५ असार २०८३, शुक्रबार

समाचार

निर्वाचन विराेधी गतिविधि गरेकाे आराेपमा नेकपा बहुमतका दुई नेता पक्राउ

निर्वाचन विराेधी गतिविधि गरेकाे आराेपमा नेकपा बहुमतका दुई नेता पक्राउ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
भरतपुर :चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। धादिङ गल्छी गाउँपालिका-१ घर भई हाल चितवन भरतपुर महानगर-७ बस्ने नेकपा बहुमतका सेक्रेटरी सुमन श्रेष्ट र भरतपुर-१० बस्ने विद्यार्थी संयोजक २१ वर्षीय किरण गौतमलाई पक्राउ गरेको हो। उनीहरू दुबै जनालाई चितवन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।...
वर्तमान नेपालको संकट र दिगो निकासको खोजी: चेतनाथ चाैलागाई

वर्तमान नेपालको संकट र दिगो निकासको खोजी: चेतनाथ चाैलागाई

राजनीति, राष्ट्रिय, विचार, शिक्षा
✍️..नेपाल आज राजनीतिक रूपमा गणतान्त्रिक संरचनामा उभिएको छ, तर व्यवहारिक रूपमा गम्भीर संक्रमण र अस्थिरताको चक्रमा फसेको देखिन्छ। विगतका आन्दोलन, परिवर्तन र त्यागहरूले जनतालाई समृद्धि, सुशासन र पारदर्शिताको सपना देखाएका थिए। तर यथार्थमा आज आम नागरिक निराशा, अन्योल र असन्तुष्टिको अवस्थामा पुगेका छन्। राजनीतिक असफलताको श्रृंखला- २००७ सालपछिको बहुदलीय अभ्यासदेखि लिएर माओवादी जनयुद्ध र त्यसपछि स्थापित गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा, देशले अनेक राजनीतिक प्रयोगहरू भोगिसकेको छ। तर मूल प्रश्न यथावत् छ— किन जनताको जीवनस्तर उकासिन सकेन ? किन भ्रष्टाचार संस्थागत बन्दै गयो? किन सरकारहरू टिकाउ बन्न सकेनन्? आज अवस्था यस्तो छ कि सत्ता प्राप्ति नै दलहरूको अन्तिम उद्देश्य झैँ देखिन्छ। नीति, विचार र राष्ट्रहितभन्दा सत्ता समीकरण, गठबन्धन र पद बाँडफाँड प्रमुख प्राथमिकता बनेको छ। पर...
अरुण नदि माथिकाे बेलिब्रिज पुल भाँचियाे, एक टृक नदिमा खस्याे

अरुण नदि माथिकाे बेलिब्रिज पुल भाँचियाे, एक टृक नदिमा खस्याे

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
संखुवासभा :संखुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५, नुम र २ को सेदुवा जोड्ने अरुण नदीमाथिको बेलीब्रिज भाँचिएको हो । शनिबार (फागुन १६) बिहान ९ बजे सिमेन्ट बोकेको ट्रक पार गर्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए । बेलीब्रिज भाचिँदा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका डीएसपी मैनालीले बताए । घाइते चालकलाई प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपश्चात् काठमाडौं लैजाने तयारी भइरहेको छ । निर्माणाधीन कासुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो । बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको ...
निजी स्वास्थ्य क्षेत्रको अग्रणी संस्था ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल मा नेतृत्वको निरन्तरता : इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्वाचित

निजी स्वास्थ्य क्षेत्रको अग्रणी संस्था ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल मा नेतृत्वको निरन्तरता : इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्वाचित

