११ माघ २०८१, शुक्रबार

समाचार

६० किलो सुन प्रकरणमा २५ जनालाई जेल पठाउने आदेश

६० किलो सुन प्रकरणमा २५ जनालाई जेल पठाउने आदेश

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौँ। जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुवर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पुवर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले बताए । अदालतले भोजपुर अरुण गाउँपालिका–४का हर्कराज राई, चिनियाँ नागरिकहरु याओ पुचेङ ‘एलेक्स’, केटीबी रेष्टुरेण्ट सञ्चालक टीयान मी, वेन तोङ, एयरपोर्टबाट सुन ओसार्ने डीङ सेग्फा, ली–नेङकाई र ली वेन सुङ्ग लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । यस्तै, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्व पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । यसैगरी कृष्ण कुमार श्रेष्ठ, पुस्करराज भट्टसहित भन्सार एजेन्टहरु राजेन्द्रकुमार राई...
प्रधानमन्त्री दाहाल भुकम्पले क्षतिग्रस्त स्थल बझाङ जाँदै

प्रधानमन्त्री दाहाल भुकम्पले क्षतिग्रस्त स्थल बझाङ जाँदै

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" आज भुकम्पले क्षति ग्रस्त भयकाे ठाउँमा, स्थलगत अध्यनका लागि बझाङ जादैछन । प्रधानमन्त्री सहित १८ जनाकाे टाेलि आज बझाङ जादै छ । प्रधानमन्त्री का साथमा उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ ,परराष्ट्रमन्त्री एनपि साउद , सांसद भानुभक्त जाेशी, गृह सचिव , राष्ट्रिय बिपद् जाेखिम न्युनिकरण प्राधिकरणका प्रमुख लगायतकाे टिम जादैछन । गत मंगलबार बझाङको तालकोट केन्द्रविन्दु भएर ५.३ र चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्प मा परि २७ जना घाइते भयका छन भने एक जनाकाे मृत्यु भयकाे छ । प्रदेश भरि ७६ वटा निजि घर तथा एउटा  सरकारी कार्यलय पुर्ण रुपमा क्षति भयकाे छ भने ३ सय १ निजि घर र ३२ वटा सरकारी कार्यलयमा आंशिक क्षति पुगेकाे सुदुरपश्चिम  कार्य संचालन केन्द्रले जनायकाे छ । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प जाने क...
स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनमा उत्रिए

स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनमा उत्रिए

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । देशै भरिका स्थानिय तहका कर्मचारीहरु काठमाडौंमा भेला भई आन्दोलनमा उत्रिएका छन्। "प्रशासनिक संघियता पुर्ण कार्यन्वयनकाे आधार,तिनै तहका कर्मचारीहरुकाे समान अधिकार" भन्ने मुल नारा सहित स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिकाे आयाेजनामा वृहत् दबाब मुलक कार्यक्रम बिहिवार काठमाडौंकाे माईतिघर मण्डला बाट नारा जुलुस सहित बबरमहल, बिजुली बजार हुँदै बानेश्वर पुगेकाे छ। सातै वटा प्रदेश बाट आयका कर्मचारी हरुले प्रदेश अनुसार कालाे ब्यानर सहित प्रदर्शन मा सहभागी भयका छन ।दशै तिहार जस्ता महत्त्वपूर्ण चाँड पर्वहरु नजिकिदै गर्दा स्थानीय तहका कर्मचारी हरु आन्दोलनमा उत्रिए पछि सर्वसाधारण हरुमा पर्ने असुबिधाकाे जवाफ देहिता काे हुने ? केही समय अघि शिक्षक र डाक्टरहरुकाे आन्दोलन सेलाउन नपाउदै कर्मचारीहरु पनि सडकमै आन्दोलनमा उत्रिए पछि अब साच्चिकै सरकारले यति धेरै सास्ती पाउनु पर्ने हाे त ? ...
जाजरकोटमा एकजना ब्यापारी माथि लुटपाट, लुटेरा प्रहरी नियन्त्रणमा

