११ बैशाख २०८३, शुक्रबार

राजनीति

भाषण गर्दैमा  लिम्पियाधुरा ल्याउन सकिँदैन : प्रधानमन्त्री देउवा

भाषण गर्दैमा लिम्पियाधुरा ल्याउन सकिँदैन : प्रधानमन्त्री देउवा

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
१९ कार्तिक, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन् ।  प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । शनिबार  डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको  हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’ कांगेस सभापति समेत रहेका देउवाले ओलीले दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा नआउने बताए । उनले भने– ‘दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाड...
जाजरकोटमा चुनाव : पहिले पार्टीको डर अहिले स्वतन्त्र  काे

जाजरकोटमा चुनाव : पहिले पार्टीको डर अहिले स्वतन्त्र काे

Breaking News, राजनीति, समाचार
१९ कात्तिक, जाजरकोट । २०६४ सालको चुनावमा जारजकोटको दुवै निर्वाचन क्षेत्र जितेको तत्कालीन नेकपा माओवादी २०७० सालको दोस्रो संविधानसभा चुनावमा एउटा क्षेत्रमा मात्र विजयी भयो । एउटा मात्र क्षेत्र कायम भएपछि २०७४ को चुनावमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले चुनाव त जिते तर नेकपा एमालेसँगको गठबन्धनबाट । अहिले पनि माओवादी केन्द्रबाट शक्ति नै मैदानमा छन्, तर २०७४ को सारथीसँग प्रतिस्पर्धा छ । ०७४ मा प्रतिनिधिसभा निर्वाचनको शक्ति ३२ हजार २८१ मतका साथ निर्वाचित हुँदा कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत पाएका थिए । अहिले शक्तिसँग एमालेका निरज आचार्य, राप्रपाका दीपक खनाल, कांग्रेस वीपीका झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यका लागि बस्नेतसँग प्रतिस्पर्धा गरिरहेका निरज र नरबहाद...
दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका  कुमार पौडेलका भाइ गिरफ्तार

दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका कुमार पौडेलका भाइ गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ : तत्कालिन नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न भएको व्यक्तिलाई निर्वाचनमा उम्मेद्धार बनाईएकोले उक्त व्यक्तिको उम्मेद्धारी खारेजीको माग गर्दै अनसन वसेका हरिकृष्ण पौडेललाई आज प्रहरीले गिरफ्तार गरेको छ । आउदो मंसिर ४ गते हुन लागेको संसदिय निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ३ बाट पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट डिल्ली प्रसाद उप्रेति उम्मेद्वार बनेका छन् । उनै उप्रेतिको उम्मेद्वारी खारेजीको माग गर्दै सहिद कुमार पौडेलका भाई हरिकृष्ण पौडेल सर्लाही ३ नम्बर निर्वाचन क्षेत्रको कार्यालय अगाडि कार्तिक १ गतेदेखी अनसन बसेका थिए । उनलाई आज प्रहरीले बल प्रयोग गरेर गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ । कुमार पौडेलको परिवारले कुमारको हत्यामा संगल्न भएको अभियोग लागेका व्यक्तिहरु खुलेआम घुमिरहेको भन्दै कानुनी कार्वाहीको माग गर्दै आईरहेको सन्दर्भमा तिनै व्यक्तिहरु निर्...
नेकपा  एमालेले सुरु गर्‍यो आक्रामक प्रचार, अरु दल के गर्दैछन् ?

नेकपा एमालेले सुरु गर्‍यो आक्रामक प्रचार, अरु दल के गर्दैछन् ?

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
१८ कात्तिक, काठमाडौं । नेकपा एमालेले दार्चुलाबाट आक्रामक चुनावी अभियान सुरु भएको छ । चुनाव प्रचार सुरु भएको दोस्रो दिन शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला, वैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गरेका छन् । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार कम्तीमा ४० जिल्लामा अध्यक्ष ओलीलाई पु¥याउने योजना छ । पार्टीका अधिकांश पदाधिकारी आफ्नो चुनाव क्षेत्रमा केन्द्रित रहेको र जिल्लाहरुबाट पनि अध्यक्ष ओलीकै माग भएको भन्दै नेता रिजाल भन्छन्, ‘सबै प्रदेश र पहाड–तरार्ईलाई मिलाएर कम्तीमा ४० जिल्लामा अध्यक्षलाई लैजाने कार्यक्रम छ ।’ एमालेले चुनावी सभाहरु गरिरहँदा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने योजनाविहीन देखिन्छ । २३ असोजमा उम्मेदवारी दर्तापछि सत्ता गठबन्धनमा आवद्ध ५ दलले ७ वटै प्रदेशमा कार्यकर्ता भेला गरेको थियो । तर प्रचार सुरु भएपछि जिल्ला वा...
नेकपा विप्लव  निकट युवाका महासचिव नै माओवादी केन्द्रमा

नेकपा विप्लव निकट युवाका महासचिव नै माओवादी केन्द्रमा

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
      काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका महासचिव माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । महासचिव सावित्री अधिकारी (बिधुसि ) सहितका केही  युवा पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरूलाई प्रचण्डले खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेको बताइएको छ।...
मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  त्यसको ग्यारेण्टी गर्न चाहन्छौँ।’: केपि शर्मा  ओली

मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  त्यसको ग्यारेण्टी गर्न चाहन्छौँ।’: केपि शर्मा ओली

