१९ चैत्र २०८१, मंगलवार

माओवादी पार्टी कार्यालय छिर्ने प्रयास गर्दै प्रदर्शनकारी

काठमाडौं । काठमाडौंको तीनकुनेबाट तितरबितर राजावादी समर्थक प्रदर्शनकारीहरू कोटेश्वरमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

 

तीनकुनेको प्रदर्शन र सभा बिथोलिए पछि उनीहरू त्यसतर्फ लागेका हुन् ।

 

उनीहरूले पेरिसडाँडा आसपास क्षेत्रमा गाडीमा तोडफोड र आगजनी गरेका छन् । जसका कारण सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।