क्रान्तिको मार्ग सजिलो हुदैन तर त्यो मार्गमा यात्रारत रहदाको आनन्द छुट्टै र बिशिस्ट हुन्छ । क्रान्ती भित्रको आनन्द एक सच्चा क्रान्तियात्रीले मात्र महसुस गर्न सक्छ । वर्गबिहिन समाज निर्माणको महायात्रा सटिक हुदैन , त्यो निकै लामो र कठिनतम हुन्छ । यो यात्रा अघि बढ्दै जादा जब चुनौतिका अजङ्ग पहाडहरु अगाडी खडा हुन्छ्न क्रान्तिकारी योद्धाहरुको वास्तविक परिक्षण त्यो बेलामा मात्र हुने गर्छ । कृतिम क्रान्तिकारीहरु चुनौतिका अगाडी घुडा टेक्न पुग्छ्न , उनिहरु गल्छन, लत्रिन्छन र बाटो मोड्न पुग्छ्न । तर सच्चा क्रान्तिकारीहरुले भने चुनौतिहरुको दृढतापुर्वक सामना गर्छन र आफ्नो लक्ष्य तर्फ निरन्तर अगाडी बढ्छ्न । क्रान्तिको यो महायात्रामा यस्तो पनि देखिने गरेको छ – हिजो प्रतिक्रियावादी दुश्मन शक्तिको जेल नेल र असहिय यातानामा नगलेको, नढलेको योद्धा आर्थिक प्रलोभनको जालमा सजिलै फस्न पनि सक्दोरहेछ । अर्थात “गन को अगाडी नढलेको योद्धा धनका अगाडी ढलेका ” दृष्टान्तहरु पनि हाम्रा सामु प्रसस्तै छन । क्रान्तियात्राका तिनै दुई खाले पात्रहरुको सजिब चित्रण सहित क्रान्तिकारीभाव बोकेको नयाँ गित बजारमा आएको छ – ” ओ हितसङ्गी ” ।
गितमा शब्द र सङ्गीत , जनबादी गितकार / सङ्गितकार चिरन सिको रहेको छ । ससस्त्र संघर्ष अर्थात जनयुद्धमा प्रत्यक्ष सहभागी भएर आएका अर्का चर्चित जनबादी गितकार / सङ्गितकार तथा गायक कर्ण गौतम “बिद्रोही “को स्वरमा सजिएको यस गितमा सङ्गीत संयोजन नारायण दङ्गालको रहेको छ । गितको भिडियो निर्देशन रबिन डोङले गरेका छन । गितको भिडियोमा सर्जक स्वम चिरन सि , गायक कर्ण बिद्रोही र कलाकारहरु सरल सि , लक्ष्मण पाख्रिन , अनु शर्मा , र कुशल गौतम लगायतको अभिनय रहेको छ । गितका शब्दहरुले यथार्थ क्रान्तिकारी भाव बोकेका छन :-
हिजो धिक्कारेका खुनी उनका काखहरुमा
लडिबुडि गर्छौ रे भन्छन
हिजो ललकारेका ज्यानी दुस्मन बर्गहरु सङ्ग
मन्द मुस्कान हास्छौ रे भन्छन
ओ हितसङ्गी तिमी कहाँ छौ
खोज्दैछु तिम्रो मुस्कान जहाँ हामी
सड्ढट पर्दा सङ्गै हासेको
ओ भन प्रिय तिमी कहाँ छौ
खोज्दैछु तिम्रो आँसु जहाँ कमरेड
सहिद हुदा सङ्गै रोएको
सुन्दैछु तिमिले त साथ छड्यौ अरे
भन्दैछन तिमिले त बासै सार्यौ अरे
ओ हितसङ्गी ,,,,,,
वर्ग शत्रुको राज्य सत्ता उल्टाउन हिजो उनिहरु सङ्गै हिडेका थिए । त्यति बेला उनिहरु दुबैको मन मस्तिष्क वर्ग शत्रु प्रतिको घृणाले भरिएको थियो । उनिहरु दुबैको मनमा देशमा न्याय र समानतामुलक समाज स्थापना गर्ने समान सपना सजिएको थियो । दुश्मनका सिपाहिले लखेटिरहेका ती सङ्कटपुर्ण काला पलहरुमा पनि उनिहरु एक अर्कालाइ हेरेर मुस्कुराइरहेका हुन्थ्ये । तर सहृदयी भावको त्यही सङ्गी अहिले उस्को साथमा छैन । कस्तो आश्चर्य र बिडम्बनाको कुरा ! हिजो जसलाइ वर्ग शत्रु घोषणा गरेर , जसका बिरुद्धमा लडाइ केन्द्रित गरिएको थियो आज उसैको काखमा मन्दमुस्कान साटासाट गर्दै त्यो हितसङ्गी लडिबुडी खेलिरहेको छ । क्रान्तिपथ बाट बिचलित त्यही पुरानो हितसङ्गीलाई सम्झदै एक सच्चा क्रान्तिकारी योद्दाको मनमा खेलेका भावहरुलाइ सजिब ढङ्गबाट उतारिएको छ यस गितमा