जाजरकोटमा एकजना ब्यापारी माथि लुटपाट, लुटेरा प्रहरी नियन्त्रणमा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट मा एक जना ब्यापारी लाई लुटपाट गरि घाइते अवस्था छाेडेर लुटेर भागेकाे अवस्थामा पाँच दिन पछि प्रहरीले नियन्त्रण लिई जिल्ला प्रहरी कार्यलय जाजरकोट पुर्‍याउयकाे छ । जिल्लाको छेडागाड नगरपालिका वडा न-७ र जुनिचाँदे गाउँपालिकाकाे सिमाना पर्ने हाडेखाेला भन्ने ठाउँमा २०८०असाेज ४ गते साझ ८:३० बजेकाे समयमा एक्कासि अज्ञात दुईजना अन्दाजी २०,२५ बर्षका दुइटा केटाहरुले एक्कासी एक जना ब्यापारी कुशे गाउपालिका २ घाेर्ले बस्ने बर्ष ५६ का डिल्लि बहादुर सिंह माथि आक्रमण गरि उनी संग भयकाे नगत एक लाख बीस हजार रुपैयाँ ,डेड ताेला सुन र एउटा आईटियल टचिङ्ग माेबाईल लुटपाट गरि ब्यापारी सिंहलाई कुटपिट गरि बेहाेस अवस्थामा छाेडेर भागेका थिय। बिलेट र धारिलो हतियारले खुट्टामा काटेर भागेकाे र आफू बेहाेस भई ढलेकाे र करिव दुई घण्टा पछि हाेसमा आउदा उनिहरु भागिसकेकाे  पिडित सिंहकाे भनाइ छ । घटना भयका...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कमिटीकाे दाेश्राे बैंठक सुरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कमिटीकाे दाेश्राे बैंठक सुरु

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक काठमाडौँमा सुरु भएको छ । काठमाडौंको घट्टेकुलोस्थित "इच्छुक सांस्कृतिक प्रतिष्ठान"मा मंगलबार बाट सुरु भएको बैठक आगामी शनिबार सम्मा चल्ने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले संगठन, संघर्ष, पार्टीको आगामी महाधिवेशन र तात्कालिक राजनीतिक कार्यनीतिको विषयमा केन्द्रित रहेर एजेण्डासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिय। बैठकमा अध्यक्ष किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि कार्यालय सदस्य, सचिवालय सदस्य र महाधिवेशन आयोजक समितिका सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । प्रतिवेदनमाथि नेताहरुले धारणा राखिसकेपछि अध्यक्ष किरणले स्पष्टीकरण दिने र प्रस्तुत एजेण्डामाथि आवश्यक छलफलसहित ठोस निर्णय गरी बैठक सम्पन्न हुने सम्बद्ध पार्टी कार्यालयले जानकारी दिएको छ । राजनीतिक प्रतिवेदन...
सुदुरपश्चिमकाे बझाङ केन्द्र बिन्दु भयर ६.३ रेक्टर स्केलकाे भुकम्प गयाे

सुदुरपश्चिमकाे बझाङ केन्द्र बिन्दु भयर ६.३ रेक्टर स्केलकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं ।आज दिउसाे सुदुरपश्चिम केन्द्र बिन्दु भयर भुकम्प गयकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हाे ।त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिए । स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।...
नेकपा एमाले कर्णाली प्रदेश कमिटी, अध्यक्ष मा गुलाव जंग शाह विजयी

नेकपा एमाले कर्णाली प्रदेश कमिटी, अध्यक्ष मा गुलाव जंग शाह विजयी

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
सुर्खेत ।नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह बिजयी भयका छन । ५८० सदर मत मध्य शाहले ३६९ मत पाई बिजय भयका छन् ।निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत मात्रै पाएका छन् भने अर्का उम्मेदवार प्रकाश राेकायले ४ मत मात्र पायका छन । अन्तिम परिणाम जम्मा खसेको मत ६०४ मध्य सदर मत जम्मा ५८० थिय भने  २४ मत बदर भयका छन्। उपाध्यक्ष पदका उम्मेदवार ,टेकराज पछाईले ३४२,दानसिंह परिवार ५९, र लाल बहादुर महतारा  १७६,मत प्राप्त गरेका छन । सचिवमा ,ध्रुव बहादुर शाही ४०६,रुद्र वहादुर शाही १६९,उपसचिवमा उज्जन बहादुर शाह ५६,तेज कुमार बि क ७७,धिरेन्द्र गिरी ५२,नारायण बहादुर शाह ३४,पद्मामा खड्का १५१,मेनका पछाई ९६,रमेश,कुमार शाही २६६,रविन्द्र राज शर्मा  ३०० र बखत बहादुर भण्डारी ३४ मत प्राप्त गरेका हुन।...
उर्जा मन्त्री बस्नेतद्वारा जिल्ला अस्पताल काे भवन उद्घाटन

