११ फाल्गुन २०८१, आईतवार

पुर्वाधार

सरकारी जग्गा अतिक्रमकाे अवस्था बुझेर पठाउन गृहमन्त्रालकाे जिल्ला प्रशासन लाई निर्देशन

सरकारी जग्गा अतिक्रमकाे अवस्था बुझेर पठाउन गृहमन्त्रालकाे जिल्ला प्रशासन लाई निर्देशन

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई दिर्नेशन दिएको छ । मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको छ । विज्ञप्ति यस्तो छ : ...
सार्वजनिक ठाउँ मिचेर बनाईयका ५२ वटा घरहरु भत्काउने भेरी नगरपालिका काे निर्णय

सार्वजनिक ठाउँ मिचेर बनाईयका ५२ वटा घरहरु भत्काउने भेरी नगरपालिका काे निर्णय

Breaking News, पुर्वाधार, समाचार
जाजरकोट :सार्वजनिक बाटो तथा जग्गा मिचेर बनाईएका सदरमुकाम खलंगा भित्रका ५२ घरका संरचना भत्काउने सर्बपक्षीय बैठकले निर्णय गरेको छ । भेरी नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । भुकम्पले क्षेतीग्रस्त भएको खलंगा बजारको नव निर्माण गर्न भेरी नगरपालिकाले बिहिबार सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । उक्त बैठकमा नगरपालिकाका जनप्रतिनिधि, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी लगाएत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको सहभागिता रहेको थियो । बैठकले सरकारी मापदण्ड पुरा गरेर घर निर्माण गर्नुको साथै, सडक, मन्दीर, खानेपानी लगाएतका सार्वजनिक संरचनाको नव निर्माण गर्ने निर्णय भएको भेरी नगरपालिकाले जानकारी दिएको छ । बैठकले जिल्ला सदरमुकाम खलंगा भित्र बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ वटा घरका संर...
जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । जिल्लाको नलगाड नगरपालिका- ५ र बारेकोट गाउँपालिका-८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका-१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझेका छन। अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्‍याएर जडान गरिने बताएको छ। ढिलोमा अबको ३ महिनाभित्र पुल जडान गरिसक्न मन्त्री सिंहले सम्बन्धित कार्यालयलाई निर्देशन समेत दियका छन। संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गरेका छन। यी पुल जडान र ढुवानीको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ। यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक ...
अर्घाखाँचीमा जिप दुर्घटना दुईजनाकाे मृत्यु, दुईजना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना दुईजनाकाे मृत्यु, दुईजना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
बुटवल : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।...
कर्णालीमा भारी हिमपात किसान उत्साहित,भुकम्प पिडित निराश

कर्णालीमा भारी हिमपात किसान उत्साहित,भुकम्प पिडित निराश

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट : कर्णाली प्रदेशका हिमाली र पहाडि जिल्ला हुम्ला ,मुगु डाेल्पा जुम्ला, दैलेख,कालिकोट जाजरकोट र रुकुम लगायतका जिल्ला हरुमा हिउँ परे पछि किसानहरु उत्साहित भयका छन् भने भुकम्प ले घर भत्कायर त्रिपाल मुनि बस्दै आयका जाजरकोट र रुकुम लगायतका नागरिक हरु जाडाे बढे पछि निराशा भयकाे बताउँछन् । हिँउदेवाली बिग्रने भन्दै सबै किसानहरु चिन्तीत थिए ।बुधबार साँझ एक्कासि बादल लागेर रातिदेखि हिउँ पर्न थाल्याे र किसानहरुमा उत्साहकाे बहार आयाे। कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको  भूकम्पकाे समयअवधी ३ महिना पुगिसकेको छ । उक्त विनासकारी भूकम्पले ६५ हजारभन्दा बढी घरहरुमा बस्न नमिल्ने गरी क्षति भएको अवस्था छ । हाल सम्मा जाजरकोट र रुकुममा ३५ हजार बराबरका अस्थायी आवास निर्माण भयता पनि अझै साे आवासमा पिडितहरु सरेकाे अवस्था छैन । कतिपय पिडितहरु चर्किएका घरहरु भत्काउने वा नभत्काउने भन्ने ...
जाजरकोटमा पुलबाट खसेर एक युवाको मृत्यु

जाजरकोटमा पुलबाट खसेर एक युवाको मृत्यु

Breaking News, पुर्वाधार, विज्ञान प्रबिधि, समाचार
जाजरकोट : जाजरकोटमा पुलबाट खसेर एक जना युवाको मृत्यु भएको छ । साेमबार जिल्लाको नलगाड नगरपालिका वडा न-५,ऐरारी बस्ने वर्ष २८ का राज कुमार शाहीको मृत्यु भएको हो । नलगाडको दल्लीमा भईरहेको रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा नलसिंङगाड खोलाको झुलुङ्गे पुलबाट खसेर शाही घाइते भएका शाहीकाे टाउको र शरिरको भित्री भागमा चोट लागेको र घाइते अवस्थामा उनलाई प्राथामिक अस्पताल दल्लीमा लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज पठाइएकोमा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोका प्रहरी नायव उपरीक्षक एवम् डिएसपी सन्तोष रोकाले जानकारी दिए ।...
नलगाड नगरपालिका प्रशासनिक कार्य सम्पादनमा जिल्ला कै उत्कृष्ट

