११ श्रावण २०८१, शनिबार

जुम्लामा विपत् पुर्व तयारी तथा प्रतिकारात्मक कृतिम घटनाको अभ्यास

जुम्ला ।जुम्लामा जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास जुम्लाको चन्दननाथ नगरपालिका एक दानसाँघुमामा गरिएको हो ।

त्यस्तैै विपद्का घटनापछि उद्धार र राहतमा खटिने स्वयम सेवकहरूले कसरी राहत तथा उद्धारका कार्यहरू गर्न सकिन्छ भन्ने उदेस्यका साथ सो कार्यक्रमको आयोजना गरिएको चन्दननाथ नगरपालिकाका मेयर राजुसिहं कठायतले बताए । उनले भने,’अहिले पनि कुनै ठूलै विपद् आइपरेमा त्यसबाट ठूलै क्षति वेहोर्नुपर्ने अवस्था रहेको छ ।यसको पूर्वतयारीमै जोड दिनुपर्ने घटना अभ्यास कार्यक्रम महत्वपुण हुने बताए ।

त्यस्तै विपद्का घटना हुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शनी बाट स्थानीयलाई सचेतीकरण गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए । उनका अनुसार विपद्र जोखिमबाट बच्नाको लागि पुर्व तयारीका लागि पुर्व अभ्यास गर्न कृतिमा घटना अभ्यास सञ्चालन गरेको हो । यो अभ्यासमा बाढी पहिरोले निम्त्याउने जोखिमको संकेत पाए पछि जिल्ला बिपद् समितिको पुर्वतयारी बैठक बसेको थियो । त्यो बैठकले सबै बिषयगत क्षेत्रलाई तयारी रहनको लागी निणर्य गरेको थियो ।

नन्दबक्स गणका मेजर तथा निमिक्त गणपती हुपेन्द्र लाल रेग्मीका अनुसार विपद्का घटनाको न्यूनीकरणका लागि पूर्वतयारीदेखि घटना भइहालेमा के कसरी उद्धार गर्ने भन्नेबारे यस्ता अभ्यासले राम्रोसँग जानकारी दिइएको छ । उनले भने,’ यस्ता अभ्यासले विपद्का घटनाबाट भइरहेको मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास छ।
त्यस्तै चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले विपद्को जोखिम न्यूनीकरणमा स्थानीय पालिका प्रदेश र संघले आपसी समन्वयलाई विशेष ध्यान दिनु जरुरी छ ।उनका अनुसार कृत्रिम अभ्यासले विपदबारे समयमै पूर्वसूचना प्रवाह गर्न सक्यौ भने धेरै मानिसको ज्यान बचाउन सकिने रहेछौ भन्ने पनि अनुभूति यो कार्यक्रमले गराएको छ ।

जिल्ला सबै क्षेत्रका विषयगत क्षेत्र लगायतका बेग्लाबेग्लै समूह बनाएर कृत्रिम घटना अभ्यास गरिएको थियो । यस क्रममा विपद्का बेला केन्द्रीय र प्रदेश देखि स्थानीय तहसम्मले गरेका अभ्यासहरुमा कहाँ कहाँ कसरी गयर छिटो छरितो उद्धार तथा राहतको लागी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराईएको छ ।

त्यस्तै बाढी,पहिरो आगलागी जस्तो विपद् घटना कसरी हुन्छ, यसबाट कसरी बच्न सकिन्छ, समयमा कसरी व्यवस्थापन गर्ने र राहत उद्धार गर्ने विषयमा अभ्यास गरिएको थियो। फायर फाइटिङ, माइन जोखिम सचेतना, ग्यास सिलिण्डर फायर सेफ्टी, घाइते उद्धार, प्रथामिक उपचार र विपद् सामग्री प्रदर्शनी गरिएको थियो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चन्दननाथ नगरपालिका जिल्ला बिपद् व्यवस्थापन समितिले अभ्यास प्रदर्शनी गरेको थियो । त्यस्तै आगलागी तथा विपद्को समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले कृतिम घटना अभ्यासको आयोजना गरिएको विपद् व्यवस्थापन समितिका संयोजक तथा जुम्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । त्यस्तै नेपाली सेनाले यस अघि पनि जुम्लाका पालिकाहरुका विपद्सँग सम्बन्धीत विभिन्न (आगलागी, बाढी, पहिरो, भूकम्प) घटनाहरूको समय समयमा कृतिम घटना अभ्यास गर्दै आइरहेको छ ।

मानव जिबनमा आईपर्ने आपतबिपत ब्यवस्थापनलाई सहजिकरण गर्ने तथा जनचेतना प्रदान गर्ने उदेश्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश ,भकारी, किडार्क, नेपाल रेडक्रस सोसाइटी ,वल्डभिजन ,नेपाली सेनाको नन्दबक्स गण ,नेपाल प्रहरी सशस्त्रप्रहरी ,कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठान , खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, जनस्वाथ्य सेवा कार्यालय ,चन्दननाथ नगरपालिकाको महिला तथा बालवालिका शाखा लगाायत जुम्लाका सरोकारवाला निकायको सहक्रियतामा जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । बर्षाको समयमा बर्सेनि लाखौको क्षति भईरहेको हुदा बिपतबाट कसरी बच्ने र बचाउने तरिकाको प्रत्यक्ष अभिनय गरेका छन।