उर्जा मन्त्री बस्नेतद्वारा जिल्ला अस्पताल काे भवन उद्घाटन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट। उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईतबार जिल्ला अस्पताल जाजरकोटको भवन उद्घाटन गरेका छन् । ५० शैयाको नवनिर्मित भवन मन्त्री बस्नेतले आईतबार उद्घाटन गरेका हुन् । अस्पतालको नवनिर्मित भवनबाट स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी सम्बन्धिका स्वास्थ्य सेवाहरु संचालन गर्न आवश्यक जनशक्ति र उपकरणहरको व्यवस्थापन गरिने मन्त्री बस्नेतले भनाई राखेका थिए । सामान्य रोगको उपचार गर्न चौरजहारी, सुर्खेत, नेपालगञ्ज, काठ्मान्डौ जानुपर्ने बाध्यताको अन्त्य गरिने मन्त्री बस्नेतले प्रतिवद्धता व्यक्त गरेका थिए । संघीय सरकारसँग समन्वय गरेर जाजरकोट जिल्ला अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको ब्यवस्थापन गर्ने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले भनाई राखेका थिए । भवन उद्घाटन कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यवस्थापक डाक्...
शिक्षक आन्दोलन र शिक्षा :

शिक्षक आन्दोलन र शिक्षा :

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
नेपालमा शिक्षक आन्दोलन कहिलेदेखि सुरु भयो र कहिलेसम्म चलिरहन्छ कुनै अनुमान गर्न सकिँदैन । एउटा कुरा चाहिँ के सत्य हो भने जबसम्म शिक्षकहरुले पेसागत हकहीतका लागि सडकको साहरा लिइरहनुपर्ने हुन्छ तबसम्म शिक्षामा परिवर्तनको अपेक्षा नगर्दा हुन्छ। किनभन्दा पेसागत हकअधिकारको सुनिश्चितता नभएको शिक्षकले पहिलो आफ्नै जागिरको चिन्ता गर्दछ । त्यसपछि मात्र विद्यालय, कक्षाकोठा र विद्यार्थीको भबिष्यकाे चिन्ता गर्नसक्छ । शिक्षकको आँखामा आँसु, मुटुमा पीडा र मस्तिष्कमा तनाब भइरहेसम्म हाम्रो शिक्षा राम्रो हुनसक्ने देखिँदैन । १, शिक्षक आन्दोलन किन भइरहन्छ ? पचासौँ वर्षसम्म उही प्रकृतिको शिक्षक आन्दोलन किन ? शिक्षक आन्दोलनले किन विरासत प्राप्त गर्न सकेन ? पेसागत अधिकारका लागि एउटा शिक्षकले जीवनभर लडिरहनु पर्ने किन ? नमागेसम्म नपाइने, पेसागत अधिकारको लडाइमा सडकमा सुतिरहनु पर्ने सूत्रले शिक्षा राम्रो हुने कल्पन...
जाजरकोट खलंगामा “सिचाइ तथा नदि ब्यवस्थापन कार्यलय” स्थापना

जाजरकोट खलंगामा “सिचाइ तथा नदि ब्यवस्थापन कार्यलय” स्थापना

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । नेपाल सरकार, उर्जा, जलश्राेत तथा सिचाइ मन्त्रालय, जलश्राेत तथा सिचाइ बिभाग अन्तर्गत "सिचाइ तथा नदि ब्यवस्थापन आयाेजना"काे कार्यलय जाजरकोट खलंगामा उद्घाटन गरि स्थापना गरियकाे छ । नेपाल सरकारका उर्जा, जलश्राेत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री वेदराज सिंह, पुर्व शान्ति मन्त्री सत्या पहाडी र प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे बिशेष उपस्थितिमा भेरि नगरपालि -३ खलंगामा आयाेजनाकाे कार्यलय उद्घाटन गरियकाे हाे । उक्त आयाेजना काे कार्यलय स्थापना भय पछि जाजरकोट र आसपासका जिल्ला हरुले सिचाइ र नदि नियन्त्रण सम्बन्धि अब नजिकैबाट सुबिधा पाउने बिस्वास लिईयकाे छ ।जाजरकोटमा याे भन्दा अगाडि मन्त्रालय अन्तर्गत सिचाइ सम्बन्धि का बृहत जलाधार ब्यवस्थापन कार्यलय र खानेपानि तथा उर्जा बिकास कार्यलय रहेका छन ।  ...