समाचार, स्वास्थ
काठमाडौँ /  निजी स्वास्थ्य क्षेत्रमा प्रभावशाली उपस्थिति बनाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा नेतृत्वको निरन्तरता कायम भएको छ। व्यवस्थापन क्षमता, आर्थिक सुधार र दीर्घकालीन रणनीतिक दृष्टिका कारण चर्चामा रहेका इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ। बिहीबार सम्पन्न १४ औँ वार्षिक साधारणसभाले उहाँलाई पुनः चार वर्षका लागि जिम्मेवारी सुम्पिएको हो। स्थापनाकालदेखि नै अस्पतालको नेतृत्व सम्हाल्दै आउनुभएका कुँवरको पुनर्निर्वाचनलाई स्वास्थ्य क्षेत्रभित्र ‘स्थायित्व र रणनीतिक निरन्तरताको संकेत’ का रूपमा हेरिएको छ। चौँथो कार्यकालका लागि निर्वाचित भएपछि अध्यक्ष कुँवरले अस्पताललाई ‘विश्वस्तरीय उपचार सेवाको गन्तव्य’ बनाउने प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले सेवा गुणस्तरमा थप सुधार, अत्याधुनिक उपकरण विस्तार, विशेषज्ञ चिकित्सकको संख्या वृद्धि ...
नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्ताेलालाई रिहाइ गर्न सर्वोच्चको आदेश

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्ताेलालाई रिहाइ गर्न सर्वोच्चको आदेश

Breaking News, राजनीति, विचार, समाचार
काठमाडौं :सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोलालाई रिहा गर्न आदेश दिएको छ । सावित्री कुमारी वलीलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानत्द पाण्डेको संयुक्त इजलासले बाँस्ताेलालाई थुनामुक्त गर्न आदेश दिएको हो । निर्वाचन बहिष्कार गर्दै आएको नेकपा (बहुमत)ले फागुन ५ गते नेपाल बन्दको घोषणा गरेको थियो । यद्यपि, उक्त दिन बन्दको प्रभाव भने देखिएन । तर सार्वजनिक शान्तिविरुद्ध कसुर गरेको भन्दै प्रहरीले सोही दिन साँझ बाँस्तोलालाई नियन्त्रणमा लिएको हो । निर्वाचन बहिष्कार गर्दै आएका दुर्गा प्रसाई त्यसैको अघिल्लो दिन (फागुन ४ं) गते पक्राउ परेका थिए । प्रसाईको समूहले पनि नेपाल बन्दको मौका छोपेर विभिन्न ठाउँमा आतंक मच्चाउने योजना बनाएको सूचना चुहिएपछि उनी भक्तपुरस्थित निजी निजासबाटै समातिएका हुन् ।...
कर्णालीलाई पाँच वर्ष परिवर्तनको बर्ष बनाऊ – गगन थापा

कर्णालीलाई पाँच वर्ष परिवर्तनको बर्ष बनाऊ – गगन थापा

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णालीलाई पाँच वर्ष परिवर्तनको बर्ष बनाउन आग्रह गरेका छन । बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कर्णालीको विकासको फेरिहिस्त आफूसँग रहेको दाबी गर्दै नयाँ प्रयोग नगर्न समेत आग्रह गरेका छन । उनले भने `मेरो आग्रह छ, पाँच वर्ष अर्को प्रयोग नगरौँ , पाँच वर्ष परिवर्तनको वर्ष बनाउने हो,´तर त्यसका लागि सोच चाहिने उनले बताए । ‘कर्णालीका बारेमा बोल्दैगर्दा साथीहरू मुद्दा दिनुभएको छ । तर म पढेर भन्दिनँ,’ उनले भने । कर्णालीका बारेमा धेरै कुरा भन्न सकिने उनले बताए । कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ ,कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ । राराका बारेमा कविता भन्न सकिन्छ,’ सभापति थापाले भने,‘यहाँको स्याउँको कथा भन्न सकिन्छ, यहाँको यार्सागुम्बाको कथा भन्न सकिन्छ...
मधेश केन्द्रित एजेन्डासहित भरत गिरीको जनतासँग प्रत्यक्ष संवाद