गित ” ओ हितसङ्गी ” ले बर्तमान कम्युनिस्ट आन्दोलन भित्रका भिन्न भिन्न प्रवृतीहरुको यथार्थ अवस्था उजागर गरेको छ । नेपालको वाम आन्दोलन भित्र त्यस्ता क्रान्तिपथ बाट बिचलित भएर वर्ग शत्रुको काखमा लम्पसार परिरहेका पात्रहरु छरप्रस्ट रुपमा देख्न पाइन्छ । कम्युनिस्ट आन्दोलन वर्गबिहिन समाज निर्माण नहुदा सम्म निरन्तर चलिरहने महाअभियान हो । राज्यसत्ता भनेकै एउटा वर्गले अर्को वर्ग माथी शासन गर्न अपनाउने एक उच्चतम थलो हो । बाघ र बाख्रा कहिल्यै पनि एउटै खोर भित्र अटाउन सक्दैनन । शोषक र शोषित वर्गका बिचमा पनि कहिल्यै मेल हुन सक्दैन । शोषकको हातमा रहेको राज्यसत्ता छिनेर शोषित वर्गले आफ्नो हातमा लिनका लागि नै शोषित उत्पीडित र दमितजनहरु कम्युनिस्ट आन्दोलनमा सङ्गठित हुनु पर्दछ । एउटा सच्चा कम्युनिस्ट योद्धाको मन वर्ग शत्रु प्रती सधै तिब्र घृणा र आक्रोशले भरिएको हुनुपर्दछ । – हिजो त्यही पाठ पढाउने सिकाउने कतिपय कम्युनिस्ट गुरुहरु नै आज आफै वर्ग शत्रुको खुनी काखमा लडिबुडी खेल्नु , उनिहरु सङ्गै हातेमालो गर्दै मन्दमुस्कान साटासाट गरिरहेको हामी सबैले देखिरहेकै छौ । गित ” ओ हितसङ्गी ” मा नेपालको कम्युनिस्ट आन्दोलन भित्रको त्यही दारुणिक अवस्था र प्रवृतीको उजागर गरिएको छ ।
गित “ओ हितसङ्गी ” मा क्रान्तिपथ बाट बिचल्लित भएकाहरुको अवस्थालाइ चित्रण मात्र गरिएको छैन । वर्ग कित्ता परिवर्तन गरेर बसाइ सर्ने भुपु कामरेडहरुलाइ उनिहरुको वर्ग धरातल र कर्तब्य सम्झाउने प्रयास पनि गरिएको छ ।
,,,,,,,,,,ओ हितसङ्गी तिमी कहाँ छौ
बाकी छ शिखर चुम्ने,
सङ्गसङ्गै स्विकारेका यात्रा बाकी छ
ओ भन प्रिय तिमी कहाँ छौ
बाकी छ लक्ष्य भेट्ने,
बर्गभेद मिल्काउने क्रान्ति बाकी छ
भन्दैछन तिमिले त घात गरेउ अरे
सुन्दैछु तिमिले त बर्गै फेर्यौ अरे
ओ भन प्रिय ,,,,,,,,,,,
हो क्रान्ती अझै बाकी नै छ , पूरा भएको छैन । हाम्रो लक्ष्यको ब्यवस्था अझै आएको छैन । श्रम गरेर खानेहरुको राज्य सत्ता देशमा अझै स्थापित भैसकेको छैन । अहिले पनि देशको राज्य सत्ता बसिखाने शोषक वर्गकै हात भित्र कैद छ । समाजमा विभेद , असमानता, ज्यादती , घुसखोरी , भ्रस्टाचार , अनियमितता , अशान्ती , बेरोजगारी , राष्ट्रघात अहिले पनि ब्याप्त छ । त्यसकारण देशमा क्रान्ती अहिले पनि आवस्यक छ । आफुलाइ कम्युनिस्ट बताउने कुनै पनि नेता र पार्टिलाइ वर्गघात गर्ने छुट छैन । वर्गशत्रु सङ्ग अङ्कमाल गरेर वर्गबिहिन समाज निर्माणको