३१ असार २०८२, मंगलवार

पर्यटन

नलगाड नगरपालिकाले ६०कराेड, ७८ लाख, २२ हजारकाे बजेट विनियोजन गरेकाे छ ।

नलगाड नगरपालिकाले ६०कराेड, ७८ लाख, २२ हजारकाे बजेट विनियोजन गरेकाे छ ।

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, स्वास्थ
जाजरकोट ।कर्णाली प्रदेश अन्तर्गत, नलगाड नगरपालिका जाजरकोटले आ.व.२०८०/८१का लागि ६० कराेड भन्दा बढि बजेट ल्यायकाे छ । शुक्रबार देखि सनिवार सम्म चलेकाे १२ ओैं नगर सभामा ६० कराेड ७८ लाख २२ हजारकाे वजेट ल्यायकाे हाे । जस अनुसार संघिय सरकारबाट प्राप्त ३१ कराेड १लाख, शसर्त अनुदान ९ कराेड २६ लाख रुपैयाँ समानिकरण अनुदान, बिशेष अनुदान ८० लाख र राजस्व बाडफाडबाट प्राप्त रकम ११कराेड ४७ लाख ७१ हजार रहेकाे छ । प्रदेश सरकारबाट प्राप्त रकम १कराेड १ लाख ५६ हजार समानिकरण अनुदान, ३कराेड ६ लाख ९५ हजार शसर्त अनुदान, १कराेड २५ लाख समपुरक अनुदान,गत वर्षको माैज्दात ६० लाख र  १ कराेड ५ लाख आन्तरिक राजस्व संकलन गर्ने गरि नगर उप प्रमुख सरिता सिंहले उक्त वजेट नगरसभामा प्रस्तुत गरेकि हुन । बजेटमा विशेष गरि कृषि , शिक्षा ,स्वास्थ्य,राेजगारी, साँस्कृति,पर्यटन र भाैतिक पुर्वाधार निर्माणमा प्राथमिकता दिईयकाे छ । क...
महिला उद्यमीद्वारा उत्पादित घरेलु सामाग्रीकाे  प्रदर्शनी मेला सम्पन्न

महिला उद्यमीद्वारा उत्पादित घरेलु सामाग्रीकाे प्रदर्शनी मेला सम्पन्न

Breaking News, अर्थवाणिज्य, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
ललितपुर । ललितपुर महानगरपालिका वडा न १९ काे मंगलबजार पाटन दरवारकाे ह:खा टाेलमा महिला उद्यमीद्वारा उत्पादित घरेलु सामाग्रीहरुकाे प्रदर्शनी मेला सम्पन्न भयकाे छ । ललितपुरको समृद्धि ,सुशासनको आधार !सम्पदा, साँस्कृति,सहितको स्मार्ट सेवा र पुर्वाधार !! भन्ने उद्धाेषका साथ शुक्रबार देखि सुरु भयकाे मेलामा महिला उद्यमिद्वारा उत्पादनमूलक विभिन्न सामाग्रीहरुकाे प्रदर्शनी भयकाे थियाे ।ललितपुर महानगर र महिला बिकाश शाखा  पुल्चोककाे आयाेजनामा भयकाे मेलाकाे संयाेजन महानगरीय महिला उद्यमि संजालले संयाेजन गरेकाे थियाे ।  ...
अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल पुगे खप्तड

अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल पुगे खप्तड

Breaking News, पर्यटन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
धनगढी ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल  खप्तड पुगेका छन् । खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा खप्तड गयका हुन् । उक्त मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ । निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको छ। प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत नेता पनि खप्तड पुगेका हुन । यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायतका प्रदेशका नेताहरु पनि खप्तड गयका थिय। खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन...
आ.व.२०८०/०८१का लागि,१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक

आ.व.२०८०/०८१का लागि,१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार
काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत विनियोजन गरिएको छ । सो बजेटका लागि १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजस्वबाट स्रोत जुटाइने भएको छ । त्यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड तथा आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब जुटाइने लक्ष्य लिइएको छ । ...
सामुदायिक बनबाट समुदायलाई लाभ हुने कार्यक्रम ल्याउछाै : प्रधानमन्त्री दाहाल

