३ आश्विन २०८२, शुक्रबार

समाचार

ससुराली गएर श्रीमानले गरे श्रीमतीको हत्या

ससुराली गएर श्रीमानले गरे श्रीमतीको हत्या

समाचार
काठमाडौं । श्रीमानको हमलाबाट गम्भीर घाइते बनेकी पाँचथरकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ। श्रीमानले टाउकोमा कोदालोको पासो प्रहार गरेर गम्भीर घाइते भएकी फालेलुङ गाउँपालिका –७ की २२ वर्षीया अनु राईको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। पाँचथर प्रहरीका अनुसार बिहीबार राति उनका श्रीमान महेन्द्र तामाङले टाउकोमा कोदालोको पासोले प्रहार गरेका थिए। जिल्ला प्रहरी पाँचथरका प्रमुख डिएसपी कौशल बुढाथोकीले दिएको जानकारी अनुसार पारिवारिक विवादका क्रममा राति १० बजेतिर  २७ वर्षीय महेन्द्रले अनुमाथि कोदालो प्रहार गरेका थिए। विदेश जान भन्दै केही समयअघि पाँचथरबाट काठमाडौं गएका महेन्द्र योजना विफल भएपछि गाउँ फर्केका थिए। श्रीमान विदेश जान गाउँबाट हिँडेपछि माइतमै बसिरहेकी थिइन्। अनुको  फिदिम २ स्थित माइतीघरमै उनीमाथि महेन्द्रले ज्यान लिने गरी हमला गरेका...
प्रधानमन्त्री र मन्त्रीहरूको तलबभत्ता हेरफेरको बाटो खुल्यो

प्रधानमन्त्री र मन्त्रीहरूको तलबभत्ता हेरफेरको बाटो खुल्यो

समाचार
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको तलबभत्ता हेरफेर गर्ने बाटो खुलेको छ। सरकारले केही नेपाल ऐन संशोधनमार्फत् मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०४९ संशोधन गर्दै मन्त्रीहरूको तलबभत्ता हेरफेरका लागि बाटो खोलेको हो।   मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको दफा ३ मा मन्त्रीहरूको पारिश्रमिक सम्बन्धी व्यवस्था रहेको थियो। जसमा प्रधानमन्त्रीको मासिक पारिश्रमिक ९ हजार, उपप्रधानमन्त्रीको मासिक ७ हजार ५ सय, मन्त्रीको ७ हजार, राज्यमन्त्रीको ६ हजार ७ सय र सहायकमन्त्रीको ५ हजार ८ सय हुने उल्लेख थियो। सरकारले ऐनको यही व्यवस्थालाई संशोधन गर्दै मन्त्रीहरूको तलबभत्ता राजपत्रमा प्रकाशन गरी तोकेबमोजिम दिन सकिने व्यवस्था गरेको हो। त्यस्तै ऐनको दफा ७ मा रहेको दैनिक र भ्रमण भत्ता सम्बन्धी व्यवस्था पनि संशोधन भएको छ। ऐनले दैनिक भत्ता अन्तर्गत प्रधानमन्त्र...
हातले बुनेको झोलामा लुकाएर ल्याइन् डेढ किलो कोकिन, काठमाडौं आएपछि होटलबाट पक्राउ

हातले बुनेको झोलामा लुकाएर ल्याइन् डेढ किलो कोकिन, काठमाडौं आएपछि होटलबाट पक्राउ

समाचार
काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले ठूलो परिणाममा कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलबाट ब्युरोको टोलीले एक जना भारतीय महिलालाई पक्राउ गरेको हो।   पक्राउ पर्नेमा ३५ वर्षीया रूबिना अब्दुल्लाह शेख छिन्। उनी भारत हुँदै इथोपिया र त्‍यहाँबाट कतार हुँदै मंगलबार काठमाडौं आइपुगेकी हुन्। ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार काठमाडौं ओर्लिएपछि प्रहरीको नजर उनीमाथि परेको थियो। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्युरोको टोली पनि खटिन्छन्।   ‘काठमाडौं ओर्लिएपछि उनको हाउभाउ डराएकोजस्तो देखिन्थ्यो। हाउभाउ हेरेर उनीमाथि शंका लाग्यो,’ एसएसपी कोइरालाले भने, ‘त्यसपछि टोलीले फलो गरेको हो।’ उनलाई पछ्याउँदा सिनामंगलकै एक होटलभित्र प्रवेश गरेको देखिएको थियो। होटल प्रवेश गरेपछि भने ब्युर...
विपी राजमार्गको अहिलेको अवस्था