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी अभियानको पछाडि राष्ट्रियता र विकासको मुद्दा जोडिएको बताएका छन्। दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित एमालेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले एक इन्च पनि नेपाली भूमि कसैलाई नछाड्ने उद्घोष गरे। एक इन्च पनि नेपाली भूमि कसैलाई छाड्दैनौँ', उनले भने, 'मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  त्यसको ग्यारेण्टी गर्न चाहन्छौँ।’ ओली चुनावी अभियानमा सहभागी हुन बिहीबार धनगढी पुगेका थिए। त्यहाँबाट उनी खलंगा पुगेका हुन्। उनले शुक्रबार अन्य जिल्लाको चुनावीसभा पनि सम्बोधन गर्दैछन्।  ...
सुर्खेतमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

सुर्खेतमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) सहितका ४ दलको संयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचन बहिष्कार तथा अबज्ञा सभा सम्पन्न भएको छ । नेकपा(क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा सम्पन्न उक्त सभामा चार पार्टीका नेताहरुले सम्बोधन गर्दै निर्वाचन अवज्ञा तथा बहिस्कारको बारेमा आआफ्नो धारणा राखेका थिय । सभामा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देजमोका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले आसन्न संसदीय व्यवस्थाको निर्वाचनको कुनै औचित्य नरहेको र यो चुनाव राष्ट्रको ढुकुटि सक्ने, जनता र देशलाई कमजोर बनाउन अर्बौ रकम खर्च गर्ने जनराष्ट्रघाती भएको भन्दै यो चुनाव अवज्ञा तथा बहिस्कार गर्नुपर्ने बताए । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’, ले यो संसदीय चुनाव जनताक...
चुनाव सम्बन्धी धारणा सार्वजनिक गर्न क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै

चुनाव सम्बन्धी धारणा सार्वजनिक गर्न क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ: नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र नेकपा(क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आउदै गरेको संसदीय निर्वाचन वहिस्कार तथा अवज्ञाबारे पत्रकार सम्मेलन गर्दैछन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन वहिस्कार तथा अवज्ञाबारे संगठनको आधिकारीक धारणा सार्वजनिक गर्न आज शुक्रबार दिउसो १ बजे काठमाडौँको अनामनगरमा रहेको संबाद डबलीमा दुई विद्यार्थी संगठनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । बहुमत निकट अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राई र क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले हिजो बिहिबार संयुक्त विज्ञप्ति जारी गरी पत्रकार सम्मेलन हुन लागेको जानकारी दिएका छन् । ...
नेकपा विप्लव समूहको निर्णयपछि सुरक्षा निकायसँग आयोगको छलफल

नेकपा विप्लव समूहको निर्णयपछि सुरक्षा निकायसँग आयोगको छलफल

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
             १७ कार्तिक, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बिथोल्ने नेकपा  विप्लव समूहको निर्णयपछि निर्वाचन आयोगले सुरक्षा निकायसँग छलफल गरेको  छ । बुधवार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे जानकारी दिएका हुन् । उनले आयोगले यो वर्ष सर्वसहमतिमा चुनाव हुने विश्वास गरेकोमा उक्त समूहको निर्णय अनपेक्षित रहेको बताए । यसबारेमा सुरक्षा निकायसँग आयोगले छलफल गरेको बताउँदै उनले शान्तिपूर्ण रूपमा चुनाव हुने विश्वास व्यक्त गरे । आयोगले प्रधानमन्त्रीसहित  संघ र केन्द्रका मन्त्रीले आयोगको सहमतिमा मात्र निर्वाचन प्रचारप्रसारमा जान पाउने उल्लेख गरे । यस्तै चुनाव प्रचारका क्रममा लागेको खर्च विवरण  मंसिर ४ गतेदेखि १५ दिनभित्र बुझाउनु पर्ने जानकारी गराए ।  उनीहरूले बुझाएको खर्च विवरणको रजिस्टर्ड लेखा परीक्षकबाट लेखा परीक्षण गर्ने बताए । य...
उम्मेदवारहरुलाई ठोस प्रतिवद्धताका लागि नागरिकका सवालहरु

उम्मेदवारहरुलाई ठोस प्रतिवद्धताका लागि नागरिकका सवालहरु

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, शिक्षा
आगामी मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र कर्णाली प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा जाजरकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंवर १ तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई खुला पत्र मार्फत ठोस प्रतिवद्धताका लागि नागरिकका सवालहरु, अपेक्षाहरु, अनुभूतिहरु र आग्रहहरु : लेखक १.सीमित मानिसहरु धनी वन्ने, सुरक्षित रहने, श्रोतमा नियन्त्रण गर्ने र वहुसंख्यक नागरिक विपन्नतामा वांच्ने, असुरक्षित रहने र श्रोत, सुविधा र अवसरवाट वन्चित रहने परिपाटी वदल्ने योजना । २.नागरिकको मौलिक मानव अधिकार शिक्षा र स्वास्थ््य सर्वसुलभ, गुणस्तरीय र नियमितताको योजना । ३. राजनीतिक दलहरु जनता, न्याय र सुशासनका पक्षमा काम गर्दैनन् भन्ने आम महसूसिकरण र अविश्वासलाई अव विश्वासमा वदल्ने योजना । ४. कर्मचारीहरु वास्तविक राष्ट्रसेवक वन्न सकेका छैनन् भन्ने आम महसूसिकरण र अविश्वासलाई अव विश्वासमा वदल...