
सेयर बजारको आकार पुग्यो ५० खर्ब, बन्यो नयाँ रेकर्ड
काठमाडौं । नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दु रहेर बजार बन्द हुँदा सेयर बजारको आकार पहिलो पटक ५० खर्ब रूपैयाँ पुगेको छ।
बजार लगातार बढ्न थालेसँगै सेयर बजारको आकार (बजार पुँजीकरण) ले नयाँ रेकर्ड बनाएको हो।
बजार पुँजीकरणलाई सेयर बजारमा रहेको लगानीकर्ताहरूको सम्पत्ति समेत भनेर बुझिन्छ।
सेयर मूल्यमा आउने उतारचढावको आधारमा यसमा घटबढ भने भइरहन्छ। लगानीकर्ताले सेयर बिक्री गरेर हात पार्ने रकम नै उसको वास्तविक सम्पत्ति हुन्छ।
मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा ३००२.०७ विन्दुमा आएको थियो। नेप्सेले एक वर्षअघिको उच्च विन्दु पार गरेको हो।
२०८१ साउन ३१ मा नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो। त्यसैले मंगलबार नेप्से करिब चार वर्षयताकै उचाइमा आइपुगेको हो। यसअघि नेप्से २०७८ भदौ १० गते ३०९४ मा बन्द भएको थियो।
मंगलबार कारोबार रकम भने अघिल्लो दिनको...