११ माघ २०८१, शुक्रबार

समाचार

भारतकाे बिहारमा रेल दुर्घटना हुदा ६ जनाकाे मृत्युु सयाैं घाइते

भारतकाे बिहारमा रेल दुर्घटना हुदा ६ जनाकाे मृत्युु सयाैं घाइते

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ । सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।  ...
क्रान्तिकारी युवा संगठनले बुझायाे जिल्ला प्रशासन कार्यलय जाजरकोटमा सात बुदे माग पत्र

क्रान्तिकारी युवा संगठनले बुझायाे जिल्ला प्रशासन कार्यलय जाजरकोटमा सात बुदे माग पत्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन , क्रान्तिकारी युवा संगठन नेपाल जाजरकोटले जिल्ला प्रशासन कार्यलयमा सात बुदे माग पत्र पेश गरेकाे छ । संगठन का जिल्ला संयाेजक तथा केन्द्रीय सदस्य पदम हमालद्वारा हस्ताक्षरित माग पत्रमा भनियकाे छ " क्रान्तिकारी युवा संगठन नेपाल राष्ट्रियता र स्वाधीनता काे बिषय लियर निरन्तर अगाडि बढिरहेको छ ,देश समस्याको चाङ्गमा फसेकाे छ ,मुलुकको अर्थतन्त्र काे भबिस्यमाथि कालाे बादल मडारिरहेकाे छ, देश बिकास काे मेरुदण्ड युवाहरू बिदेसिनु , देशमा भ्रष्टाचार वेतिथि र अराजकता माैलाउनु ,शिक्षा र स्वास्थ्य जस्ताे क्षेत्रमा अनियमितता बढ्नु र महंगिले जन्ता बाच्न नसक्ने अवस्था पुग्नुले देश यतिबेला गम्भीर संकटमा पुगेकाे छ । यसै बिषयलाई मध्यनजर गर्दै , दशै, तिहार जस्ता चाडपर्व काे अवसरमा हुने विभिन्न किसिमका अनियमितता र अनिन्त्रित बिषय बस्तुलाई नियन्त्रण गर्...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
ललितपुर ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, केन्द्रीय कमिटी काे दाेश्राे पुर्ण  बैंठकका निर्णय सार्वजनिकरण गर्न पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयकाे छ । असोज १६ देखि २१ गतेसम्म बसेको केन्द्रीय समितिको बैंठकका निर्णय सार्वजनिक गर्न बुधबार ललितपुरकाे कोपुन्डोल पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ कार्यालय सदस्य गौरवले पत्रकारको प्रश्नको जबाफ दिँदै भने, ‘राष्ट्रिय राजनीतिक सम्मेलन चुनावभन्दा ठीक उल्टो बाटो हो । सांसदबादिहरुले गर्ने चुनावको बाटो गोलचक्करको बाटो हो । राष्ट्रिय राजनीतिक सम्मेलनले प्राप्त उपलब्धिको रक्षा पनि गर्छ र नयाँ प्राप्ति गर्ने जनसंविधान निर्माण गर्दै जनगणतन्त्र स्थापना गर्छ ।’ गाैरवले बताय । सङ्कटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजन...
चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोटको कुशे गाउँपालिका पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । कृषि, पर्यटन र खानी खनिजका क्षेत्रमा विकासको फड्को मार्दै गरेको कुशे गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षका रूपमा हरिचन्द्र बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित बस्नेतसँग  कुराकानी : जनप्रतिनिधिका रूपमा एक वर्षको अनुभव कस्तो रह्यो ? पालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि विगतकै कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । अनुभवका हिसाबले जनताको अपेक्षा र हाम्रो पालिका, प्रदेश र सङ्घबाट आउने बजेटको मात्राले ती अपेक्षा पूरा गर्न नसकिने खालका छन् । योजनाको प्राथमिकीकरण गरी एक वडामा एक प्रभावकारी योजना सञ्चालन गर्न सके प्रभावकारी हुने थियो । पालिकामा देखिने खालका वर्षमा चार/पाँच वटा मात्र योजना छनोट गरेर कार्यान्वयन गर्दा पालिकालाई राम्रो हुने अनुभव मैले गरेको छु ...
जाजरकोटमा अरिङ्गालकाे टाेकाई बाट दुई बालिकाको ज्यान गयाे, एक घाईते

जाजरकोटमा अरिङ्गालकाे टाेकाई बाट दुई बालिकाको ज्यान गयाे, एक घाईते

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट। जिल्लाको कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। घाइते ९ महिने निर्जला सिंहको उपचारका लागि छेडागाड नगरपालिकाको थलहमा लैजाँदै गर्दा बाटोमै सोमबार बिहान ४ बजे मृत्यु भएको थियो भने अर्की ३ वर्षीया सुस्मिता सिंहको आइतबार बेलुकी ९ बजे नै मृत्यु भएको टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए। बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंह समेत अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकी हुन्। ​ गाइगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालको टोकेको थियो।...
३२ जना नेपालीलाई इजरायली सेनाले सुरक्षित स्थानमा लियकाे छ

