११ श्रावण २०८१, शनिबार

एफक्यान ग्लोरी अवार्ड, जीप छिरिङ शेर्पालाई ,कालिका कन्स्ट्रक्सनलाई दुई उत्कृष्ट विधा अवार्ड

नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड अग्रज निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पालाई प्रदान गरेको छ।

११औँ एफक्यान एक्सिलेन्स अवार्ड २०७९ आयोजना गर्दै महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान दिएका महासंघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई सम्मान गरेको हो। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शेर्पाले अवार्ड प्रदान गरेका हुन्।

११औँ एफक्यान एक्सिलेन्स अवार्डमा कालिका कन्स्ट्रक्सनले पनि दुई महत्वपूर्ण विधामा अवार्ड जितेको छ। विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुई विधामा कालिकाले अवार्ड हात पारेको हो।

कालिका कन्स्ट्रक्सनको तर्फबाट कार्यकारी निर्देशक तथा महासंघका सल्लाहकार निकोलस पाण्डेले अवार्ड ग्रहण गरेका थिए। बी क्लासतर्फ समयमै उत्कृष्ट काम गरेबापत् जय विष्णु निर्माण सेवाले सिल्भर अवार्ड जित्यो ।

ए क्लासतर्फ उत्कृष्ट काम गरेको विधातर्फ भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा. लि भक्तपुरले गोल्ड, समानान्तर निर्माण सेवाले सिल्भर र कन्काई इन्टरनेशनल बिल्डर्स प्रालिले ब्रोन्ज अवार्ड जितेका छन्।

बी क्लासतर्फ यही विधामा सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिले गोल्ड अवार्ड जित्दा एस. एल कन्स्ट्रक्सन प्रा. लि ले सिल्भर अवार्ड हात पारेकाे हाे ।

सी क्लासतर्फ यही विधामा नेशनल कन्स्ट्रक्सन प्रा. लि कञ्चनपुरले गोल्ड र शिवालय बिल्र्डस् प्रा लि. काभ्रेपलान्चाेक सिल्भर अवार्ड जित्यो । कोशी प्रदेशबाट क्लास डी तर्फ झापाको उद्देश्य निर्माण सेवाले उत्कष्ट अवार्ड जित्यो ।

क्लास डीमा वागमती प्रदेशबाट तेज कन्स्ट्रक्सनले अवार्ड जित्दा गण्डकी प्रदेशबाट जि.एस इन्जिनियरिङले अवार्ड जित्न सफल भयो । त्यस्तै कर्णाली प्रदेशबाट उत्तम निर्माण सेवा सुर्खेतले अवार्ड हात पार्यो । उत्कृष्ट जिल्ला निर्माण व्यवसायी संघहरू मध्येमा तराईबाट कैलालीले अवार्ड जित्दा पहाड र हिमालबाट क्रमश: कास्की र सिन्धुपाल्चोकले अवार्ड जिते । उत्कृष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड वागमती प्रदेश महासंघले जित्यो ।

उत्कृष्ट महिला निर्माण व्यवसायीमा एस एल कन्स्ट्रक्सनकी गीता शाहीले अवार्ड जितिन् भने उत्कृष्ट सर्भिस प्रमोसन कन्सल्टिङ कम्पनीको अवार्ड आर्किटेक्ट कोल्याबोरेट नेपाल प्रा लि. ले जित्यो । त्यस्तै कन्स्ट्रक्सन सेक्टर एक्सिलेन्स इन्जिनियर अवार्ड इन्जिनियर नरेन्द्रकुमार देवलाई प्रदान गरियो।

एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ अन्तर्गत नै महासंघले भौतिक पूर्वाधारको समाचारलाई उच्च प्राथमिकता दिने विभिन्न सञ्चार माध्यमहरूलाई अवार्ड प्रदान गरेको छ। जसअन्तर्गत अनलाइनतर्फ निर्माणपाटी डटकम, रेडियो तर्फ रेडियो काठमाडौं, टिभीतर्फ एपीवान र दैनिक पत्रिकातर्फ आर्थिक दैनिकका प्रतिनिधिहरूलाई अवार्ड प्रदान गरियो।

भौतिक पूर्वाधारको क्षेत्रमा कलम चलाउने पत्रकारतर्फ राजधानी दैनिकका मधुजङ्ग पाण्डेले अवार्ड पाए । मस्ट सर्पोटिभ स्पोनसरको अवार्ड एमएडब्लु् अर्थ मुभर्स् प्रा. लि (जेसीबी) लाई प्रदान गरियो । निर्माण व्यवसायीका सन्ततिहरूमध्ये इन्जिनियरिङ विषय अध्ययन पूरा गरेका प्रगति शाह (जय लक्ष्मी कन्स्ट्रक्सन बाजुरा), जेनिशा महर्जन (के.बी डेभलपर एण्ड कन्स्ट्रक्सन प्रा लि. काठमाडौं), रविकान्त शाह (जय अम्बे कन्स्ट्रक्सन पर्सा) र आसुतोष दास (.न्यू आसुतोष कन्स्ट्रक्सन सप्तरीं लाई अवार्ड प्रदान गरियो । महासंघ सचिवालयमा कार्यरत कर्मचारीहरू मध्ये न्युच्छेमाया तुण्डकारलाई अवार्ड दिइयो । अवार्डका लागि वरिष्ठ प्राविधि विज्ञ प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा महासंघले जुरी कमिटि गठन गरेको थियो ।

कार्यक्रमका बिचमा साँस्कृतिक प्रस्तुति हरु पनि राखियकाे थियाे ।

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माण व्यवसायीहरूले देशमा बिकासका लागि अतुलनीय याेगदान गरेकाे र निर्माण ब्यावसायी संग सहकार्य गर्न सरकार तयार रहेको बताए। महासंघका अध्यक्ष रवि सिंहले महासंघको अवार्ड कार्यक्रम राष्ट्रकै प्रतिष्ठित अवार्डको रुपमा स्थापित हुनु महासंघको लागि गर्वको विषय भएको बताए।

अवार्ड कार्यक्रम संयोजक समेत रहेका महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.)ले अवार्ड कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाए।