२३ भाद्र २०८१, आईतवार

चुनाव अवज्ञा रक्तहिन क्रान्तिकाे प्रस्ताव हाे : दिपक

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने “दिपक” ले चुनाव अवज्ञा रक्तहिन क्रान्तिकाे प्रस्ताव भएको बताउनुभएको छ । आज उहाँले आफ्नाे सामाजिक संजाल फेसबुकमा आफ्नाे पार्टीको धारणा सार्वजनिक गर्नु भएको छ । उहाँले आफ्नाे पार्टीले वर्तमान व्यवस्थाबाट समस्या समाधान नभएर आम नेपाली नागरिकहरुको अवस्था विकाराल र दयनीय भएको कारणले यसको निकासको निमित्त चलिरहेको पुँजीवादि संसदीय व्यवस्थाले हल नगर्ने भएको हुँदा उक्त व्यवस्थाले गर्न लागिरहेको मंसिर चार गतेको निर्वाचन अवज्ञा गर्ने निर्यण गरेको छ तर याे व्यवस्थाकाे विरुद्धमा वर्तमान अवस्थामा अवज्ञा प्रस्ताव रक्तहिन भएको जिकिर गर्नुभएको छ । उहाँलाई यसबारेमा हामीले फाेन संवाद गर्दा उहाँले “नेपालकाे आर्थिक,सामाजिक र राजनीतिक समस्या समाधानका निमित्त पार्टीले स्वाधीन संयुक्त सरकार निर्माणकाे प्रस्ताव अगाडि सारेको” बताउनुभएको छ । “उक्त सरकार निर्माण गरि उक्त अन्तरिम सरकारले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिकाे निर्वाचन र प्रत्यक्ष निर्वाचित न्यायपालिका,प्रत्यक्ष निर्वाचित व्यवस्थापिका र मन्त्री परिषद् विज्ञबाट चयन गरि स्वस्थ्य,शिक्षा,राेजगार लगायतका सम्पुर्ण समाधानहरुकाे अन्त्यका निमित्त स्थिर राजनीतिक प्रणाली निर्माण गरि अघि बढ्न वर्तमान व्यवस्था बाधक भएको र यसले राजनीतिक अस्थिरता कायम गरेकाेले यस व्यवस्थाकाे लागि सम्पूर्ण आम नागरिकहरुले चुनाव अवज्ञा गरेर जानुपर्ने” बताउनुभएको छ । यसका लागि आफ्नाे पार्टीले अहिले पर्चा वितरण,भित्तेलेखन,पाेष्टरिङ्ग,भण्डाफाेर र अन्त्यमा अवज्ञा बाहेक रक्तपात पुर्ण युद्ध तिर नचाहेको बताउनुभएको छ । हामीले तपाईंहरुको नेताकार्यकर्ताहरुलाई छाेपिरहेकाे छत किन ? भनेर साेधेकाे प्रश्नको जवाफमा उहाँले हामी शान्तिपूर्ण कार्यक्रममा छाैं,जनताको बिचमा हाम्रा नेताकार्यकर्ता प्रचारप्रसारमा लागिरहनु भएको छ यसाे गर्दा काेहि कसैले पनि सुराक गर्ने,धरपकड गर्ने,गिरफ्तार गरि मुद्दा चलाउने,हिरासत राख्ने कार्य भएमा यसको प्रतिवाद त फेरि पार्टीले गर्ने बताउनुभएको छ । हामीले अहिलेकाे समयसापेक्ष अनुसार चुनाव अवज्ञा कार्यक्रम रक्तहिन प्रस्तावकाे रुपमा राजनीतिक गतिविधि गरेको बताउनुभएको छ ।