सामुदायिक बनबाट समुदायलाई लाभ हुने कार्यक्रम ल्याउछाै : प्रधानमन्त्री दाहाल

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  वन क्षेत्रको पुनर्संरचना गरी स्थानीय, प्रादेशिक र संघीय सरकारको अधिकार तथा भूमिकाको स्पष्ट व्याख्या गर्ने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने काममा सरकार अघि बढेकाे प्रतिबद्धता व्यक्त गरेका गरे ।सामुदायिक वनबाट प्राप्त हुने लाभको सदुपयोग गरी समुदायको आयआर्जन र रोजगारी वृद्धि गर्न सरकार लागि परेको बताएका छन् । काठमाडौँमा मंगलबारबाट सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले मानव र वन्यजन्तुको अन्तरद्वन्द्व व्यवस्थापनका लागि पनि सरकारको ध्यान गइरहेको बताए । प्रधानमन्त्री दाहालले स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारले लिने करलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न पनि सरकारले पहल गर्ने आश्वासन दिए। प्रधानमन्त्री दाहालले भने, ‘मानव र वन्यजन्तुको अन्तरद्वन्द्वको व्यवस्थापनका ...
संखुवासभा हेलिकप्टर दुर्घटना ,१ जनाको मृत्यु, चार जना घाइते

संखुवासभा हेलिकप्टर दुर्घटना ,१ जनाको मृत्यु, चार जना घाइते

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ । घाइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।...
राताे मच्छिन्द्र नाथ , रथ जात्रा सुरु

राताे मच्छिन्द्र नाथ , रथ जात्रा सुरु

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरु हुने गरेको छ । रातो मच्छिन्द्रनाथ जात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो ।  याे जात्रा बिशेष गरि नेवारी समुदायको लागि प्रसिद्ध धार्मिक पर्वका रुपमा पनि लिइन्छ । उक्त जात्रा ललितपुर काे पुल्चोक देखि सुरु भई विभिन्न ठाउमा परिक्रम गरि फेरि तेहि ठाउँमा  पुर्‍याउने चलन रहेकाे बाईयकाे छ । जात्रा सुरुवाती फाेटा हरु: ...
घाँस काट्न गयकी एक महिलालाई बाघले लियाे

घाँस काट्न गयकी एक महिलालाई बाघले लियाे

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार
महेन्द्रनगर ।कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएकाे बेला बाघले लगेको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  । शुक्रवार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भएपनि नसकिएको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो  । बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।...
नयाँ वर्ष मनाउन गयका युवाकाे खाेलामा डुबेर मृत्यु

नयाँ वर्ष मनाउन गयका युवाकाे खाेलामा डुबेर मृत्यु

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । नयाँ वर्ष मनाउन गएका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए। साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए। उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।...
भेरी–बबई डाईभर्सन आयोजनाबाट  इरानी कम्पनी (एमजीसी) बाहिरिदै

भेरी–बबई डाईभर्सन आयोजनाबाट इरानी कम्पनी (एमजीसी) बाहिरिदै

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
 काठमाडौं । अमेरिकी प्रतिबन्धका कारण आर्थिक गतिविधि ठप्प भएपछि इरानी कम्पनी कर्णाली प्रदेश सुर्खेतमा संचालित भेरी–बबई डाइभर्सनबाट बाहिरिएको छ । इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) ले भेरी–बवई राष्ट्रिय गौरवको सिंचाइ आयोजनाको हेर्डवक्स गुणस्तर परीक्षण र विद्युत परियोजनाको सिभिलतर्फको कामको ठेक्का पाएको थियो । तीन वर्ष अघि ६ असोज, २०७६ मा आयोजनाको परामर्शदाताको रुपमा कुल ३४ करोड ४० लाख ९६ हजार रुपैयाँ बराबरको खरिदमा छनोट भएको कम्पनीले २४ प्रतिशत काम गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण नेपालमा कुनै आर्थिक गतिविधि गर्न पाएन । काम गरेको पैसा लिन समेत बैंक खाता खोल्न नसकेपछि आपसी समझदारीमै सम्झौता रद्द भएको आयोजनाका सूचना अधिकारी सिनियर इन्जिनियर लेखनाथ अधिकारीले बताए । गत ९ माघमा ठेक्का सम्झौता रद्द भएको हो,’ अधिकारीले भने, ‘उनीहरुले पैसा पाउन नसक्दा काम गर्न...