
बागमती सफाई अभियान शुरु भएको एघार बर्ष पुरा : कोहि भन्छन् “काम गर्ने कालु मकैखाने भालु ” भयो अभियान
काठमाडौं । विश्वकै सबभन्दा लामोसमय चलेको र धेरै सामाजिक अभियन्ताहरु जोडिएको अभियानको रुपमा दावी गरिएको बागमती सफाई महा अभियान शुरु भएको एघार बर्ष पुरा भएर बाह्रौं बर्षमा प्रवेश गरेको छ ।
अभियानले बाह्रबर्ष प्रवेश गरेको अवसरमा गौशला तिलगंगा आँखा अस्पताल नजिकै एक कार्यक्रम आयोजना गरेको थियो ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाडौं उपत्यकामा साप्ताहिकरुपमा सन्चालित अठारवटा अभियान मध्य धेरै जसो अभियानका अभियानका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
(एघार बर्ष) ५७५ हप्ता नियमित रुपमा सरसफाइ गरिएको भएता पनि अपेक्षा गरिए जस्तो परिवर्तन हुन नसकेकोमा नियमित अभियानमा जोडिएका अभियन्ताहरु चिन्तित भएका छन् ।
प्राय सफाई अभियानमा नेपालीसेना, सशस्त्र प्रहरीबल,नेपाल प्रहरी,काठमाडौं महानगरका नगर प्रहरी लगायत सफाइ क्षेत्रमा कार्यगर्ने नि...