लक्ष्य भेटाउन सकिँदैन । बर्तमान राज्य ब्यवस्था मुलतः प्रतिक्रियाबादी ब्यवस्थानै हो । मात्र हिजोको तानाशाही राजतन्त्रात्मक ब्यवस्था भन्दा यो ब्यवस्था केही प्रगतिशिल हो । तर सम्पुर्ण शोषितजनहरुको हितकारी ब्यवस्था हो होइन । कम्युनिस्ट क्रान्तिकारीहरुले त यो गणतान्त्रिक संसदिय ब्यवस्थालाइ श्रमजिबी वर्गको पक्षमा उपयोग गर्ने अधिकतम प्रयास गर्ने हो , आफै यै ब्यवस्था बाट उपयोग हुने होइन । तर बिडम्बना ! अहिले सम्म भैरहेको छ त्यही । यो ब्यवस्थालाइ उपयोग गर्छु भन्दै संसद र सरकारमा पुगेका कम्युनिस्ट पार्टिहरुलाइ प्रतिक्रियावादी , साम्राज्यवादि , बिस्तारबादी र बिषेशत दलाल पुजिवादी शक्तीहरुले नै उपयोग गर्दै आइरहेका छन । कम्युनिस्ट भनिने ती पार्टी र नेताहरुले कम्युनिस्ट आन्दोलनको लक्ष्य र मर्म भुल्दै गैरहेका छन । वर्गबैरिहरुको काखमै रमाइरहेका छन उनिहरु । गित ” ओ हितसङ्गी ” ले क्रान्ती प्रती घात गर्नेहरुलाइ , आफ्नो वर्गिय धरातल भुल्दै र कुल्चदै जानेहरुलाइ दरिलो खबरदारी गरेको छ । उनिहरुलाइ आफ्नो वर्ग धरातल नबिर्सन , क्रान्ती प्रती घात नगर्न , फर्किएर क्रान्तिपथमै आउन आवहान गरेको छ । क्रान्तिकारी कम्युनिस्ट नैतिकता र आचरणमा ह्रास आउन नदिइ निरन्तर क्रान्तियात्रामा डटिरहेका महासमरका अभियात्रीहरुलाइ थप उर्जा र प्रेरणा प्रदान गरेको छ यो गितले ।
गितका शब्दहरु सरल छन तर त्यस भित्र गम्भीर भावअन्तर्निहित रहेका छन । सर्जक आफैले सङ्गीत भरेका कारणनै हुनु पर्छ गितका शब्दहरुले न्यायपुर्ण सङ्गीत पाएका छन । प्रगतिशील गित/ सङ्गीत सङ्ग सुपरिचित र अभ्यस्त रहेका नारायण दङ्गालले सङ्गीत संयोजन कुशलता पुर्वक गरेका छन । सबै भन्दा महत्त्वपूर्ण कुरा त शब्द र सङ्गित भित्र अन्तरनिहित भावमाथी पुर्ण न्याय दिन सक्ने गायक पाएको छ यो गितले । जनगायक कर्ण गौतम ” बिद्रोही ” आफै वर्गसंघर्षको भट्टिमा खारिएर आएका एक स्पातिला सास्कृतिक योद्धा हुन । उनी आफै गितकार र सङ्गितकार समेत हुन । प्रगतिशील सास्कृतिक आन्दोलनको एक अमुल्य निधीका रुपमा रहेको ” टुटफुट खण्डित कुरा नगर ” बोलको चर्चित गितका सर्जक , सङ्गितकार र गायक समेत हुन कर्ण बिद्रोही । यस्तै दर्जनौ क्रान्तिकारी जनगितहरुमा आफै शब्द सृजना गरेर सङ्गीत भरेका छन उनले । रक्तिम सास्कृतिक अभियान बाट आफ्नो जनसाङ्गितिक यात्रा सुरु गरेका जनगायक बिद्रोही पछि माओबादी जनयुद्धमै समाहित हुँदै जनसाङ्गितिक यात्रालाइ निरन्तरता दिएका थिए । एक काधमा बन्दुक र अर्को काधमा हार्मोनियम बोक्दै जनमुक्तिको माहायात्रामा निरन्तर डटिरहेका सास्कृतिक योद्धा हुन बिद्रोही । कर्णप्रिय स्वरका धनी उनै कर्णलाई यो गितका लागि गायक छनौट गर्नु सर्जकको बुद्दिमतापुर्ण सहि निर्णय थियो भन्न सकिन्छ । जनगायक बिद्रोहिले गितको शब्दभाव प्रती पुर्ण न्याय गरेर स्वर दिएका छन । गित सुन्दा बिद्रोहिले शब्दभावलाइ आत्मसाथ गरि गाएको प्रस्ट बुझ्न सकिन्छ ।
