काठमाडौं । बिहीबारकोे तुलनामा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।
त्यस्तै, चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।