११ श्रावण २०८१, शनिबार

मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  त्यसको ग्यारेण्टी गर्न चाहन्छौँ।’: केपि शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी अभियानको पछाडि राष्ट्रियता र विकासको मुद्दा जोडिएको बताएका छन्।

दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित एमालेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले एक इन्च पनि नेपाली भूमि कसैलाई नछाड्ने उद्घोष गरे।

एक इन्च पनि नेपाली भूमि कसैलाई छाड्दैनौँ’, उनले भने, ‘मिचिएको भूमि फिर्ता ल्याउँछौँ,  त्यसको ग्यारेण्टी गर्न चाहन्छौँ।’

ओली चुनावी अभियानमा सहभागी हुन बिहीबार धनगढी पुगेका थिए। त्यहाँबाट उनी खलंगा पुगेका हुन्। उनले शुक्रबार अन्य जिल्लाको चुनावीसभा पनि सम्बोधन गर्दैछन्।