१९ चैत्र २०८१, मंगलवार

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय शनिबार बैठक बोलाएको छ। रास्वपाले अहिले बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरेको हो।   विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिस झाले जानकारी दिए।   उनका अनुसार आकस्मिक अवस्थामा बसेकाले यो बैठक भर्चुअल माध्यमबाट हुनेछ।