सेफ्स एसोसिएसन अफ नेपालले विविध कार्यक्रम गर्दै ३०औं वार्षिकोत्सव मनाउने
काठमाडौं, बैशाख २० – नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपाल (छेफ्स आस्सोचिअतिओन ओफ णेपल्) ले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नो ३०औं वार्षिकोत्सवको विविध कार्यक्रमबारे जानकारी गराएको छ।
रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले कार्यक्रममा देश तथा विदेशका विशिष्ट पाहुनाहरूको उपस्थिति रहने जानकारी दिनुभयो। साथै, कार्यक्रममा नेपाली परम्परागत खानाका विविध स्वादसमेत प्रस्तुत गरिनेछ।
उहाँका अनुसार वार्षिकोत्सवको अवसरमा नेपाल तथा विदेशमा कार्यरत अनुभवी र उत्कृष्ट सेफहरूको योगदानको कदर गर्दै विशेष सम्मान कार्यक्रमसमेत आयोजना गरिनेछ।
“सेफ्स एसोसिएसन अफ नेपालले गुणस्तरीय पाकशिक्षा प्रदान गर्दै सेफहरूको क्षमता अभिवृद्धिमा निरन्तर योगदान दीरहेको छ। हामी अग्र...









