३ भाद्र २०८२, मंगलवार

समाचार

जनयुद्धका क्षणहरु झन सुनाैला र प्रिय बन्दै गईरहेका छन बाकि अबिभारा  हामी पूरा गर्नेछाै ; : कन्चन

जनयुद्धका क्षणहरु झन सुनाैला र प्रिय बन्दै गईरहेका छन बाकि अबिभारा हामी पूरा गर्नेछाै ; : कन्चन

Breaking News, राजनीति, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
१ फाल्गुन काठमाडौँ : २८ औँ जनयुद्ध दिवसका अवसरमा नेकपा (बहुमत )केन्द्रीय कार्यलयद्वारा आयाेजित कार्यक्रममा बाेल्दै संयाेजक  कञ्चनले जनयुद्धका ती क्षणहरु अविस्मरणीय सुनाैला र गाडा बन्दै गईरहेका , क्रान्तिलाई अगाडि बढाउनका लागि झन प्रिय र सुनाैला दिनका रुपमा स्थापित भईरहेका र वैज्ञानिक समाजवाद प्राप्तिका लागि मस्तुरकाे रुपमा हार्विनकाे स्वर दिईरहेकाे बताय । संयोजक कञ्चनले भनेका छन्, ‘नेपाली श्रमिक, उत्पीडित जनता र राष्ट्रको मुक्तिको महान् उद्देश्य लिएर सञ्चालन गरिएको जनयुद्ध घोषणा भएको २८ वर्ष भएको छ । यस सन्दर्भमा सर्वप्रथम हाम्रो पार्टी सहिद, बेपत्ता योद्धाहरूप्रति अमिट सम्झना गर्नुका साथै घाइते योद्धाहरूको स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण श्रमजीवी, उत्पीडित वर्गमा शुभकामना व्यक्त गर्दछ ।’ संयाेजक कन्चनले भने नेपाली  जनता अहिले भ्रष्टाचार, महँगी, वित्तीय संस्थाको लुटबाट आक्रान्त भ...
टर्की भुकम्प परि  हाल सम्मा २८ हजारकाे मृत्यु सयाै घाइते

टर्की भुकम्प परि हाल सम्मा २८ हजारकाे मृत्यु सयाै घाइते

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, विगन्यूज, समाचार
२९ माघ, काठमाडौं । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २८  हजार नाघेको छ  भने हजारौँ घाइते भएका छन् । टर्कीएमा मात्रै २४  हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५  जनाले ज्यान गुमाएको तठ्ठ्यांक छ । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् । टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको निधन भ...
जाजरकोट ट्याक्टरले च्यापेर एक जनाकाे मृत्यु

जाजरकोट ट्याक्टरले च्यापेर एक जनाकाे मृत्यु

Breaking News, पुर्वाधार, समाचार
जाजरकोट ।ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा न.५ को दम्दाला गाउँ  नजिकै ट्याक्टरले किच्दा  साेहि दम्दाला गाउका एक जना पुरुषको ज्यान गएको हाे । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष रोकाका अनुसार पाँचकाटिया देखि दम्दाला जाँदै गरेको ट्याक्टर सडकमा रोकेर चालक तल ओर्लिएको वेला ट्याक्टरमा सवार व्यक्तिले गियर चलाएपछि दुर्घटना भएको हो । ओरालोमा रोकेको ट्याक्टरको गियर चलाउँदा गुडन थालेपछि हाम फाल्न खोज्दा पछाडिको टायरमा च्यापिएर ती पुरुषको मृत्यु भएको बताईएको छ । प्रहरी घटनास्थल तर्फ गईरहेको डिएसपी रोकाले बताए ।...
जुनि जन कम्युन  युग परिवर्तनको  उर्जा हाे  : महेश अधिकारी

जुनि जन कम्युन युग परिवर्तनको उर्जा हाे : महेश अधिकारी

Breaking News, पर्यटन, पुर्वाधार, शिक्षा, संस्कृति, समाचार
जीवन यस्तो रोजियो जहाँ मानवलाई जीवनभरी कुनै न कुनै रूपमा सेवा गरिरहने । जीवनमा पुग्नुपर्ने , गर्नुपर्ने, जान्नुपर्ने, विषय, क्षेत्र र स्थान असीमित छन् तर मेरो बाल्यावस्थामा निकै सुनेको, निकै चर्चा र गौरवका साथ लिने नाम जुनी, जन कम्युन, जुनी वस्ती पुग्ने नजिकबाट हेर्ने, त्यो ईतिहासको गौरवगाथा बोकेको सम्भावनाको खानी २८ औं वसन्त कुर्दै १० वर्षे महान जनयुद्धको पुर्व सन्ध्यामा त्यहाँ पुगियो । विगतमा धेरै पटक योजना बनाउँदा बनाउँदै विविध कारणले त्यो ठाउँसम्म पुग्न सकिएको थिईन । अहिले पुगियो । वर्षमा मुस्किलले ६ महिना मात्र चल्ने मोटरबाटो, विद्युतको पहुँच नपुगेको, उजाड भिरालो जमिन , गाउँमा उर्जाशिल उमेरका मानिस नभएको, पाटन लेखमा हिउँदमा हुनुपर्ने जति हिउँ नभएको दृश्यहरू अवलोकन गर्दै अगाडि बढियो । मेरो मानसपटलमा जुनी नाम, शब्द सँग छुट्टै माया, प्रेम, आस्था, विश्वास रहेको छ । जब मैले आफुले आ...
जाजरकोट: भिरबाट खसेर एकजनाकाे  मृत्यु

