११ पुष २०८२, शुक्रबार

समाचार

तीनकुने घटनामा शाही युवा शक्तिका दिलबहादुर श्रेष्ठ पक्राउ

तीनकुने घटनामा शाही युवा शक्तिका दिलबहादुर श्रेष्ठ पक्राउ

समाचार
काठमाडौं ।  काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शाही युवा शक्तिका दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।   शाही युवा शक्तिलाई नेतृत्व गर्ने पशुपति खड्कालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। उनीपछिको वरीयतामा रहेका श्रेष्ठलाई कार्यालयको टोलीले सोमबार गोंगबुबाट पक्राउ गरेको हो।   उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाउने तयारी भइरहेको छ।   प्रहरी परिसरको हिरासतमा मात्रै ७३ जना छन्। उनीहरूमाथि राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव गर्न नहुने र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। ...
कार्यक्रम स्थलको फोहोर आफै सफा गरेकोमा मेयर बालेनले दिए राप्रपालाई धन्यवाद

कार्यक्रम स्थलको फोहोर आफै सफा गरेकोमा मेयर बालेनले दिए राप्रपालाई धन्यवाद

समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन्।   राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा खबरदारी सभा गरेको थियो। उक्त सभा सकिएपछि राप्रपाका स्वयमसेवक तथा नेता कार्यकर्ताहरूले कार्यक्रम स्थलमा रहेको फोहोर सफा गरेका थिए।   राप्रपाले कार्यक्रम स्थलको फोहोर सफा गरेकोमा मेयर शाहले धन्यवाद दिएका छन्।   ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन, सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,’ मेयर शाहले मंगलबार अपराह्न फेसबुकमा लेखेका छन्, ‘राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ।’   राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई कार्यक्रम क्षेत्रको फोहोर राप्रपा आफैले...
नेपालमा प्रथमपटक पुष्पलाल माक्र्सवादी विश्वविद्यालयकाे घोषणा

नेपालमा प्रथमपटक पुष्पलाल माक्र्सवादी विश्वविद्यालयकाे घोषणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
सिर्जनानगर, रामेछाप : नेपालमा प्रथमपटक पुष्पलाल माक्र्सवादी विश्वविद्यालय घोषणा गरिएको छ । पुष्पलाल जन्मशताब्दी–कृष्णलाल बलिदान शताब्दी समारोह समिति २०८०–२०८१ र "हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान"ले चैत २३–२५ सम्म रामेछापको कठजोर, भँगेरी, मन्थली र सिर्जनानगरमा आयोजना गरेको बृहत् भेला र विचारगोष्ठीले पुष्पलाल माक्र्सवादी विश्वविद्यालय र कृष्णलाल अधिकारीलाई प्रथम साहित्यिक सहिद घोषणा गरेको हो । भेलामा नेपालका नेल्सन मन्डेला उपनामले चिनिएका ८८ वर्षीय कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारी, ८७ वर्षीय कम्युनिस्ट नेता ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, समाजवादी कम्युनिस्ट पार्टीका महासचिव पूर्णबहादुर सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नारायण शर्मा, नेकपा (माओवादी केन्द्र) का स्थ...
नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको अध्यक्षमा विमल रोकाय सर्वसम्मत चयन

नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको अध्यक्षमा विमल रोकाय सर्वसम्मत चयन

Breaking News, राजनीति, राष्ट्रिय, विचार
जाजरकोट :नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको अध्यक्षमा विमल रोकाय सर्वसम्मत चयन भएका छन् । काँग्रेस पार्टी कार्यालयमा भएको अधिवेशनबाट अध्यक्ष सहित १९ सदस्सीय कार्यसमिति निर्माण भएको छ ।जस अन्तर्गत उपाध्यक्षमा अमृत मल्ल, महिला उपाध्यक्षमा गीता बुढा, सचिव कृष्ण विक्रम शाह, सह सचिव वीरेन्द्र शाही, कोषाध्यक्ष, मोहनराज गिरी रहेका छन् । यस्तै, अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि ५ जना प्रतिनिधि छनौट गरेको छ । जसमा यज्ञ बहादुर बटाला, गणेश बहादुर विष्ट, लोकेन्द्र चन्द, इन्द्रा चन्द सिंह र निशानी बुढालाई छनौट गरेको छ । प्रदेश सभा क्षेत्र (ख) मा शीतल जङ्ग शाही को अध्यक्षतामा १९ सदस्सीय नयाँ समिति सर्वसम्मत गठन भएको छ । जसको उपाध्यक्षमा लक्ष्मी खत्री, महिला उपाध्यक्षमा सीता सिंह, सचिवमा योगेश वि.सी सह सचिवमा सगोल वि.सी कोषाध्यक्षमा दुर्गा शाही सदस्य धर्मराज चनारा लगायतका रहेका छन् । अधि...
काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