मधेश केन्द्रित एजेन्डासहित भरत गिरीको जनतासँग प्रत्यक्ष संवाद

समाचार
काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मधेश प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार भरत गिरी यतिबेला मधेश प्रदेशमा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रिय रूपमा अघि बढिरहेका छन। मधेश र यहाँका जनताको उन्नति तथा प्रगतिलाई मुख्य एजेन्डा बनाउँदै उनी गाउँ–गाउँ, टोल–टोलमा पुगेर मतदाता भेटघाटमा व्यस्त छन। भरत गिरी मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर जनमानसका गुनासा, सुझाव तथा अपेक्षा संकलन गर्दै चुनावी कार्यक्रममा सहभागी भइरहेका छन। उनका अनुसार अभियानलाई प्रभावकारी र सफल बनाउन केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, जिल्ला तथा स्थानीय तहका कार्यसमिति, उम्मेदवार र भ्रातृ संगठनहरूले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। अध्यक्ष गिरीले वर्तमान समयमा कृषि उत्पादन वृद्धि, किसानमुखी नीति अवलम्बन, ऊर्जा तथा पानीको सदुपयोग, शिक्षा र स...
पूँजी बजारलाई थप सुदृढ, पारदर्शी र लगानीमैत्री बनाउन “एक कम्पनी, एक आईएसआईएन” को नीति अवलम्बन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पूँजी बजारलाई थप सुदृढ, पारदर्शी र लगानीमैत्री बनाउन “एक कम्पनी, एक आईएसआईएन” को नीति अवलम्बन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थवाणिज्य, समाचार
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पूँजी बजारलाई थप सुदृढ, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक रहेको औंल्याउनुभएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड द्वारा आयोजित प्रस्तावित धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ सम्बन्धी मस्यौदामाथि आयोजित अन्तरक्रिया कार्यक्रममा विशिष्ट वक्ताका रूपमा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो। निजी क्षेत्रको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा उहाँले पूँजी बजार सुधारका लागि एकीकृत नीति आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले विकासोन्मुख देश नेपालका लागि पूँजी बजार आर्थिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसले बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन, उद्योग-व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रस्तावित निर्देशिका बजारलाई जटिल बनाउने होइन, तरल, सुरक्षित र ...
धादिङमा बस दुर्घटना १७ जनाकाे ज्यान गयाे, २४ जना घाइते

धादिङमा बस दुर्घटना १७ जनाकाे ज्यान गयाे, २४ जना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
धादिङ :पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भयका छन । पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति साढे १ बजेतिर त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये १ महिला र १ पुरुष विदेशी नागरिक रहेका छन् । ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी छ ।  घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरेको प्रहरीको भनाइ छ । केही घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने धेरैजसोलाई काठमाण्डौ पठाइएको छ ।...
नेपाल बनेपा बहुप्राविधिक शिक्षालय विवाद : ६०१ विद्यार्थीको भविष्य अन्योलमा

नेपाल बनेपा बहुप्राविधिक शिक्षालय विवाद : ६०१ विद्यार्थीको भविष्य अन्योलमा

समाचार
राजन थापा बनेपा, काभ्रेपलाञ्चोक – बनेपा नगरपालिकाले नेपाल बनेपा बहुप्राविधिक शिक्षालय रहेको भवन तथा शिक्षालयले प्रयोग गर्दै आएको जग्गा नगरपालिका मातहत ल्याई सो स्थानमा नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा तीव्र विरोध सुरु भएको छ। नगरसभाको मिति २०८२ पुस ३० गते बसेको १७औँ अधिवेशनले वडा नं. ५ अन्तर्गत सञ्चालनमा रहेको शिक्षालयको भवन र सम्पूर्ण जग्गा नगरपालिका मातहत ल्याउने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि शिक्षालयका पठनपाठन कार्यक्रम अन्यत्र वैकल्पिक स्थानमा सारिने र हाल प्रयोग भइरहेको स्थान खाली गरिदिन प्रशासनलाई पत्राचारसमेत गरिएको छ। उक्त पत्र नगर प्रमुख शान्ति रत्न शाक्यद्वारा हस्ताक्षरित छ। ६०१ विद्यार्थीको भविष्य के होला ? हाल शिक्षालयमा अध्ययनरत ६०१ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अभिभावक,...