
स्थानियको हातमा आएपछि बढ्ने भयो बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलामा रौनकता
काठमाडौं । अघिल्लो बर्ष सम्म स्थानिय सरकारको मातहतमा चलाईने काठमाडौंको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा चल्ने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यसपालिबाट स्थानियहरुकै मातहतमा समिति बनाएर ब्यवस्थापन हुने भए पछि यसलाई सभ्य र भब्य बनाउन स्थानियहरु उत्साहित भएर लागि रहेका छन् ।
बैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी गराउन बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज गरेको पत्रकार सम्मेलन मार्फत सबैलाई आह्वान गरेको छ ।
अघिल्लो बर्षहरुसम्म स्थानिय सरकार अन्र्तगत समिति बनाएर स्थानियलाई सदस्यको रुपमा मात्र कार्यगर्न दिने प्रचलन रहेकोमा स्थानियको बिरोध पछि बालाजु बाइसधारा मेला व्यवस्थापन समितिको नेतृत्व गर्ने जिम्मा स्थानिय समाजसेवी गौतम प्रजापतिलाई दिईएको छ ।
यसपालि स्थानियबाटै समिति बनाएर स्थानिय सरकार र सम्बन्धित निकायहरुलाई पदेन सदस्य रह...