डेरा सरेर पानीट्याङ्की सफा गर्दै थिए, भेटियो बालिकाको शव
काठमाडौं । मकवानपुरको हेटौंडाका सञ्जय बोगटी ललितपुरको गाबहालमा बस्दै आएका थिए। उनी हालै डेरा सरेर मंगलबजारनजिकै खपिन्छेँ टोलको एउटा घरमा बस्न थाले।
चैत १६ गते उनीहरू गाबहालबाट खपिन्छेँ टोलमा सरेका थिए। ‘हामी १६ गते आइपुग्यौं, त्यसदिन त अबेर रातिसम्मै सामानहरू ओसार्यौं,’ बोगटीले भने।
पेसाले बोगटी प्लमर हुन्।
उनी डेरा सरेर आएको घरको भुइँ तलामा पानी संकलन गर्ने पुरानो ट्यांकी छ। करिब चार फिट गहिरो ट्याङ्की स्ल्याबले ढाकिएको थियो।
पहिले डेरा गरी बसेको गाबहालमा पानीको समस्या थियो। त्यस्तो समस्या झेल्नु नपरोस् भनेर उनले पानी ट्यांकी सफा गरी पानी भरेर राख्ने तयारी गरेका थिए।
ट्याङ्कीबाट किराहरू बाहिर आइरहन्थ्यो, त्यसैले पनि सफा गर्नुपर्ने थियो। बोगटी दम्पत्तिले ट्याङ्ककी सफा गर्न थाले।
गत शुक्रबार बिहान ९ बजेतिर ट्यांकी सफा गर्ने...







