११ बैशाख २०८३, शुक्रबार

राजनीति

काठमाडौं महानगरका मेयर बालेनले भने: हामी हाम्रो ठाउँ र नगरप्रति बफादार बनौँ

काठमाडौं महानगरका मेयर बालेनले भने: हामी हाम्रो ठाउँ र नगरप्रति बफादार बनौँ

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्थानीय तहमा जनप्रतिनिधि आफ्नो ठाउँ तथा नगर र पालिका प्रति इमान्दार र बफादार बन्नुपर्ने बताएका छन् । जुनसुकै कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ छ । काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालन सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर साहले इमान्दारीताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् । मेयर साहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई कम हुने बताए । समाजमा जघन्य अपराधका घटना बढेको भन्दै उनले स्थानीय स्तरबाटै जघन्य घटनाका मुद्दाको मेलमिलाप गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले भने, 'जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन हुँदैन । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पु...
एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो ।, भिम रावल

एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो ।, भिम रावल

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
          नेकपा (एमाले) का नेता भीम रावलले पाँचदलीय गठबन्धनलाई ‘नीतिविहीन सत्ता स्वार्थको माध्यम’ भन्ने आफ्नै पार्टीप्रति व्यंग्य गरेका छन्। एमालेले मंगलबार जारी गरेको चुनावी घोषणा पत्रमा पाँच दलीय गठबन्धनलाई ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो’ भनिएको छ। सोही भनाईलाई उदृत गर्दै गर्दै रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन्।’ रावलले स्थीर सरकारको नारा दिएर बहुमत माग गरेकोमा पनि पार्टीप्रति व्यंग्य गरेका छन्। अध्यक्ष केपी र प्रचण्ड रहेको नेकपाको प्रतिवेदनले भन्छ, ‘निर्वाचन (२०७४)ले पार्टीलाई पर्याप्त बहुमत दिएर आर्थिक क्रान्तिको ढोका खोल्ने अवसर प्रदान गरेको छ’, उनले लेखेका छन्, ‘जनताले स्थीर सरकार मार्फत राजनीतिक स्थाय...
गिरफ्तारी परेका कार्यकर्तालाई रिहा गर्न वैद्य माओवादीको माग

गिरफ्तारी परेका कार्यकर्तालाई रिहा गर्न वैद्य माओवादीको माग

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
 काठमाडौँ-  चुनाव वहिस्कार अभियान खटिएका कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी)ले आपत्ति जनाएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको वहिस्कारको माग गर्दै पर्चासहित खटिएका कार्यकर्तालाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ। माओवादीले विज्ञप्तीमार्फत आउँदो निर्वाचन ‘प्रतिक्रिया शक्तिद्वारा मञ्चन गरिएको नाटक’ भएको आरोप लगाएको छ। माओवादीका ३ नंं. प्रदेश समितिका सेक्रेटरी प्रवेशको हस्ताक्षरित विज्ञप्तीमा पार्टीका केन्द्रीय सल्लाहकार गोर्की श्रेष्ठ, प्रदेश सल्लाहकार ज्ञानेन्द्र प्रजापति, जिल्ला सदस्यहरू गोपाल कार्की, बद्रीहरि नेपाल र वेदराज दियालीलाई टोखा नगरपालिकास्थित वसुन्धराबाट पक्राउ गरेको हो। पार्टीले विज्ञप्तीमा चुनाव बहिष्कार तथा सहभागी हुने अधिकार लोकतन्त्रमा रहेको भन्दै वर्तमान सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाएको ...
संसदीय चुनाव खारेज अभियानलाई दमन गरे प्रतिरोध गछौं : प्रकाण्ड

संसदीय चुनाव खारेज अभियानलाई दमन गरे प्रतिरोध गछौं : प्रकाण्ड

चुनाव, राजनीति, राष्ट्रिय, समाचार
             १५ कार्तिक काठमाडौं  । नेकपा प्रवक्ता प्रकाण्ड सीले आगामी संसदीय व्यवस्था अन्तर्गतको संघीय र प्रादेशिक चुनाव शसक्त खारेज गर्ने बताउनु छ । उहाँले चुनाव खारेजी अभियानलाई राज्यले दमन गरे प्रतिरोध गरिने बताउनु भएको छ । उहाँले एमसीसी पक्षधर दलाल, भ्रष्टाचारी, राष्टघाटी, भुमाफिया, सुदखोर, तस्कर, व्यभिचारीहरुलाई पार्टीले कारवाहीको निशाना बनाउने बताउनु भएको छ । मंगलबार नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रकाण्डले निर्वाचन खारेजी अभियान ३ बुँदे सहमति कार्यान्वयनका लागी दवाव दिन समेत संघर्षको मोर्चा हुने बताउदै सम्पूर्ण देशभक्त क्रान्तिकारी एवं सच्चा लोकतन्त्रवादीहरुले यो चुनावलाई खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले चुनावको वर्गीय पक्षधरता हुने बताउदै संसदीय चुनावले दलाल पुँजीवादलाई बलियो बनाउने बताउनुभयो । उहाँले स्थानीय चुनावलाई कार्यनीत...
अन्तरिक्षमा नेपालकै स्याटेलाइट स्थापना गर्ने एमालेको घोषणा