जाजरकोट: भिरबाट खसेर एकजनाकाे मृत्यु

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट नलगाड नगरपालिका वडा नं ३ कट्के गाँउका   मान बहादुर रोकायाको  शुक्रबार राति  घर नजिकै रहेको भिरबाट खसेर मृत्यु  भएको हाे । घटनाकाे कसरी घटेको हाे भन्ने थप अनुसन्धान भईरहेकाे बताएको छ  ।
नेकपा(बहुमत) लुम्बिनी ब्युरोले गर्याे पहिलो कार्यशाला

नेकपा(बहुमत) लुम्बिनी ब्युरोले गर्याे पहिलो कार्यशाला

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
  नेपाल कम्युनिस्ट पार्टी(बहुमत) लुम्बिनी ब्युरोले आफ्नाे पार्टी जिवनभित्रै पहिलोपटक कार्यशाला सम्पन्न गरेको छ ।शुक्रबार उक्त कार्यशालामा          नेतृत्व,संगठन,व्यवस्थापन,कार्यदिशा,कार्यनीति,कार्यक्रम र अनुशासनका बारे व्यापक छलफल गरिएको थियोे । पार्टी निर्माण पछि स्कुलिङ्ग,प्रशिक्षण र खाेजअनुसन्धानका कामहरू भएता पनि कार्यशाला भने पार्टी जीवन भित्र पहिलोपटक गरिएको हाे । उक्त कार्यशालामा लुम्बिनी ब्युरो भित्र रहेका पार्टी जिल्ला प्रमुखहरुकाे मात्रै उपस्थितिमा A र B दुई समुहहरु निर्माण गरि प्रत्येक जिल्लाकाे सिट प्लान निर्माण गरि व्यवस्थित तरिकाले गरिएको थियोे । उक्त समुहहरुले नेतृत्व,संगठन,व्यवस्थापन,कार्यदिशा,कार्यनीति,कार्यक्रम र अनुशासनका बारेमा सुझाव समेत पेश गरेका छन् । कार्यशालाकाे प्रमुख अतिथि नेकपा(बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज,सभाअध्यक्ष...
कर्णाली तमाम संभावना बाेकेकाे शक्तिशाली  प्रदेश हाे

कर्णाली तमाम संभावना बाेकेकाे शक्तिशाली प्रदेश हाे

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति
ईतिहासलाई अध्यन गर्दै जादा कर्णाली लाई फर्केर हेर्ने हो भने तुलनात्मक रुपमा कर्णाली प्रदेश एक शक्तिशाली र समृद्ध थियो भन्ने बुझिन्छ । १२ औ शताब्दीमा नाग राजाले आफ्नो पालामा आफ्नो राज्य जितेपछी आफ्नो राज स्थान जुम्ला जिल्लाको सिंजा भन्ने ठाउँमा राखेका थिए । खस राजधानी सिंजा नेपाली भाषा संकृतीको उद्गमथलाेकाे  रुपमा चिनिन्छ । १३ शताब्दी तिरभने पुर्ब गोर्खा पश्चिम कास्मिर को लदाग उत्तर भोटको गुगे र दक्षिणमा लखनउको गोमती नदिसम्म फैलिएको थियो । नेपालकै लामो नदि भनेर चिनिने कर्णाली नदिको तिरै तिर हुँदै चिनको गुगे बरान्ङ्गबाट हुम्ला जुम्ला दैलेखको दुल्लु सुर्खेत हुँदै दक्षिण क्षेत्रमा पर्ने छिमेकी राष्ट्र भारत सम्मा आवत जावत हुने रेसम मार्गले कर्णालीको क्षेत्रलाइ अर्थिक हिसाबले मजबुत र बाणिज्य क्षेत्रमा ख्याती प्राप्त गरेको ईतिहास छ । २०४८ सालमा जुम्ला कर्णाली राज्यलाइ नेपाल एकीकरणमा गाभिसकेपछी क...
संसदवादी दलहरु विदेशी शक्तिको दास बनेर देश र जन्ताकाे हित विपरीत हिडिरहेका छन : सुदर्शन

