काठमाडौं । काठमाडौं उपत्यकामात्र नभई देशको प्रमुख शहरहरुमा समेत सरसफाई तथा फोहरमैला व्यवस्थापनको क्षेत्रमा एक नम्बरमै नाम आउने नेप्सेम्याक ग्रुप अन्तरगत रहेको क्लिन काठमाडौं वेस्ट मेनेजमेन्ट प्रा.लि. ले दरबारमार्गमा रहेको होटल उडल्यान्ड काठमाडौं प्रा.लि. मा १३६ औं मजदुर दिवसको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेप्सेम्याक ग्रुपमा आवद्ध कम्पनीको कार्यक्रम टीकाराम दाहालको अध्यक्षता सम्पन्न भएको थियोे भने कार्यक्रममा काठमाडौं महानगरपालिका २८ वडाध्यक्ष भाइराम खड्गी, वातावरण विभाग प्रमुख सरिता राई लगायत अतिथिहरुले शुभकामना मन्तव्य सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा सफाइकर्मीको काम, कर्तव्य र अधिकार उपर मजदुर नेता सोमनाथ ढकाल, ट्राफिक सचेतना श्री गंगाराम बुढाथोकी लगायतले प्रशिक्षण गर्नु भएको थियोे भने संचालक बासुदेब उप्रेती,कम्पनी प्रबन्ध निर्देशक मित्रप्रसाद घिमिरे, निर्देशक रवीन्द्र विक्रम विष्टले दैनिक सञ्चालित कार्य उपर निर्देशन गर्नु भएको थियोे ।
क्लिन काठमाडौं वेस्ट मेनेजमेन्ट प्रा.लि. ले काठमाडौं महानगरपालिका वडा नं. १ र २८ वडा क्षेत्रको सरसफाइ तथा फोहरमैला व्यवस्थापनको कार्य गरिरहेको छ ।
कार्यक्रममा नेप्सेम्याक ग्रुपका लक्ष्मी प्रसाद गेलाल, एकराज सुवेदी, तुलसीराम सिटौला, भिम श्रेष्ठ ,देब नारायण श्रेष्ठ ,सुरेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम निकै सौहादैपुर्ण वातावरणमा भव्यताको साथ सम्पन्न भएको तथा कार्यक्रमलाई सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले महत्वकासाथ हेरेको नेप्सेम्याक ग्रुपका सन्चालक समिति सदस्य एवं महाराजागन्ज शाखाका सहायक उप निर्देशक एकराज सुबेदीले जानकारी दिनु भयो ।