१८ चैत्र २०८१, सोमबार

पुर्वाधार

सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
१२ असोज,  । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन्ली । उनीहरू सबैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । मृत्यु हुने सबै एउटै गाउँका बासिन्दा हुन् । बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कंदै गर्दा रा१ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट-३ मुलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते भएका कपुरकोट गाउँपालिका-६ जलबाँङका ३५ वर्षीय तिलक वली रहेका छन् । उनको उपचार दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ । जीप १५० मिटर...

सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय समितिका संयोजक काली बहादुर खत्रीले गरेका थिए । २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो नलगाड एफएम कर्णाली प्रदेशकै उच्च प्रसारण क्षमताको रेडियो हो । जनादेश संचार केन्द्रद्धारा संचालित सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति जाजरकोटका संयोजक काली बहादुर खत्री, नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी, जिल्ला प्रहरी प्रमुख सन्तोष निरौला, नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंह, नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंह, ...