अन्तरिक्षमा नेपालकै स्याटेलाइट स्थापना गर्ने एमालेको घोषणा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने घोषणा गरेको छ प्रतिनिधिसभा तथा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा एमालेले लामो समयदेखि अलपत्र परेको नेपालको अर्बिटल स्लटलाई नेपालकै स्वामित्वमा आफ्नै नेतृत्वको सरकारले ल्याएको बताएको छ । उक्त अर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गरिने एमालेले बताएको छ । ‘ब्याण्डविथको भुक्तानीका लागि विदेशिने गरेको ठूलो रकम बाहिरिनबाट रोकिने छ’ एमालले भनेको छ । यसअघि फ्रान्सको कम्पनी थेल्ससँग एमाले नेतृत्वको सरकारले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको थियो । तर, यति आर्थिक चलखेल गर्ने गरी स्याटेलाइट र सुरक्षण मुद्रण केन्द्र राख्न दुई फ्रान्सेली कम्पनी भित्र्याउन खोजेको खुलेपछि सरकार पछि हटेको थियो । सुरक्षण मुद्रणका लागि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त...
काठमाडौं ८बाट : चार महिला उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं ८बाट : चार महिला उम्मेदवार प्रतिस्पर्धामा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
      काठमाडौँ, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा चार महिलासहित ४० उम्मेदवार प्रतिस्पर्धामा छन् । आसन्न निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा एक सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दुई महिलाको उम्मेदवारी परेको छ । सो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट एक र स्वतन्त्रबाट एक महिलाको उम्मेदवारी रहेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले बताए । उनका अनुसार सो निर्वाचन क्षेत्रको प्रदेशसभा १ (क)मा दुई महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । नेमकिपाबाट एक र जनता समाजवादी पार्टी नेपालका तर्फबाट एक महिलाको उम्मेदवारी परेको छ । उक्त निर्वाचन क्षेत्रमा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र गरी ४० जनाको उम्मेदवारी परेक...
७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं , निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ । डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको आयोगले जनाएको छ । हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरुमा सामाग्री ढुवानी गरिने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब सात जिल्लाको मतपत्र छपाइ बाँकी आसन्न निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाई सम्पन्न भएर ७...
नेकपा  विप्लव समूहले चुनाव खारेज  गर्ने  ।

नेकपा विप्लव समूहले चुनाव खारेज गर्ने ।

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
              १५ कार्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए । चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए । वैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।...
पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ  बनिन् एमाले घोषणापत्र सार्वजनिक कार्यक्रमको उद्घाेषक

पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ बनिन् एमाले घोषणापत्र सार्वजनिक कार्यक्रमको उद्घाेषक

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले  गरेकी छन् । • यसअघि पार्टीका महत्वपूर्ण समाराेह, बैठकहरु महासचिव या अरु नेताले सन्चालन गर्ने गर्थे । त्याे प्रथा तोड्दै एमालेले यसपल्ट पूर्व मिस नेपाललाई चुनावी घोषणापत्र सार्वजनिक गर्ने समारोहको सन्चालक बनाएको हो ।...
कहिले सत्रुता कहिले मित्रता जाजरकोटमा : शक्ति ,निरज र नर…??

कहिले सत्रुता कहिले मित्रता जाजरकोटमा : शक्ति ,निरज र नर…??

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट । अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहयोगी बनेका जाजरकोटका नेताहरू आसन्न निर्वाचनमा आमनेसामने भएका छन् । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन भएपछि माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले टिकट पाएका थिए । अहिले पनि गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उनी नै उम्मेदवार छन् । तर उनलाई २०७४ को निर्वाचनमा सघाएका एमालेका निरज आचार्य र बस्नेतका प्रशिक्षक स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की अहिले उनीसँगै भिडिरहेका छन् । आचार्यले गत निर्वाचनमा बस्नेतलाई टिकट छोडेका थिए । कार्की पनि एक समय माओवादी निकट मानिन्थे । एमालेका आचार्य र स्वतन्त्र उम्मेदवार कार्की दुवै जनाले गत निर्वाचनमा कांग्रेसका राजीवविक्रम शाहविरुद्ध बस्नेतलाई विजय गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । तत्कालीन वाम गठबन्धन भएपछि कार्की विप्लव नेतृत्वको नेकपा हुँदै स्वतन्त्र उम्मेदवार भएका हुन् । ...