गितको भिजुअल पनि राम्रो बनेको छ । गितको दृस्याङ्कन कुनै नाट्यघरको हलमा गरिएको छ । सर्जक, सर्जकै भुमिकामा , गायक गायककै भुमिकामा , सङ्गीत संयोजक किबोर्ड बजाउदै गरेको भुमिकामा , अनु शर्मा र कुशल गौतम गितार बादकको भुमिकामा र सरल सि ड्रम बाधकको भुमिकामा देखिएका छन । भिजुअलको पृष्ठभुमिमा क्रान्तिकारी आन्दोलनमा बिगतको समयका झल्को दिने दृश्यहरु पनि देखाइएको छ । ती सबै भुमिका र दृश्यहरुमा अभिनय गर्ने कलाकारहरुको अभिनय उत्कृष्ट नै देखिन्छ । रबिन डोङको निर्देसकिय कौसलता अब्बल रहेको यो गितमा पनि प्रस्ट झल्किएको छ । यद्यपि गितको शब्द भावले हिजो संघर्षरत रहदाका गाउघर र बनपाखाका दृश्यहरु र क्रान्तिपथ बाट बिचल्लित भएको कमरेड वर्गबैरी सङ्ग रमाउदै गरेको शहर बजारका दृश्यहरुको पनि माग गरेको देखिन्छ । भिडियोका ती दृष्यहरु आउटडोर सुटिङ गरेको भए अझ सुनमा सुगन्ध थपिन्थ्यो भन्ने जोकोहिको मनमा पनि लाग्न सक्छ ।
प्रगतिशील र क्रान्तिकारी गितहरुको तुलना अन्य ब्यवसायिक गितहरु सङ्ग गर्न सकिँदैन । ती दुइलाइ तौलने तराजु नै अलग अलग हुन । तसर्थ गितले ब्यवसायिक रुपमा कति मुनाफा आर्जन गर्छ त्यसका आधारमा प्रगतिशील , क्रान्तिकारी तथा जनगितहरुको सफलता वा असफलता मापन गर्नु हुदैन । जनगितहरुमा बिचारपक्ष र त्यो गितले प्रवाह गर्न खोजेको सन्देस प्रधान हुन्छ । गित “ओ हितसङ्गी ” भित्र अन्तरनिहित बिचार र त्यसले दिएको सन्देस सुन्दर छ । यो गितले क्रान्तिपथ बाट बिचल्लित भएकाहरुलाइ खबरदारी गरेको छ भने क्रान्तिकारी नैतिकता सहित इमान्दारीताका साथ क्रान्तिपथमा डटिरहेका योद्धाहरुलाइ उर्जा प्रदान गरेको छ । यसर्थ प्रगतिशील सास्कृतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनमा कृयासिल हरेक अभियात्रीहरुले यो गित सुन्दा र हेर्दा त्यो उनिहरुका लागि नै लाभदायक हुनेछ । जनबादी सर्जक तथा सङ्गितकार चिरन सि ले बिगत केही समय यता जनगित तथा क्रान्तिकारी गितहरुको प्रकासनलाइ निकै तिब्रता दिइरहेका छन । यो निकै खुशिको कुरा हो ।
उनका गितहरु बढी नाराबादी र पार्टिगत स्वार्थ मिश्रित भए भन्ने आरोप पनि बेला बेलामा लाग्ने गरेको छ । तर अहिले आएको ” ओ हितसङ्गी ” त्यो आरोप बाट पुर्ण रुपमा मुक्त छ । आगामी दिनमा पनि त्यस्ता आरोप बाट बच्दै , यस्तै स्वच्छ र उत्कृष्ट क्रान्तिकारी भाव बोकेका सृजनाहरुलाइ सर्जक चिरनले निरन्तरता दिदै जाउन । सर्जक एवं सङ्गितकार चिरन सि सहित ” ओ हितसङ्गी ” गित निर्माण युनिटका सम्पुर्ण सदस्यहरुलाइ हार्दिक बधाईका साथ यो गित सफलताको हार्दिक शुभकामना ।
२३ असार २०८० (लेखक शर्मा रक्तिम सास्कृतिक अभियानका अध्यक्ष हुन ।