विपी राजमार्गको अहिलेको अवस्था

समाचार
सरकारले बाढीबाट क्षतिग्रस्त विपी राजमार्गको आपतकालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकबाट यो निर्णय भएको थियो।   एक वर्षअघि बाढीले भत्काएको विपी राजमार्ग बनाउन जापानसँग सरकारले अनुदान सहायता लिने भएको हो। २०८१ असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भइ काम अघि बढाइसकिएको छ। भकुण्डेबेंसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किलोमिटर दुई लेन सडक निर्माण गर्न लागिएको हो। अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ।...
ठमेलको दोहोरी साँझबाट फेरि पक्राउ परे ‘सानुभाइ’

ठमेलको दोहोरी साँझबाट फेरि पक्राउ परे ‘सानुभाइ’

समाचार
काठमाडौं । काठमाडौंको ठमेलको दोहोरी साँझमा झगडा  गरेको आरोपमा प्रहरीले सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको छ। गएराति ठमेलको नगरकोट दोहोरी साँझबाट उनीसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए। ‘दोहोरी साँझमा झैझगडा गरेको भनेर कन्ट्रोलमा खबर आएको थियो। हुलमुलमा नियन्त्रणमा लिँदा उनी पनि रहेको देखियो। अहिले अरूको स्क्रिनिङ भइरहेको छ,’ उनले भने। अहिले उनी पक्राउ परे पनि मुद्दा चल्ने/नचल्नेबारे यकिन भइसकेको छैन। सानुभाइविरूद्ध पुराना कुनै मुद्दा बाँकी रहे/नरहेको बारेमा पनि हेरिने उनले बताए। नुवाकोट घर भएका सानुभाइ यसअघि पनि पटकपटक कुटपिटका घटनामा पक्राउ परेका थिए। २०८० माघ ६ गते पनि ठमेलको एक क्लबको पार्किङमा एक पुरूषमाथि उनको समूहले कुटपिट गरेको थियो। उनी त्यतिबेला फरार भएका...
देशभरका ६ लाख बालबालिकाको खुट्टामा बल पुर्‍याइँदै, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू)

देशभरका ६ लाख बालबालिकाको खुट्टामा बल पुर्‍याइँदै, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू)

समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार दशरथ रंगशालामा फिफा फुटबल फर स्कुल्स कार्यक्रमको औपचारिक सुरु गरेको छ। दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको सुरूवात गरेका हुन्। उनले कार्यक्रम सुरुवात गर्दै फिफालाई धन्यवाद दिए। फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित यो कार्यक्रमले विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।   यो कार्यक्रम देशभरका ७७ जिल्लाका १,०७२ विद्यालयमा सञ्चालन हुनेछ। एन्फाले एक हजार बढी विद्यालयका ४ देखि १४ वर्षका ६ लाख बालबालिकाको खुट्टामा बल पुर्‍याउने लक्ष्य लिएको छ। बिहीबार दशरथ रंगशालामा काठमाडौं, भक्तपुर र ललितपुरका दुई सय विद्यालय उपस्थित थिए। अब यो कार्यक्रम अरु जिल्लामा पनि सञ्चालन हुनेछ। कार्यक्रका लागि एन्फाले फिफाबाट प्राप्त ३२,६४० वटा एडिडास ब्रान्डका ...
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

समाचार
काठमाडौं । फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएका २८ वर्षीय राजु लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   राजुले काठमाडौं महनागरपलिका-३१ स्थित वडा एरियामा आफू काठमाडौं महानगरपालिकाको फोहोर मैलाको कर्मचारी हुँ भनि रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले हाल सम्म १३ लाख २५ हजार रूपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
लागूपदार्थसहित २३ जना पक्राउ

लागूपदार्थसहित २३ जना पक्राउ

समाचार
काठमाडौं । बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।   काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना,भद्रपुर नगरपालिका–५ मेचीपुलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बोकेका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट दुई जना कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट दुई जना, धनगढी उपमहानगरपालिका–१४ खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको हो ।   सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एक जना,ललितपुर, महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट दुई जना, पोखरा महानगरपालिका–२ बाग्लुङ बसप...
दुई मन्त्रीको गाडी एकापसमा ठोक्किए

दुई मन्त्रीको गाडी एकापसमा ठोक्किए

समाचार
काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी एकापसमा ठोक्किएका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको हो । दुईवटै गाडीमा सवार सबै सकुशल छन् ।
प्रधानमन्त्रीद्वारा सिँचाई र विद्युतगृहको उद्घाटन

प्रधानमन्त्रीद्वारा सिँचाई र विद्युतगृहको उद्घाटन

समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रानीजमरा–कुलरियाको १४ हजार तीन सय हेक्टरमा सिँचाइ पुग्ने गरी सम्पन्न सिँचाइ आयोजना र ४.७१ मेगावाट विद्युतगृह तथा प्रसारण लाइनको उद्घाटन गरेका छन् ।   प्रधानमनमन्त्री ओलीले कैलालीको चिसापानीमा पुगेर सिँचाई र विद्युतगृहको उद्घाटन गरेका हुन् ।