नेपाल चाइल्ड स्टार–२०८२: ज्योति बम्जन र अयान तिवारी मुख्य उपाधि विजेता, विभिन्न विधामा अन्य बालप्रतिभा सम्मानित
काठमाडौं । नेपाल चाइल्ड स्टार–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। देशभरबाट सहभागी भएका बालप्रतिभाहरूबीच भएको प्रतिस्पर्धामा ज्योति बम्जन र अयान तिवारीले मुख्य उपाधि जित्दै कार्यक्रमको केन्द्रबिन्दु बने। उनीहरूले आफ्नो आत्मविश्वास, प्रस्तुतीकरण, व्यक्तित्व र प्रतिभाका आधारमा निर्णायक मण्डलको मन जित्न सफल भएका हुन्।
प्रतियोगितामा मुख्य उपाधिसँगै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकाहरूलाई उप–उपाधिहरू प्रदान गरिएको थियो। कार्यक्रममा यानि पाण्डेयाले “Best Smile”, कमाक्षी श्रेष्ठले “Best Walk” र स्तुति खड्काले “Best Discipline” उपाधि जितिन्। त्यसैगरी जियाना बम्जनलाई “Time Punctual” र आर्याश्री पाण्डेयलाई “Best Attitude” उपाधि प्रदान गरियो।
मुख्य विजेता ज्योति बम्जनले “Best Costume” उपाधि समेत हात पारिन् भने उर्बिका रुपाखेतीले “Best Communication Skill” जितिन्। आरोही कटवालले “Best Stage...









