११ पुष २०८२, शुक्रबार

समाचार

दोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५ को २२ बिधामा सर्वोतकृष्ट पाँच अनलाईनबाट सार्वजानिक(सुचि सहित)

दोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५ को २२ बिधामा सर्वोतकृष्ट पाँच अनलाईनबाट सार्वजानिक(सुचि सहित)

मनाेरन्जन, समाचार
काठमाडौं । बिभिन्न समयमा कार्यक्रमहरु गर्दे आएको एक्टिभ म्युजिक प्रा.लि.ले गत बर्ष बाट शुरु गरेको कृयाटिभ ईन्टरनेशनल म्युजिक अवार्ड लाई यो बर्ष पनि निरन्तरता दिदै दोस्रो श्रृंखला अन्तरगत दोस्रो कृयाटिभ ईन्टरनेशनल म्युजिक अवार्ड — २०२५ गर्ने घोषणा गर्दै कार्यक्रम अगाडी बढाएको छ । एक्टिभ म्युजिक प्रा.लि.ल यस बर्षको लागि आवेदन दिएकाहरु मध्य बाट २२ बिधामा सर्वोत्कृष्ट पाँच घोषणा अनलाईन माध्यमबाटै गर्ने भएको हो । संस्थाका प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेका अनुसार पछिल्लो समय बिकसित परिस्थितिलाई मध्य नजर गर्दै भौतिक रुपमा कार्यक्रम गर्नु भन्दा अनलाईन बाट सार्वजानिक गर्दा अझ प्रंभावकारी बन्ने भएकोले यसपालिको कार्यक्रमको मोडालिटी चेन्ज गरेको बताउनु भयो । दोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५को २२ बिधामा सर्वोतकृष्ट पाँच निम्नानुसार रहेको छ । सर्वोत्कृष्ट आधुनिक गित गायक १.रुपक ...
चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल-चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गरिने

चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल-चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गरिने

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ । चीनको गुइलिनमा आगामी वैशाखमा तेस्रो एएमएस नेपाल–चीन सांस्कृतिक फ्युजन तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुनेभएको छ । एएमएस म्युजिक एण्ड इन्टरटेइनमेन्ट प्रालिले चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कम्पनीका अध्यक्ष सत्यकला लामा तामाङले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायतको ४० भन्दाबढीको सहभागितामा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइन । “आगामी बैशाख २८ गते चीनको गुइलिनमा दुवै देशको सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुवै देशको सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढ्ने विश्वास लिएक...
कुलमान घिसिङको समर्थनमा काठमाडौंमा प्रदर्शन

कुलमान घिसिङको समर्थनमा काठमाडौंमा प्रदर्शन

समाचार
काठमाडौं । नेपाली विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।   घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै माइतीघर मण्डलीमा प्रदर्शन भएको हो । घिसिङका समर्थकहरूले उर्जामन्त्री दिपक खड्काको राजीनामा समेत मागेका छन् ।   बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोण सभामा परिणत भएको थियो । ...

मेडिकल कलेजहरुले १९ हजार मात्र तलव दिएको भन्दै डाक्टरहरु सडकमा !

समाचार
काठमाडौं । नेपाल मेडिक कलेज जोरपाटीका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार श्रम शोषणविरुद्ध उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिएका हुन् ।   आन्दोलनरत डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए । उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए ।   उनले भने, ‘मन्त्रिपरिषद्बाट नै पास भइसकेका कुरा अर्थात न्यूनत मतलब ४८ हजार नीजि मेडिकलहरुले लागू गरिरहेका छैनन् ।त्यसैका विरुद्धमा हाम्रो शान्तिपूण विरोध हो । अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाँउमा सडकमा आएर आफ्नो कुराहरु राख्ने परिस्थिति छ । यसले हामीलाई चिन्तित बनाएको छ । सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैँन् भन्नेजस्तो भयो । माग...
नारायणगढ–बुटवल सडक: दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

नारायणगढ–बुटवल सडक: दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

समाचार
काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ। नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो।   दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३  बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।     'दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार गरी यातायातलाई सहज ढङ्गले सञ्चालन गर्न र सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्न दैनिक केही घण्टा आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ,' उनले भने। नवलपरा...
गत शुक्रबारयता मात्रै नेपाली बजारमा घट्यो सुनको मूल्य

गत शुक्रबारयता मात्रै नेपाली बजारमा घट्यो सुनको मूल्य

समाचार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारयता मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच हजार आठ सय रूपैयाँले घट्यो।   शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार चार रूपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य नेपाली बजारले तय गर्दैन। अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन।   नेपालमा रहेका सुन चाँदी व्यवसायी महासंघहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन्। बिहीबारसम्म आइपुग्दा विश्व बजारमा सुनको मूल्य हालसम्मको उच्च विन्दुबाट दुई प्रतिशतसम्म घटेको थियो।सुनको मूल्य केही दि...
बुढानिलकण्ठ नगरकाे टिम दुर्गमका असल ज्ञान बटुल्न पुग्याे कर्णाली

