काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ किलोग्राम सहित २ जना भारतीय नागरिक बिहीबार दिउँसो पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मुम्बई ठेगाना भएका २५ वर्षीय Mohammad Anwar Mohammad Bakar Mirza र ५० वर्षीया Raziabano Sayed रहेका छन् ।
थाइ एयरको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थलको आगमन भन्सार एरियामा एक्सरे मेसिनद्वारा स्क्रिनिङ गर्ने क्रममा उनीहरूको साथमा रहेको सुटकेशबाट उक्त बस्तु फेला परेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।