समाचार
काठमाडौं । काठमाडौंमा ९ जना जुवाडे पक्राउ परेका छन् ।   नागार्जुन नगरपालिका–१ रानीवन बस्ने देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।   प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
काठमाडौं महानगरका कर्मचारीले तीन महिनापछि बुझे तलब

काठमाडौं महानगरका कर्मचारीले तीन महिनापछि बुझे तलब

समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनापछि तलब बुझेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ काममा फर्किएसँगै कर्मचारीले तलब पाएका हुन् ।   मेयर बालेन शाहले निलम्बनमा राखेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले काममा फर्काएका थिए ।   महानगरमा तलब निकासाको काम वित्त विभागमार्फत हुन्छ । गुरागाईंले कार्यालयमा हाजिर गरेसँगै ‍राजस्व खाता सञ्चित कोषमा रहेको रकम खर्च खातामा सारेपछि कर्मचारीको खातामा तलब गएको हो। ...
बोरामा १३ वर्षीया बालिकाको शव फेला घटनामा एक जना पक्राउ

बोरामा १३ वर्षीया बालिकाको शव फेला घटनामा एक जना पक्राउ

समाचार
काठमाडौं । सिराहामा बोराभित्र १३ वर्षीया बालिकाको शव फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।गोलबजार नगरपालिका-९ गोबिनपुरकी १३ वर्षीया गुलसना खातुनको शव फेला परेको घटनामा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको हो।   प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न गोबिन्दपुरकै २४ वर्षीय जनक भन्ने वीरबहादुर सार्कीलाई पक्राउ गरेको हो।   गुलसना फागुन २९ गते अन्दाजी ९ बजेतिर घाँस काट्न भनेर घरबाट हिँडेकी थिइन्। तर उनी फर्किएर नआएपछि परिवारले खोजी थालेका थिए। चैत १ गते इलाका प्रहरी कार्यालय मिचैयामा गुलसनाकी आमा जेहदाले निवेदन दिएकी थिइन्।चैत १२ गते मध्याह्नमा गोलबजार-९ घुर्मी खोला किनारामा एक बालिकाको शव फेला परेको थियो।   शव बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। ती बालिका बेचन अली र जेहदा खातुनकी १३ वर्षीया गुलसना नै रहेको खुलेको थियो।जिल्...
पोहोर साइकलबाट लडाएर खुट्टा भाँचिदिए, यसपटक ढुंगा हानेर गरे हत्या

पोहोर साइकलबाट लडाएर खुट्टा भाँचिदिए, यसपटक ढुंगा हानेर गरे हत्या

समाचार
काठमाडौं । बाँकेमा मोटरसाइकलको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भनिएका व्यक्तिको हत्या भएको पुष्टि भएको छ ।बैजनाथ गाउँपालिका– २ गुनापुरस्थित भित्री सडक खण्डमा स्थानीय ६६ वर्षीय मुसुवा थारू घाइते फेला परेका थिए ।   गुनापुर चोकबाट साइकलमा घर जाँदै गरेका थारूलाई सुरूमा मोटरसाइकलले ठक्कर दिएर भागेको अनुमान गरिएको थियो। उनको टाउको र अनुहारमा गम्भीर चोट थियो। तत्काल उपचारका लागि प्रहरीले कोहलपुरस्थित मेडिकल कलेज पठायो। जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार थारूको उपचारका क्रममा राति पौने ११ बजेतिर मृत्यु भएको थियो।   थारू दुर्घटनामा परेको भनेर खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनकटुवाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक तेजबहादुर रानाको कमाण्डमा दुई जनाको टोली खटिएको थियो। ठक्कर दिएको मोटरसाइकल फेला नपरेपछि इलाका प्रहरी कोहलप...

तीनकुने घटनामा एनी कुँवर पक्राउ

समाचार
काठमाडौं ।  राजावादी समर्थकले चैत १५ गते तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एक युवती पक्राउ परेकी छन्।   पक्राउ परेकी युवती एनी कुँवर रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।   उनलाई अपराध अनुसन्धानको टोलीले आइतबार ललितपुरबाट पक्राउ गरेको हो। उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको एसपी जिसीले जानकारी दिए।   ...
विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु

विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :जाजरकोट खलंगामा दोस्रो सहीद विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु भएको छ । आइतबार भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले औपचारिक रुपमा कपको उद्दघाटन गरेका हुन् । ‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ सहीद स्मृति यूवा क्लवको आयोजनामा त्रिभुवन माद्यामिक विद्यालय खलंगाको फिल्डमा सुरु भएको क्लवका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिए ।उनका अनुसार कपमा १० टीमको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले खेलकुदको माध्यमबाट यूवा पुस्तालाई लागुऔषध दुव्र्यसनी बाट मुक्त गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । ‘यो कार्यक्रम एकदम ठीक छ, उनले भने, ‘यसले यूवालाई अनुशासनका साथै लागुऔषध दुव्र्यसनी बाट बच्न समेत सहयोग गर्छ ।’ अहिलेका यूवापुस्ताले लागुपदार्थ सेवन नगरी सिर्जनात्मक काम त...