नलगाड नगरपालिका प्रशासनिक कार्य सम्पादनमा जिल्ला कै उत्कृष्ट

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोट प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ९५.५ प्रतिशत ल्याएर प्रशासनिक मूल्याङ्कनमा उत्कृष्ट भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई बताएका हुन । विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९/०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पूर्णाङ्कमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिने अधिकृत भट्टराइको भनाई छ । १०० पूर्णाङ्कको मूल्याङ्कनमा नलगाड नगरपालिकाले ९५.५ अङ्क पाएको छ भने छेडागाड नगरपालिकाले ७७.५ पाएको छ । सबै पा...
युवा संघ नेपालले गर्याे भुकम्प पिडित बालबालिकालाई २३० थान झाेला बितरण

युवा संघ नेपालले गर्याे भुकम्प पिडित बालबालिकालाई २३० थान झाेला बितरण

Breaking News, पुर्वाधार, शिक्षा, समाचार
जाजरकोट  : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले भुकम्प पिडित बालबालिकालाई २३० थान  झाेला बितरण गरेकाे छ । मंगलबार जिल्लाको छेडागाड नगरपालिका वडा न. ५ का ३ वटा बिद्यालय श्री भाग्योदय मा.बि बडावन , श्री दोभान बिध्याज्योति प्राथामिक बिधालय थलहबजार र श्री जनता बालबिकास केन्द्र बडाबनका बालबालिकाहरुको लागी जम्मा २३० वटा  स्कुल झोला बितरण  गरियकाे थियाे। गत कार्तिक १७ गते राति जाजरकोट काे बारेकाेट गाउपालिकाकाे रामिडाडा केन्द्रबिन्दु  भयर गयकाे भुकम्पले जाजरकोट , रुकुम र सल्यान लगायतका अधिकांश बिद्यालयहरुमा क्षति भयपछि बालबालिकाहरु खुल्ला चाैर र पाल मुनि अध्यन गरिरहेका छन्। सामाजिक अभियान्ता बिशान्त जंग शाहीकाे पहलमा उक्त झाेलाहरु संकलन गरि संगठनका जिल्ला अध्यक्ष सराेज जंग शाही र उपाध्यक्ष  अशाेक बहादुर सिंह लगायतको टिमले उक्त राहतका सामाग्री बितरण गरेका थिय ।बालबालिकाहरु नयाँ झाेला पाय ...
भारती हस्तक्षेप बिरुद्ध अन्तरार्ष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण पत्र

भारती हस्तक्षेप बिरुद्ध अन्तरार्ष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण पत्र

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : अन्तराष्टृिय लेखक तथा पत्रकार केन्द्रले हालै नेपाल सरकारले भारतिय दुतावास संग गरेका - २० कराेड बराबरको याेजना तथा प्राेजेक्ट भारतले आफै  छनाेट गरि नेपालमा लगानि गर्न पाउने सम्झौता तथा कार्यक्रम बिरुद्ध एक प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गरायकाे छ। साेमबार केन्द्रका अध्यक्ष हस्त बहादुर के सि द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनियकाे छ " पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको साम्राज्यवादी तथा विस्तारवादि दलाल सरकारले भारतीय बिस्तारवादि सरकारसित सिधै २० कराेडकाे लगानी गर्न पाउने र प्राेजेक्ट तथा याेजनाहरु समेत आफैले छनाैट गरेर लगानी भित्र्याउन पाउने गरि अपराधपुर्ण तरिकाले भारतिय विस्तारवादि सरकार संग दुई पक्षिय सम्झौतामा हस्ताक्षर गरेर गम्भीर प्रकारकाे राष्ट्रघाति सम्झौता गरेर नेपाल राष्ट्र र नेपाली जनता प्रति अक्षाम्य चाल घात गरेकाे परिघटनाले बिश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथ...
जाजरकोटमा चिसाेका कारण थप २जना भुकम्प पिडितकाे मृत्युु

जाजरकोटमा चिसाेका कारण थप २जना भुकम्प पिडितकाे मृत्युु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट:  जाजरकोटमा चिसाेका कारण थप दुईजना भुकम्प पिडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्मा र बारेकाेट गाउपालिका - ४ जिरिका ६८ वर्षिय लाल बहादुर रावतकाे  चिसोकै कारण मृत्यु भएको हो । कर्ण बहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो , त्यहाँ उपचार नभएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत कालागाउँ रिफर गरिएको थियो । तर सुर्खेत पुर्याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन शनिबार नै उनकाे मृत्यु भयाे । उता बारेकाेटका लालबहादुर भने दिर्घ राेगि भयकाे र भुकम्पले घर भत्कायपछि आफ्नै बारिमा पाल टाँगेर बसिरहेको अवस्थामा चिसाेले गर्दा शुक्रबार मृत्यु भयकाे बताईयकाे छ । भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको संख्या जाजरकोटमा ३२ र रुकुम पश्चिममा ५ गरी ३७ जनाको मृत्यु भैसकेको छ । हिउँदको कठ्यांग्र...