संसदवादी दलहरु विदेशी शक्तिको दास बनेर देश र जन्ताकाे हित विपरीत हिडिरहेका छन : सुदर्शन

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार
२६ माघ काठमाडौं । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले विदेशी शक्तिहरू आफ्ना दलालहरूमार्फत नेपाललाई खोक्रो, कमजोर र असफल बनाउन लागिपरेको र संसद्वादी दलहरू विदेशी शक्तिका दास बनेर देश र जनताको हितविपरीत हिँडिरहेको बताएका छन् । अखिल (क्रान्तिकारी) द्वारा राजधानीको संवाद डबलीमा बुधबार आयोजित ‘चिकित्सा शिक्षा र पुँजी–प्रतिभा पलायन’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रवक्ता सुदर्शनले नयाँ जोस लिएर उदाएका हौँ भन्नेहरूले पनि जनतालाई निराश बनाएको, युवाहरू देशमा रहिरहे विदेशी हस्तक्षेपको प्रतिरोध गर्ने हुनाले युवा तथा प्रतिभा पलायनको वातावरण बनाइरहेको पनि बताए । उनले आफूसँगै जनयुद्धमा लडेका प्रचण्डको भनाइ र गराइमा आकाश–जमिनको फारक भएको प्रस्ट पार्दै भने, ‘उहाँले हामीलाई एउटा कुरा पढाउनुभयो तर आफू अर्कै बाटो लाग्नुभयो । उहाँ आज सत्तामा भएर के गर्नु, जनता झन् आहत छन् । प्रचण्डले व्यवस्था परिवर्तनका ल...
नेपाललाई नयाँ व्यवस्था  वैज्ञानिक समाजवादमा लिन जरुरी छ : विप्लव

नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवादमा लिन जरुरी छ : विप्लव

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
२५ माघ काठमाडौं ।काठमाडौं जमलस्थित राष्ट्रिय नाँचघरको हलमा नेकपाको नवौं केन्द्रीय समितिको तेश्रो बैंठकको निर्णय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाेल्दै नेकपाका महासचिव विप्लवले नेपाललाई नयाँ ब्यवस्था वैज्ञानिक समाजवादमा लैजान आवश्यक र जरुरी रहेको बताएका हुन् । उनले भने - नेपालको राजनीतिक र आर्थिक संकटको समस्या राजनीतिक दल, नेता, सरकार बन्ने बनाउनेसँग सम्बन्धित नभएर सिङ्गो राज्यव्यवस्थासँग सम्बन्धित भएको कारण देशमा वैज्ञानिक समाजवादी राज्यसत्ता आवश्यक भएको बताए । उनले भने, ‘उत्पादन घट्दै जाने, उत्पादकत्व घट्दै जाने, परनिर्भरता बढ्दै जाने । बिदेशतिर मान्छे पलायन हुँदै जाने, देशको अर्थतन्त्र डामाडोल हुँदै जाने । रुपमा हेर्दा विप्रेषण बढेको जस्तो देखिने तर नेपालको अर्थतन्त्र संकटग्रस्त हुँदै जाने त्यो परिस्थिति छ । यसको मुल कारण भनेको नेपालको दलाला पूँजीवादी राज्यसत्ता हो । यसको समधा...
२८ औँ जनयुद्ध दिवस र जनयुद्धका कार्यभार

२८ औँ जनयुद्ध दिवस र जनयुद्धका कार्यभार

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, संस्कृति, समाचार
नेपाली जनताले श्रमिक–उत्पीडित वर्गको मुक्तिका लागि हतियारबद्ध युद्ध सुरु गरेको २८ वर्ष लागेको छ । २८ औँ जनयुद्ध दिवसका अवसरमा हामी महान् जनयुद्ध र त्यसपछिको विद्रोहमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली तथा रक्तिम अभिवादन प्रकट गर्दछौँ र महान् जनयुद्ध र त्यसअघिपछिका विभिन्न विद्रोहमा बेपत्ता बनाइएका योद्धाहरूप्रति सम्मानका साथै घाइते, अपाङ्ग योद्धाहरूको त्याग, शौर्य र वीरताप्रति सलाम व्यक्त गर्दछौँ । जनयुद्धका मुख्य अगुवाहरूले प्रतिक्रियावादी वर्गसामु आत्मसमर्पण गरे पनि नेपाली जनताको मुक्तिको सपनाको मृत्यु भएको छैन । प्रकारान्तरले नेपाली जनता जनयुद्ध लडिरहेका छन् र नेकपा (बहुमत) लगायत क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा जनयुद्ध जारी छ । हामी क्रान्तिकारी ध्रुवीकरण र मालेमावादी शक्तिहरूबीचको एकताले नै जनयुद्धका बाँकी कार्यभारहरू पूरा हुनेमा पूर्ण विश्वास व्यक्त गर्द...