
चिहानघारीको राजतन्त्र र गणतन्त्र नायक प्रचण्ड
देशमा फेरि एकपटक दुई राजनीतिक प्रणाली गणतन्त्र र राजतन्त्रबारेको बहश सतहमा मुखरित भएको छ । गणतन्त्रको मूल पहलकर्ता र नेतृत्वकर्ता प्रधानमन्त्री प्रचण्डमाथि तथाकथित कानूनी बहानामा प्रहार गरिएपछि यो मुद्दा झन् पेचिलो बनेको छ । क्रान्ति र प्रतिक्रान्ति आमने सामने भएको छ । क्रान्ति र प्रतिक्रान्तिको वीचमा मौनता वा दोलायमान चरित्र निकै घातक हुने भएकोले म बोल्दैछु ताकी सय थुकि नदी बनोस् ।अब दुई प्रणालीको बारेमा एकछिन छलफल गराैँ ।
१. ऐतिहासिक दृष्टिले राजतन्त्र दासयुग पछिको व्यवस्था थियो भने गणतन्त्र राजतन्त्र पछिको । यी दुई प्रणाली एक अर्कामा सहकार्य गरेर होइन एकले अर्कालाई निषेध गरेर अस्तित्वमा रहेका हुन् । आजसम्म संसारको कुनै पनि देशमा राजतन्त्र र गणतन्त्रसँगै सहकार्य गरेको अपवाद पनि छैन । यदी त्यस्तो सहकार्य भएको भए तातो बरफ हुने थियो । या त राजतन्त्रले गणतन्त्रको बाटो अबरुद्ध गर्यो या त ग...