक्रवार छोरालाई पौडी खेल्ने बेला लगाउने कपडा अनिवार्य चाहिन्छ भनेर ? कसलाई चाहिया हो, कसले किन्नुपर्ने हो ? आफैँ–आफैँले विचार गर । मलाई कसैले तनाव नदेउ।’ मैले छोराको अनुहारतिर हेरे। जबाफको प्रतीक्षामा ऊ मलाई नै हेरिरहेको थियो । अब जबाफ के दिने हो ? म अकर्मण्य र निरुत्तर भावमा अलमलिएको देखेर उसले नै मौनतालाई तोडेर भन्यो– ‘ड्याडी, तपाईंले राजनीति गर्छु भन्नुभा’ होइन र ? अनि तपाईंले गरेको ...
दर्शन भनेकाे के हाे : माेहन वैद्य (किरण)

दर्शन भनेकाे के हाे : माेहन वैद्य (किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार
सामान्य परिचय : दर्शन भनेको मानिसको भित्री आँखा हो । यसै आँखाका भरमा उसले हरेक बस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र त्यसैअनुसार आफ्नो जीवनको बाटो ठम्याउँने गर्दछ । वर्ग–समाजमा दर्शन पनि वर्गिय हुन्छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको आफ्नै आँखा र आफ्नै मुक्तिको दर्शन हो । यसले संसारभरका श्रमजीबीहरुको पक्षमा बोल्दछ र उनीहरुको भलो गर्दछ । द्वन्द्वावाद र भौतिकवादको मिलनबाट द्वन्द्वात्मक भौतिकबाद बन्दछ । १.द्वन्द्ववाद के हो ? कुनै पनि वस्तुको अस्तित्व त्यसमा निहित नयाँ र पुरानो, जीवनशील र मरणशील दुई बिरोधी पक्षबीचको लडाईमा आधारित हुन्छ र यसै लडाइबाट नयाँ बस्तु जन्मन्छ । वस्तुमा रहेको यसै लडाइ अर्थात् गति वा अन्तर्विरोधको अध्ययन गर्ने पद्वतिको नाम द्वन्द्ववाद हो । द्वन्द्ववाद र भौतिकवाद दुवै पहिलेदेखि नै बेग्ला बेग्लै रुपमा विकसित हुदै आएका थिए । द्वन्द्ववाद, आदर्शवाद र भौतिकवाद अध...
कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

कर्णालीमा ३३ अर्ब,३७ कराेड, ९७ लाख,७ हजार बजेट पेस

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत ।कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री  वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ ।पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४र३८ प्रशितत विनियोजन गरिएको छ । बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ भने चालु आबमा ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभई बचत हुने अनुमान छ । संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ८ अर्ब ८४ करोड ३ लाख, वित्तिय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख परिचालन गरिने आर्थिक मामिलामन...
चुनवाँङबाट समिक्षा सुरु गराै : उदय बहादुर चलाउने (दिपक)

चुनवाँङबाट समिक्षा सुरु गराै : उदय बहादुर चलाउने (दिपक)

राजनीति, विगन्यूज, विचार
पृष्ठभूमि : - सैनिक नियमअनुसार कुनै पनि टुकडीले आफ्नो गन्तव्यका क्रममा बाटो हरायो भने ऊ जुन चौबाटो, दोबाटो वा बिन्दुबाट हराएको हो त्यहाँ फर्कनुपर्दछ । हाम्रो महान् जनयुद्धको यात्रा आज बाटो बिराएको सैनिक टुकडी भएको छ । तारेभीरमा फसेजस्तै भएको छ माओवादी पार्टी विभाजनका करिब आधा दर्जन चिरामा छिन्नभिन्न भइसकेको छ । अझै संवेदनशील कुरा के भने माओवादी आन्दोलन व्यक्ति-व्यक्तिमा विभाजित हुँदैछ । जनता, सहिद परिवार, घाइते अपाङ्ग योद्धाहरू र पार्टीका बीचमा अन्तरविरोध छ । कार्यकर्ता र नेतृत्वबीच अन्तरविरोध छ । नेता र नीतिबीच अन्तरबिरोध छ । माओवादी आन्दोलन एजेन्डाविहीन हुँदैछ । यो जटिलताबाट गुजनुपर्दा इमानदार कार्यकर्ताहरु क्रमशः पार्टी र आन्दोलनबाटै पलायन भइरहेका छन् । क्रान्तिकारी प्रवृत्ति र पङ्क्ति एकपछि अर्को कमजोर बन्दै गइरहेको छ । त्यसको दुष्परिणाम के भएको छ भने आन्दोलनभित्र विभिन्नखाले गलत...
इच्छुकलाई हत्या गरेकै ठाउमा काेण सभा सम्पन्न

इच्छुकलाई हत्या गरेकै ठाउमा काेण सभा सम्पन्न

Breaking News, कविता, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।प्रगतिवादी साहित्यकार तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को सम्झनामा आज देशभर विविध कार्यक्रम गरि उनको सम्झाना गरिएको छ । आजभन्दा २२ वर्षअघि तत्कालिन शाही सरकारले उनलाई माओवादी जनयुद्धलाई सहयोग गरेको आरोपमा गिरफ्तार गरि हत्या गरेको थियो । यसैबीच मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुको आयोजनामा गरिएको कार्यक्रममा सहभागीहरुले सेनलाई स्मरण गरे । सेनको सम्झनामा आयोजित कार्यक्रम शान्तिबाटीकाबाट सुरु भएको प्रभातफेरी र्याली बागबजार, पुतलीसडहुँदै महेन्द्र पुलिस क्लब अगाडि गएर कोणसभामा परिणत भएको थियो । महेन्द्र प्रहरी क्लबमा नै सेनलाई कुटिकुटी हत्या गरिएको समाचार जनआस्था साप्ताहिकले प्रकाशन गरेको थियो । त्यसकारण महेन्द्र प्रहरी क्लब अगाडि नै कोणसभाको आयोजना गरिएको हो ।ईच्छुकका हत्यारालाई कार्वाही गर , प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा जुलुस सहित सबै...
फरार भनियका पुर्व मन्त्री रायमाझी पुगे काठमाडौं

फरार भनियका पुर्व मन्त्री रायमाझी पुगे काठमाडौं

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौं ।अमेरिका लैजाने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी काठमाडौं आईपुगेकाे बताएको छ। उनी हिजै काठमाडौं आईपुगेको उच्च स्रोतको दाबी छ । तर, उनी हिजो र आज सार्वजनिक विदा भएको कारण काठमाडौंमा आई लुकेर बसेका छन् । यसअघि उनले हिजो आफू काठमाडौं आउँदै गरेको जानकारी गराएका थिए । तर, भैरहवाबाट उनी एकाएक गायब भएको समाचार आएका थिए । उनले काठमाडौं आउनुपुर्व प्रहरी प्रमुख वसन्त कुँवरसँग सम्पर्क गरेको बताईएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर चासो राखेका थिए । यो प्रकरणमा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । प्रहरीले हिजो नै सन्दीपविरुद्ध तीन दिनको समय अदालतबाट लिएर अनुसन्धान थालेको छ।   ...