बुढानिलकण्ठ नगरकाे टिम दुर्गमका असल ज्ञान बटुल्न पुग्याे कर्णाली

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, समाचार
जाजरकोट ; बुढानिलकण्ठ नगरपालिका काठमाडौंकाे टिम यतिवेला दुर्गममाका असल ज्ञान बटुल्न र ज्ञान साटासाट गर्न कर्णाली प्रदेशका बिकट जिल्लामा पुगेकाे छ ।असल अभ्यासहरुबाट सिक्दै र आफूले अबलम्बन गरेका असल अभ्यासहरुबाट अन्य पालिकाले पनि सिक्न सकून भन्ने पवित्र भावना बोकेकाे बुढानीलकण्ठ नगरपालिका काठमाडौंका नगर प्रमुख,उप-प्रमुख र शिक्षा शाखा प्रमुख यतिखेर कर्णाली प्रदेशका रुकुम पश्चिम,जाजरकोट र डोल्पाका असल अभ्यासहरुको अवलोकनमा कर्णाली प्रदेशका जिल्लामा पुगेका हुन। जनताको सेवामा रातदिन तल्लिन हुने नगर प्रमुख मिठाराम अधिकारी र नगर उपप्रमुख अनिता लामा र शिक्षा शाखाका प्रमुख ललित बिक्रम सिंह लगायतको टिम थोरै दिनको फुर्सद निकालेर मध्यपहाडी मार्गले कोरेको विकासको रेखा पहिल्याउँदै बाग्लुङको बुर्तिबाङ हुँदै रुकुमको राडीजिउला हुँदै डोल्पाको दुनै पुगे। कच्चीबाटोबाट निक्कै दु:ख र सास्ती खेप्दै धुलाम्य भ...
नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले सामाजिक सेवा गर्न असम्भव छ : मुक्ति गैरे

नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले सामाजिक सेवा गर्न असम्भव छ : मुक्ति गैरे

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष मुक्ति गैरेले एक विज्ञप्ति जारी गर्दै नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले सामाजिक सेवा गर्न असम्भव रहेको जिकिर गरेका छन् । आज शिक्षकहरुकाे जारी आन्दाेलन प्रति ऐक्यबद्धता जनाउदै यस्तो जिकिर गरेका हुन् । उनलेे भनेका छन् : "समाज रूपान्तरणको संवाहक हो - शिक्षक, आज मुलुकको नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाद्वारा निर्देशिक नवऔपनिवेशिक पुँजीवादी शिक्षा प्रणालीले समाज रूपान्तरण एवम् राष्ट्र निर्माणको आधारशिला तथा सामाजिक सेवा गर्न असम्भव छ। यसले शिक्षकहरुका हक-हित, अधिकारको ग्यारेन्टी गर्न र आन्दोलनको माग सम्बोधन गर्न पनि सम्भव छैन्।" जारी गरिएको विज्ञप्ति :"प्रेस वक्तव्य : समाज रूपान्तरणको संवाहक हो - शिक्षक। आज मुलुकको नवऔपनिवेशिक पुँजीवादी दलाल सं...
लोमश वाङ्मयमा ‘मृत्युले मुसारेको मानिस’ को परिचर्चा

लोमश वाङ्मयमा ‘मृत्युले मुसारेको मानिस’ को परिचर्चा

कविता, मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचन गोष्ठी सुसम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मूर्धन्य साहित्यकार प्रा।डा।रमेश भट्टराईले आफ्नो मन्तव्य प्रकट गर्दै एउटा चलचित्रको दृष्टान्त दिँदै कविता के हो भन्ने विद्यार्थी आफैँले पत्ता लगाएको बताए । उनले भाव, कल्पना, विम्ब, प्रतीक, अनुभूतिको बेजोड सङ्गम हो, यो नितान्त साधना हो भन्ने तर्क गरे । उनले शब्द र जीवनको सङ्केत हो साहित्य भन्ने निष्कर्ष प्रस्तुत गरे । कार्यक्रममा मदनलाल पौडेलको ुमृत्युले मुसारेको मानिसु परिचर्चा गर्दै मूर्धन्य साहित्यकार महेश प्रसाईले साङ्गोपाङ्ग शल्यक्रिया गरे । पुस्तकभित्रका अनेक घटना परिघटनाहरूलाई पनि उनले उधिने । कृतिकार मदनलाल पौडेलले पुस्तकभित्रका केही परिघटना रोचक रूपले पस्किए । विभिन्न श्रव्यदृश्य माध्यमकी कार्यक्रम प्रस्तोता सुष्मी कँडेलले उदीयमान नियात्राकार राजेन्द्र...
सुर्खेतमा गाेलीले घरकाे छाना र काेठामा रहेकाे वाटा छेडेर भित्र खसेकाे छ

सुर्खेतमा गाेलीले घरकाे छाना र काेठामा रहेकाे वाटा छेडेर भित्र खसेकाे छ

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
सुर्खेत : विरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुले टोलका युबराज रिजालको घरमा अज्ञात स्थानबाट आएको गोलीले छाना छेडेर घरभित्र खसेको  छ। शनिबार बिहान करिब ८ बजेको समयमा युबराजकी श्रीमती टीका रिजाल नास्ता पकाउने तयारीमा थिइन्, सोही बेला एक्कासि ठूलो आवाज सहित गोलीले टिनको छाना छेड्दै प्लास्टिक र फिउस (एलुमिनियम) को बाटा छेडेर भुइँमा खसेको हो। टीका रिजालका अनुसार, उनी चुलोमा नास्ता पकाउँदै थिइन्, त्यत्तिकैमा ठूलाे आवाज आएपछि बाटा छेडिएको देखेकी थिइन्। प्रारम्भमा थाहा नभए पनि छिमेकीलाई खबर गरेपछि मात्र त्यो आवाज गोलीको भएको पत्ता लागेको उनले बताइन्। घटनापछि प्रहरी घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीका अनुसार गोली फेला पारिएको छ र आवश्यक मुचुल्का तयार गरी बरामद गरिएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हालसम्म गोली कसले ...