२ श्रावण २०८२, शुक्रबार

पुर्वाधार

जाजरकोट भिरबाट खसेर एक युवाकाे मृत्युु

जाजरकोट भिरबाट खसेर एक युवाकाे मृत्युु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट ।कुशे गाउपालिका वडा न ८ जिन्ताला निवासि ३७ बर्षका युवा अमर ब सिहंकाे घाँस काट्न गयकाे वेला रुख नै उम्कियर भिरवाट लडेर मृत्यु भयकाे छ । शुक्रबार देखिकाे ३/४ दिनकाे लगातार  बर्षातको झरिले सताई गाई बस्तुलाई  विहान घासँ काट्न जादा गाउदेखि तलपट्टि छेडा जाने रोडको माथि घास काट्दा रुखनै उम्केर घटना स्थलमै मृत्यु भएकाे हाे । हाल घटनाको अध्यनका लागि ईलाका प्रहरी कार्यलय  पैंकबाट प्रहरी र स्थानीय बासिहरु त्यहा पुगि अनुसन्धान भईरहेकाे स्थानीय धन बहादुर सिंहले बताय ।...
आज छैठौं राष्ट्रिय सूचना तथा प्रबिधि दिवस मनाईदै

आज छैठौं राष्ट्रिय सूचना तथा प्रबिधि दिवस मनाईदै

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं।सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज छैठौं  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे) मनाइँदैछ । हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकामा नेपालमा निजी र सरकारी तवरबाट यो दिवस मनाइँदै आएको छ । २०७४ जेठ १९ गते बसेको मन्त्रिपरिषद्बाट निर्णय भएअनुसार प्रत्येक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बतायका छ...
चट्याङ लागेर पाँचथरमा एकजना घाइते र ५४ वटा भेडा मरेका छन

चट्याङ लागेर पाँचथरमा एकजना घाइते र ५४ वटा भेडा मरेका छन

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
पाँचथर। पाँचथरमा चट्याङ लागेर  एकै गोठका ५४ वटा भेडा मरेका छन् ।सनिवार साझ ४ बजे  जिल्लाको फालेलुङ गाउँपालिका-३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो । चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मरेका अधिकांश माउ भेडा छन् । चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ । उक्त गोठमा १३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछ...
अखिल क्रान्तिकारीकी अध्यक्ष पंन्चा सिंह सवार दुर्घटना परि घाइते

अखिल क्रान्तिकारीकी अध्यक्ष पंन्चा सिंह सवार दुर्घटना परि घाइते

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सवार दुर्घटनामा परि घाइते भयकि छिन  । शुक्रबार सिंह सवार स्कुटर दुर्घटनामा परेको थियो । विहान १०ः३० बजे कोटेश्वरमा दुर्घटनामा भएको श्रीमान केशव शाहीले जानकारी दिएका छन् । शाहीका अनुसार उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।...
बाजुरा दहकाेट केन्द्रबिन्दु भयर भुकम्प

बाजुरा दहकाेट केन्द्रबिन्दु भयर भुकम्प

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ । यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।...
राष्ट्रिय सतर्कता केन्द्र द्वारा ९ हजार ५९० कर्मचारीलाई कार्वाहीकाे सिफारिस

राष्ट्रिय सतर्कता केन्द्र द्वारा ९ हजार ५९० कर्मचारीलाई कार्वाहीकाे सिफारिस

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण पेस नगर्ने ९ हजार ५९० पदाधिकारी एवं कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिले नियमित रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्ने भए पनि अटेरी गर्ने जनप्रतिनिधि, पदाधिकारी, निजामती कर्मचारी, शिक्षक र प्रहरीसँग जनही पाँच हजार जरिवाना असुल गर्न सतर्कताले सोमबार अख्तियारलाई सिफारिस गरेको थियाे । सतर्कताका अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा कुल सात लाख २८ हजार ७४७ ले सम्पत्ति विवरण बुझाउनुपर्नेमा सात लाख १९ हजार १५७ (९८.६८ प्रतिशत)ले मात्र सम्पत्ति विवरण बुझाएका हुन्। नौ हजार ५९० अर्थात् १.३२ प्रतिशतले भने विवरण नबुझाएको सतर्कताले जनाएको छ। संघीय तहमा चार लाख ५९ हजार २२८ मध्ये ९८.५५ प्रतिशत, प्रदेश तहमा १५ हजार ७७८ मध्ये ९३.६१ प्रतिशत र स्थानीय तहमा २ लाख ५३ हजार ७३४ मध्ये ...
जहाज उड्ने बेला  मा चरा ठाेकियकाे अनुमान

जहाज उड्ने बेला मा चरा ठाेकियकाे अनुमान

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । फ्लाइ दुबईले आफ्नो बोइङ जहाजमा चरा ठोक्किएको जनाएको छ । फ्लाइ दुबईका प्रवक्ताले सोमबार राति एक ट्वीट गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने क्रममा चरा ठोक्किएको बताएका हुन् । काठमाडौँ विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको जहाजमा चरा ठोक्किन पुगेको छ’, फ्लाई दुबईले ट्वीटरमा भनेको छ, ‘मानक प्रक्रियापछि उडान दुबईको लागि सामान्य रूपमा जारी रहेको छ ।  स्थानीय समयअनुसार ००ः१४ मा जहाज अवतरण गर्ने तालिका छ।’ सोमबार राति काठमाडौँ विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा एकाएक आगलागी भएको थियो । जहाजमा असामान्य आवाज समेत आएको थियो । जहाजलाई सुरुमा काठमाडौँ विमानस्थलमै अवतरण गराउने भनिएपनि पाइलटले अवस्था समान्य रहेको बताएपछि दुबईतिरै गएको थियो । जहाजमा चरा ठोक्किएको बारे नेपाली अधिकारीले भने केही बताएका छैनन् ।...
फ्लाई दुबई विमान  सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ : मन्त्री किराँति

फ्लाई दुबई विमान सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ : मन्त्री किराँति

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो। तर विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’...
काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । सोमबार राति काठमाडौंबाट उडेको केहि समयपछि फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको बताईको छ ।...
घाँस काट्न गयकी एक महिलालाई बाघले लियाे

घाँस काट्न गयकी एक महिलालाई बाघले लियाे

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार
महेन्द्रनगर ।कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएकाे बेला बाघले लगेको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  । शुक्रवार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भएपनि नसकिएको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो  । बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।...