काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वी क्षेत्र अन्तरगत रहेको जोरपाटी इकाईले यहि २०८२ साल बैशाख २९ र ३० गते पुर्वी क्षेत्रको आयोजनामा भएको मैत्रीपुर्ण ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई आरुबारी बौद्धमा रहेको ह्याप्पि आवर रेष्टुरेन्टमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले “खादामाला लगाएर भाषणगर्न जान्दैमा नेतृत्व भईदैन नेतृत्व बन्नको लागि त आफ्नो संगठनको हितमा काम गर्न सक्नुपर्छ” भन्नु भयो ।
श्रेष्ठले महासंघमा आफु नेतृत्वमा आए पछि नीतिगत तहमा निकै काम भएको चर्चा गर्दै दर्जनौ मिडियाहरुले यसलाई देश बिदेशमा समेत पुर्याएकोमा खुसी व्यक्त गर्नु भयो ।
ग्रील तथा स्टील व्यवसायमा नयाँ पुस्ता र युवा पुस्ताको सहभागिता बढाउन बिभिन्न इकाई समितिहरुले खेलेको भुमिका प्रसंसा योग्य रहेको भन्दै फुटबल प्रतियोगिता र खेलाडी सम्मानले थप उर्जा प्रदान गरेको बताउनु भयो ।
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं जोरपाटी इकाइका अध्यक्ष गणेश बहादुर श्रेष्ठको सभापतित्वमा भएको सम्मान कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष ठुलोबाबु श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ,उपाध्यक्षहरु,रुपेन्द्र बानिया ईश्वर खड्का,बिष्णुमाया उचही,सचिव मोहन कुमार श्रेष्ठ,कोषाध्यक्ष मोहन श्रेष्ठ तथा सदस्य राजेश श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो ।
त्यस्तै काठमाडौं जिल्लाका वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ ,उपाध्यक्ष रोहित श्रेष्ठ ,महिला उपाध्यक्ष पुर्णमाया सारु लगायतको आतिथ्यता रहेको थियो भने पुर्वी क्षेत्रका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा काठमाडौं जिल्ला मातहतमा रहेका १४ वटै इकाईबाट अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
जोरपाटी इकाईका सचिव निरज थामीले सन्चालन गर्नु भएको कार्यक्रममा इकाईका उपाध्यक्ष सनिप श्रेष्ठले स्वागत मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा इकाईको तर्फबाट राजकुमार खड्का तथा कुमार श्रेष्ठ ले शुभकामना मनतव्य राख्नु भएको थियो भने पुर्वी क्षेत्रको सचिव दिलराम श्रेष्ठ र पश्चिम क्षेत्रको अध्यक्ष सैलेश ठकुरीले आफ्नो धारणा सहित शुभकामना मनतव्य राख्नु भएको थियो ।
काठमाडौं जिल्लाका वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ,महासंघकी महिला उपाध्यक्ष बिष्णुमाया उचही, महासंघकै उपाध्यक्ष इश्वर खड्काले बिजयी खेलाडी र टिमलार्य बधाई दिदै शुकामना मनतव्य राख्नु भएको थियो ।