बाँके : समाजवादी कम्युनिस्ट पार्टी नेपालले आज देशै भरि जन अभियान उद्घाटन गरेकाे छ ।
पुर्ण बहादुर सिंह “समरजंङग” नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टीले आज देशै भरिका ७ वटा ठाउबाट एकै साथ जन अभियान उद्घाटन गरेकाे हाे,जन्तामा जाओै ! जन्ताकाे सेवा गराै !! “मेची-महाकाली जनअभियान” एकै साथ आज गण्डकी ब्युरोकाे पाेखरा, भेरि कर्णाली ब्युरो अन्तरगत बाँकेकाे काेहलपुर, लुम्बिनी ब्युरोकाे बुटवल,नारायणीकाे मकवानपुर,सुदुरमश्चिमकाे कैलाली, धनुषाकाे महेन्द्रनगर लगायतका ठाउमा विभिन्न नेता हरुकाे उपस्थितिमा उक्त अभियान उद्घाटन गरियकाे पार्टीका पाेलिटब्युराे सदस्य तथा कार्यालय सचिव मन्जिलले जानकारी दिनु भयाे ।
पहिलाे चरणको अभियान तराईका जिल्लाहरु, दाेश्राे चरणमा पहाडी जिल्ला र तेश्राे चरणमा हिमाली जिल्लाहरुका बिभिन्न बस्तिहरुमा पुगेर जनसेवा गर्नुका साथै पार्टी कमिटी र जवस माेर्चाहरु काे संगठन निर्माण गर्ने रहेकाे नेता मन्जिलले बताए ।
गणतन्त्रवादि र राजावादीले आज राजधानीमा शक्ति प्रदर्शन गरे संगै ठुलाे जनधनको क्षति भयकाे छ । समाजवादी कम्युनिस्ट पार्टीले देशका महत्त्वपूर्ण ठाउँमा उक्त अभियान उद्घाटन गरेर भनेका छन- कथित राजावादी र गणतन्त्रवादिहरुकाे आजकाे याे प्रदर्शन केवल संसदीय ब्यवस्थाकाे असफलताका परिणाम हुन, देश र जन्ता प्रतिकाे ठुलाे घात गरेकाे उक्त पार्टीका नेताहरुले आराेप लगायका छन ।
विभिन्न ठाउँमा गरियका कार्यक्रमहरुका तस्बिरहरु :