
बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको तयारी पुरा
काठमाडौं । वैशाख ११ गतेदेखि सुरु हुने काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको आवश्यक तयारी पुरा भएको आयोजक पक्षले जानकारी गराएको छ ।
बैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले जानकारी गराएको हो ।
अघिल्लो बर्ष सम्म स्थानिय सरकार अन्र्तगत समिति बनाएर स्थानियलाई सदस्यको रुपमा मात्र कार्यगर्न दिने गरेको भए पनि यसपालि स्थानियबाटै समिति बनाएर स्थानिय सरकार र सम्बन्धित निकायहरुलाई पदेन सदस्य रहने ब्यवस्था गरि यो बर्ष बालाजु बाइसधारा मेला व्यवस्थापन समितिको नेतृत्व गर्ने जिम्मा स्थानिय समाजसेवी गौतम प्रजापतिलाई दिईएको छ ।
मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिले आफ्नो तर्फबाट गर्नुपर्ने काम पुरा गरेको मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रज...