
याे जित अग्रगामी जन्ताकाे जित हाे , अर्थमन्त्री जनार्दन शर्मा
९ मंसिर काठमाडौं ।प्रदेशसभातर्फका दुवै सिटसहित आफू प्रतिनिधि सभामा विजयी भएका शर्माले ‘अग्रगामी जनताको जित’ को रुपमा आफूहरुको विजयी भएको बताएका छन ।
रूकुम पश्चिमबाट प्रतिनिधिसभामा भारी मतान्तरसहित विजयी भएका अर्थमन्त्री जनार्दन शर्माले रुकुमेली जनताको अपेक्षा पूरा गर्न आफू इमानदारी पूर्वक प्रयास गर्ने बताएका छन्।
हामीसँग प्रतिस्पर्धामा सहभागी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूका साथै पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, गठबन्धन नेता–कार्यकर्ता सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु,’ शर्माले भनेका छन्, ‘यो जित अग्रगामी जनताको जित हो।’
उत्पादन, रोजगार, समृद्धि सामाजिक, सांस्कृतिक रूपान्तरण अभियानमार्फत रूकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन आफूहरुको साझा प्रयास हुने उनले मतदातालाई धन्यवाद दिँदै उल्लेख गरेका छन्।अब त्यो आधारमा टेकेर कृषिलाई उद्योगसँग जोड्दै गुणात्मक विकासमा ...