२३ भाद्र २०८१, आईतवार

प्रचण्डलाई कालाे झण्डा देखाने तयारी गरेका वैद्य का कार्यक्रता गिरफ्तार

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउने तयारी गरेका मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका १३ जना नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडिबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

गिरफ्तार पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य केबि मल्ल, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राई, हरिकृष्ण गजुरेल, उपाध्यक्ष बिरेन्द्र शाह, सचिव उषाकिरण आजात, युवा जनस्वयमसेवक नेपालका महासचिव झलक विक, कोषाध्यक्ष कविता कार्की, विद्यार्थी संगठनका केन्द्रीय कार्यालय सदस्यहरु डिबि शाही, गोबिन्द बिष्ट, निराजन किराँती, केन्द्रीय सचिवालय सदस्य सपना पुन, केन्द्रीय सदस्य नवराज विक, सयन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रचण्ड सरकारले भारत भ्रमणकोको क्रममा विभिन्न देशको हित विपरीतका सन्धिसम्झौताहरु गरेको भन्दैं प्रधानमन्त्री लाई अन्तराष्ट्रिय विमानस्थलमै उनिहरुको कालोझण्डा देखाउने कार्यक्रम रहेको बुझिएको छ ।

पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकेर आज शनिबार स्वदेश फर्कँदै छन् । भारत भ्रमणका क्रममा थुप्रै सन्धि, सम्झौता भएका छन् । यिनैलाई प्रधानमन्त्रीको भ्रमणको उपलब्धि मान्न सकिने उनुमान गरियकाे छ ।

यस्ता भ्रमणको मूल्याङ्कन र विश्लेषण प्रायः वस्तुगत भन्दा पनि मूलतः सम्बन्धलाई हेर्ने दृष्टिकोणमा आधारित हुनेगरेको पाइन्छ । प्रधानमन्त्री दाहालको यसपटकको भ्रमणको लेखाजोखा गर्नेहरूले पनि त्यसरी नै हेरेको देखिन्छ ।

नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त निकट भएकाले धेरै जटिल पनि छ ।