३२ जना नेपालीलाई इजरायली सेनाले सुरक्षित स्थानमा लियकाे छ

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ । नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार जनालाई कादोस फर्मबाट उद्धा गरिएको छ । यस्तै थप चार जनालाई रचमिम मुग्रबी फर्म र तीन जनालाई शोह्रासिम कृषि फर्मबाट उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नाम कृषि फर्म र ठेगाना: १,रमेशबहादुर कार्की – बेनी अमार कृषि फर्म – बडिमालिका ७, बाजुरा २,बिनोद प्रसाद शाह – बेनी अमार कृषि फर्म – गढिमाई ४, रौतहट ३,आभास भट्टराई – बेनी अमार कृषि फर्म – टीकापुर १, कैलाली ४,नरेश सिंह भण्डारी – बेनी अमार कृषि फर्म – कृष्णपुर २, कञ्चनपुर ५,लोकेन्द्र बिष...
क्रान्तिकारी युवा संगठन नेपालले जि.प्र.का.बाँके समक्ष सात बुदे माग पत्र पेस गरेकाे छ

क्रान्तिकारी युवा संगठन नेपालले जि.प्र.का.बाँके समक्ष सात बुदे माग पत्र पेस गरेकाे छ

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
नेपालगन्ज /बाँके। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काे सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले बांके जिल्ला प्रशासन कार्यलयसमक्ष सात बुँदे माग पत्र पेश गरेकाे छ । आईतवार संगठन का बाँके जिल्ला संयोजक राजु चाैधरी द्वारा हस्ताक्षरित माग पत्रमा भनियकाे छ "देश यतिबेला समस्या हरुको चाङ मा फसेको छ। अर्थतन्त्र को भविस्य माथी कालो बादल मडारिरहेको छ। देश विकास को मेरुदण्ड युवा शक्ति लाखौं को संख्यामा विदेश मा छ र विदेश पलायन हुनेको संख्या पनि डरलाग्दो गरि बढिरहेको छ।भ्रष्टाचार,कमिसन,ठगी,बलात्कार,हत्या,हिंसाजस्ता अपराधहरु दिनप्रतिदिन बढदैगैरहेका छन। शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम ठगिबढीरहेको छ।महँगी को मारले निम्न आए भएका जन्ता बाँच्नै नसक्ने परिस्थितिमा पुगेका छन।असमान सन्धि सम्झौता ले राष्ट्रको भबिस्य र राष्ट्रियता गम्भीर संकट मा छ। यो गम्भीर परिस्थितिमा बिच नजिकिदै गरेको दशै तिहार ...
हमासले इजरायलमाथि आक्रमण गरे पछि १० जना नेपालीकाे मृत्यु भयकाे पुष्टि भयकाे छ

हमासले इजरायलमाथि आक्रमण गरे पछि १० जना नेपालीकाे मृत्यु भयकाे पुष्टि भयकाे छ

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो। करिब १० जना नेपालीको हताहती भएको देखिएको छ। हामी यकिन संख्या र उनीहरू विस्तृत विवरण पुष्टि गरिरहेका छौं,परराष्ट्र उच्च स्रोतले भन्यो,‘मृतकको शव संकलनको काम भइरहेको छ। शवहरू नेपाल ल्याउने विषयमा भोलि बैठक बसेर निर्णय गर्छौं।’ हमासले गरेको आक्रमणमा विशेष गरी  सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्। शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो। आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली ...
नयाँ नाेट सटही सुविधा असाेज २९ देखि

नयाँ नाेट सटही सुविधा असाेज २९ देखि

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।नेपाल राष्ट्र बैंकले दसैँ, तिहार लगायत चाडपर्वलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे दाेश्राे पुर्ण बैंठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे दाेश्राे पुर्ण बैंठक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय महाधिवेशन आयाेजक कमिटीको दाेश्राे पुर्ण बैंठक सम्पन्न भयकाे छ । काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा मंगलबार (असोज १६) बाट सुरु भएको बैठक आज दिउसाे १२ बजे सकियकाे हाे। बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले संगठन, संघर्ष, पार्टीको आगामी महाधिवेशन र तात्कालिक राजनीतिक कार्यनीतिको विषयमा केन्द्रित रहेर एजेण्डासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने बैठकमा अध्यक्ष किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि कार्यालय सदस्य, सचिवालय सदस्य र महाधिवेशन आयोजक समितिका सदस्यहरुले धारणा राखेका थिय। प्रतिवेदनमाथि नेताहरुले धारणा राखिसकेपछि अध्यक्ष किरणले स्पष्टीकरण र प्रस्तुत एजेण्डामाथि स्पष्टता गरेका थिय । बैंठकले आगामी जेठकाे अन्तिम सातामा महाधिवेशन गर्ने निर्णय गरेकाे छ।अध्यक्ष वैद्यले प्रस्तुत गरे...